जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

अन्तिम आँसु

माधवप्रसाद घिमिरे माधवप्रसाद घिमिरे
प्रकाशित २ भाद्र २०७९, बिहीबार
कविता भित्र
0
अन्तिम आँसु

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्‍यौ
आमाको ममता भुलेर कमरी माया मलाई गर्‍यौ
छातीबाट झिकेर प्राणमारिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

“ख्वै छोरीहरु छन कता, म त गएँ, सबै माइती छन् कहाँ
प्यारा, यत्ति रहेछ भेट, टुहरी हेरेर बस्नु यहाँ ।”
धोको यति कहेर के हृदयले उल्टी रहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

मैले सोधिनँ-अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ- प्राण जान कतिको बाधा परेको थियो
हेरें टुल्टुल खालि दीन मुखमा हेरी रहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्के फुट्न सकेन वालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कमरी आत्मा मिलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

गर्थ्यौं दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा
भन्थ्यौ-“मै पहिले मरूँ हजुरको प्यारो यही काखमा “
साँच्चै भाग्यवती सती हृदयकी सच्ची मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन
तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती निर्मल जूनको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

तिम्रो रूप र माधुरी धमिलिँदै जाला कुनै कालमा
जाने छन् अनि बिर्सिँदै गुन पनी यो बैगुनी विश्वमा
बिर्सी बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्‍यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ।

देखिन्छन् दिनरात खालि रसिला आँखा म हेरूँ जहाँ
तिम्रो अन्तिम कालको हृदयको यो दान राखूँ कहाँ ?
चिम्ली पिल्पिल ज्योति भूमितलको तारा हरायौ कहाँ ?
तिम्रो जीवनको कथा छ दुइटा थोपा गुडेको यहाँ ।

यो तिम्रो दिलको रहस्य अघि नै थाहा भएको भए
चिम्लेका पनि बौरिएर रसिला आँखा खुलेका भए
अर्कै मूल फुटेर मुग्ध दिलमा के के म गर्ने थिएँ
किल्ली आज खुल्यो, सखी, गइसक्यौ आजै, म जिल्ली रहें।

पृथ्वीमा जब निस्सहाय ढलुँला ताकेर आकाशमा
आँसू भैकन आउलान् नयनमा तिम्रा सबै सम्झना
हेरौली अनि स्वर्गबाट दिलको, हे देवि, मेरो मुख
पाऊँ चिम्लन अन्त्यमा पलक त्यै हेरेर तिम्रो मुख ।


साहित्यस्रोत, १।४, श्रावण २००४


Tags: माधवप्रसाद घिमिरे
अघिल्लो पोष्ट

प्रज्ञा–पाठशाला सङ्गीत सङ्गतमा १७ जना नारी स्रष्टाको वृन्द वादन

पछिल्लो पोस्ट

काव्यशैलीका सुन्दर शिल्पकार : माधव घिमिरे

माधवप्रसाद घिमिरे

माधवप्रसाद घिमिरे

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
हिटलरको दुर्भाग्य
कविता

हिटलरको दुर्भाग्य

९ श्रावण २०८१, बुधबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर
कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

१ श्रावण २०८१, मंगलवार
पछिल्लो पोष्ट
काव्यशैलीका सुन्दर शिल्पकार  : माधव घिमिरे

काव्यशैलीका सुन्दर शिल्पकार : माधव घिमिरे

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

८ स्रष्टालाई प्रज्ञा पुरस्कार दिइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अपवाद

अपवाद

२३ फाल्गुन २०७९, मंगलवार
टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

टीकापुर साहित्य महोत्सव चैत चैत २५ देखि २७ सम्म

२३ फाल्गुन २०७९, मंगलवार
आहार, विहार र प्रत्याहार

आहार, विहार र प्रत्याहार

२३ फाल्गुन २०७७, आईतवार
आजका लघुकथाको अनुगमनात्मक अध्ययन

आजका लघुकथाको अनुगमनात्मक अध्ययन

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक