जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान लघुकथा

हाई

तारा केसी तारा केसी
प्रकाशित १४ बैशाख २०८०, बिहीबार
लघुकथा भित्र
0
हाई

म मर्निङवाकमा थिएँ । पाँच, छ पटक देखभेट भएपछि उनले भने –“हाई !” मैले पनि प्रत्तिउत्तरमा “हाई” भनेँ । उकालो काटेर त्यतिखेर हामी समथल बाटोमा हिँड्दै थियौं । हरियाली वातावरण । सुन्दर पार्क हामीमाझ मुस्कुराइरहेको थियो । थुप्रै मानिसहरु त्यो पार्कमा बसेर बिहानीको आनन्द लिइरहेका थिए । त्यही हुलमा हामी पनि मिसिन आईपुग्यौं । त्यो दिन हामीले आ–आफ्नो परिचय गरेर छुट्टियौं । उनी कलेजका प्राफेसर रहेछन् ।

भोलिपल्ट मर्निक वाकमा त्यहीँ पार्कमा उनीसँग धेरैबेर कुराकानी भयो । उनले प्रस्ताव राखे –“शोभिताजी ! आज एक–एक कप चिया पिएर जाऊँ हुन्न ?” मैले सहमति जनाएपछि हामी पार्क नजिकैको चिया पसलमा गयौ र एकछिन गफियौ । टेबुलमा वाफ उड्दै गरेको दुई कप चिया आइपुग्यो । मैले भने –“मलाई यसरी फुटपाथको चिया पसलमा बसेर काँचको गिलासभरि चिया पिउन मनपर्छ ।” मैले आफ्नो रुचि बताएपछि उनले हाँस्दै भने –“म पनि हो शोभिताजी ! प्राय म यहाँ चिया पिउन आउँछु फुर्सद मिल्दाखेरि ।”
“एक्लै आउनुहुन्छ ? म्याडम नी ?”
मैले उनको व्यक्तिगत जीवन जान्ने अभिलाषा राखेर सोधेको थिएँ ।
उनी मेरो प्रश्नले अलि भावुक भए । व्यर्थ सोधेछु जस्तो लाग्यो ।
“सरि ! मैले सोध्न नहुने थियो कि ?”
“होइन, होइन शोभिताजी ! उनी यो संसारमा छैनन् । एउटी छोरी छिन् ज्वाइँसँग अमेरिकामा ।”
खाटा बसिसकेको घाउ फेरि किन कोट्याउनु भनेर त्यसपछि मैले उनको बारेमा केही सोधिन कहिल्यै पनि । त्यो दिन हामी चिया पिएर छुट्टियौं ।

हाम्रो दिनहुँ भेट हुन्थ्यो मर्निङ वाकमा । त्यो पार्कमा बसेर चिया पिउँदै हामीले धेरैचोटि काठमाडौं उपत्यकालाई नियालिसकेका थियौं । जीवनका आधा कथासुन्न र भन्न भ्याई सकेका थियौ । जीवनको यो मोडमा समयले हामीलाई बेष्ट फ्रेण्डको रुपमा भेटाइदिएको थियो ।

बिहान हेर्दा मोवाइलमा म्यासेज आएको रहेछ । फागुन महिनाको आज बीस गते । छोरा बुहारीले अमेरिकाबाट लेखेका रहेछन् ।
“ह्याप्पी बर्थ डे ममी !”

दुबैजनालाई अँगालोमा बाँधेर थ्याङ्क यु भन्न चाहन्थे । तर उनीहरु सात समुन्द्र पारी थिए । म एक्लो थिएँ नेपालमा । उनीहरुलाई सम्झेर आँखा रसाए । म्यासेञ्जरमा हेरेँ छ घण्टा अघिदेखि उनीहरु अफलाइनमा थिए । यो निरस जिन्दगी देखेर आफैसँग विरक्त लागेर आयो । तन र मन दुबै भारी हँुदाहँुदै उठेर फ्रेस भएँ । सहयोगी बहिनीले चिया राखिदिइन् टेबुलमा । भान्सा कोठाबाट मिठो वास्ना आइरहेको थियो ।

घर नजिकैको काइँयो फूलको बोटबाट रानी चराका बच्चाहरु भुर्रर उडेर गए । हेर्दाहेर्दै अकाशिंदै उडान भरे । शिवपुरी डाँडामाथि माथि हुँदै बिलाए । बिहान सबेरै उज्यालो सूचक बनेर चिर्रबिराउँथे । निद्रा खुल्थ्यो । अब ती फेरि फर्केर आउलान् त मन खिन्न भयो । घरको गेटमा निलो कार आएर रोकियो । आज प्रोफेसरलाई खाना खान बोलाएको थिएँ । उनी समयमै आइपुगेछन् । सहयोगी बहिनीले खाना तयार गरेर भनिन् – “म्याडम ! खाना तयार भयो ।”

“यति मिठोे खाना आज पन्ध्र वर्षपछि खाएँ । मलाई गुन्द्रुकको अचार असाध्यै मनपर्छ । उनले घरमा प्राय बनाउँथिन् मेरोे लागि । पन्ध्र वर्षपछि आज पारिवारिक झल्को मेटिनेगरि खाना खाने अवसर दिनुुभयोे शाभिताजी !” उनले हृदयदेखि धन्यवाद दिंदै त्यसदिन हाम्रो घरको खानालाई उनले खुलेरै तारिफ गरेका थिए ।

सन् २०१९ डिसेम्बरको अन्तिम महिना । विश्वभर कोभिडले आतंक मच्चाउँदै थियो । नेपालमा पनि यसको असरहरु देखिन थाल्यो । घरबाट बाहिर ननिस्कने आदेश जारी गर्दै सरकारले अनिश्चित समयको लागि लकडाउन गर्‍यो । सबै आ–आफ्ना घर फर्किए । काठमाडौं शून्य भयो । घरभित्रको बन्दी जीवन बडो असहज लाग्दै गयो ।

एकदिन बेलुका अचानक रुघाखोकी लाग्न थाल्यो । जिउ गलेर आउनु, खान मन नलाग्नु, खाएको खानाको स्वाद थाहा नपाउने हुन थालेपछि कोभिडको शंका लाग्न थाल्यो । पिसिआर टेष्ट गरेर फर्केपछि बेलुका मोवाइलमा म्यासेज आयो पोजेटिभ ।

सहयोगी बहिनीलाई आफूलाई कोभिड भएको जानकारी दिँदै भने –“अब तिमी नआउनु ।” उसले मानिन –“यस्तो अवस्थामा एक्लै कसरी छोडुँ ? मरे मरुँला मर्ने जावो जिन्दगी त हो ?” उसले आपतमा साथ दिई ।

बेलुकाबाट ज्वरो बढ्न थाल्यो । “यस्तो अवस्थामा पनि मैले साथ दिन सकिन । सँगै हुन सकिन ।” छोरा अमेरिकाबाट फोनमा रुन्थ्यो । उसलाई ढाडस दिन खोज्थेँ । तर म आफैसित टुटिसकेको थिएँ । पलपल मृत्युले तर्साइरहन्थ्यो ।

समय बित्दै गयो । मृत्युसित घम्साघम्सी खेलेर केही दिन हस्पिटलको बसाईपछि घर फर्किए । यो अवधिमा प्रोफेसरले ठूलो सहयोगको भूमिका निभाए । आत्मबल बढाउने काम गरिरहे । मेरो आफ्नो भन्नू यो जटिल अवस्थामा प्रोफेसर बाहेक अरु थिएन । मृत्युलाई नजिकबाट महसुस गरेकी मैले उनकै सहयोग र साथले पुनरजीवन पाएको थिएँ ।

म आफैभित्र हराउँदै थिएँ । ढोका खोलेको आवाजले झस्याङ्ग भएँ । ढोकामा उनै प्रोफेसर उभिएका थिए । उनको हातमा ताजा फूलका बुके थियो । उनले मलाई हेर्दै भने –“शिघ्र स्वास्थ्य लाभको कामना शोभिताजी !”

मेरो आँखाको डिलबाट बेढङ्गले बगेछन् आँसुहरु मैले पत्तो पाइन् ।
“कमजोर नबनाउनुस् आफूलाई । मैले समय काट्न भनेर केही राम्रा किताबहरु ल्याइदिएको छु । पढ्नु होला । केही फलफूलहरु छन् खानुहोला भन्दै सहयोगी बहिनीलाई झोला दिएर उनी हिँडे । मैले झ्यालबाट देखेँ मेरो गेटबाट निस्केर निलो कार गल्लीभित्र हरायो ।

बिस्तारै ठीक हुँदै थिएँ । एकदिन छोराले फोनमा भन्यो –“ममी ! हजुरको चिन्ता लागिरहन्छ । हामी यता छौ । न हामी नेपाल आएर बस्न सक्छौं न हजुर अमेरिका आएर बस्न सक्नुहुन्छ । यो कस्तो अवस्था सिर्जना भयो ममु !”

हामी आमा छोरा काँचको पर्दा बाहिर भित्रबाट खुब रोयौं । निकैबेरपछि आफुलाई सम्हाल्दै भनेँ –“नेपाल फर्केर बस्ने वातावरण छैन । काम छैन । मेरो त जीवन यसैउसै बित्नेछ अब । तिमीले सन्तानको बारेमा सोच्नुपर्छ बाबु ! मलाई सम्झेर रुन छोडिदेऊ ।”
छोरा बोल्न सकिरहेको थिएन । बुहारीले भनी– “ममी ! हजुरको ब्वाइ फ्रेन्ड छैन ?”
मोबाइलमा म्यासेज आयो – “शोभिताजी ! म भोलि आउनेछु । तपाईंसँग केही महत्वपूर्ण कुरा गर्नु छ।”


Tags: तारा केसी
अघिल्लो पोष्ट

विभ्रम र नयाँ वर्ष

पछिल्लो पोस्ट

अनौठालाग्दा स्रष्टा झमक

तारा केसी

तारा केसी

सम्बन्धित पोष्टहरू

डा. रविन्द्र समीरका चार लघुकथा
लघुकथा

डा. रविन्द्र समीरका चार लघुकथा

१२ श्रावण २०८०, शुक्रबार
अतृप्त प्रेम
आख्यान

अतृप्त प्रेम

१३ बैशाख २०७९, मंगलवार
बर्खी फुकाउँदा
आख्यान

बर्खी फुकाउँदा

७ बैशाख २०७९, बुधबार
बसन्त र शीत
आख्यान

बसन्त र शीत

१४ चैत्र २०७८, सोमबार
पछिल्लो पोष्ट
अनौठालाग्दा स्रष्टा झमक

अनौठालाग्दा स्रष्टा झमक

काठमाडौंमा ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक

काठमाडौंमा ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

उपदेश

उपदेश

२३ फाल्गुन २०७७, आईतवार
सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो : महेश पौड्याल

२४ फाल्गुन २०८०, बिहीबार
आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

आख्यानकार परशु प्रधानको सार्वजनिक अभिनन्दन

२३ फाल्गुन २०७९, मंगलवार
शब्द बिम्बमा श्याम सुन्दर सैंजू

शब्द बिम्बमा श्याम सुन्दर सैंजू

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक