जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

बेसुरको फतफत

शंकर कोइराला शंकर कोइराला
प्रकाशित १६ श्रावण २०७९, सोमबार
निबन्ध भित्र
0
बेसुरको फतफत

सत्य लेख्दालेख्दै मेरो कमलको मसी सुकिहाल्छ, सत्य कहिल्यै पूरा हुँदैन । सत्यलाई भर्न मेरो कलममा मसी भरिन्छ । भरिँदाभरिँदै पोखिएर मेरो हात रङ्गिन्छ । यही नौवत हरेकपल्ट आइपर्दा मलाई झुठलाइन्छ ।

म हस्तरेखाको सत्यतामा विश्वास नगर्ने व्यक्ति कसरी यो कलमले कोरेको हस्तरेखामा विश्वास गरूँ ! अनेक पर्वहरूपिच्छे एउटा सत्य उद्घाटित हुन्छ । कसको विमोचन कसले गर्छ पुस्तकभित्र पाठकहरूलाई बौद्ध जाने मिनिबसमा मानिसलाई कोचेजस्तो !

मलाई त केही कोर्नुभन्दा बारीको डल्ला फोर्नु सजिलो लाग्छ । कमसेकम बारी नरम भए केही त उम्रेला ।

उम्रने कुराले मलाई एउटा कथा सम्झायो – के धरतीले मानिसको लागि मात्र वनस्पति उमार्छिन् ? अरू झारपात उमार्दिनन् ? अवश्य उमार्छिन् । मलाई पनि यदि माटोको डल्लो फोर्ने हो भने म स्वार्थ मात्र किन सोचुँ ? म नि:स्वार्थ भावले धर्तीको सेवा किन नगरूँ ? अर्थात् धर्ती आफै केही उमारून् । तर म स्वार्थी छु – म जङ्गल बढ्न दिन्न, किनकि जंगल मैले लगाएको होइन । जंगल त आफै सृष्टि भएको हो । यसैले मेरो मेहनत होइन मेहनतको चीजको पो माया हुन्छ ।
तर जंगल मन पराउने चोरडाँकाहरूसित मेरो मैत्री हुनाले म जंगल खुब मन पराउँछु ।
हेर्नुस् न म जहाँ जुन जिल्लामा जान्छु त्यहाँको जंगल मासिएको देखेर बडो दिक्दारी पोख्ने गर्छु । म भाषण मन्त्री पनि हुँ । म जंगलमा लुकिछिपी बस्ने चोर डाँकाहरूको मित्र हुनाले म जहिले पनि जंगल मासिएको देख्दा क्रुर हुन्छु ।

म जहिले पनि क्रोधकै मुखमुद्रामा हुन्छु । मलाई कसको डर ? जसका मित्र चोरडाँकाहरू छन् उसलाई कोदेखि भय ?
तपाई भन्नुहोला आजकाल अनियमित रूपले भ्रष्ट आचरण गर्नेहरूलाई भनेको त होइन ?
तपाईं कुरा गर्न दिनुहुन्न किन ? अर्काले बोलेकोमा बीचैमा काट्ने बानी राम्रो होइन । के तपाईंलाई थाहा छ चोरडाँकाहरूको व्यवहार ? एकपल्ट तिनीहरूसित मित्रता जोड्ने औसर पाउनुभएको भए जीवनभर तपाईंले तिनको व्यक्तित्वलाई बिर्सनु हुने थिएन ।

तपाईंले त्यस्तो मिष्टभाषी, विनम्र, सुशील स्वभावका चोरडाँकुलाई कहिले भेट्न पाउनुभएको छ र ? ती त जेलमा पनि कति भलाद्मी जीवन बिताएर बसेका हुन्छन् । तपाईंले कहिल्यै भन्न सक्नुहुन्न ? – ती डाँकू थिए ?

यो रहस्य खोल्न म असमर्थ छु । यस्ता कुरा सम्झँदा त मलाई जेलमा पनि जंगलै उमार्ने इच्छा हुन्छ । किन आउँदैन त्यो भूकम्प जेलभित्र ?
म के भनिरहेको थिएँ भने म सत्यवादी हुँ । कुनै वादसित मलाई मतलब छैन । वाद त एउटा व्यवसायिक स्वार्थको नाम हो । म त आफूले जोरेको कागतबाट के आकार जन्मन्छ, आफूले प्रयोग गरेका शब्दहरूबाट के वाक्य बनिरहेछ यति पनि थाहा नपाउने भइसकेको छू भने मैले बोलेका कुराबाट कुन अर्थ र मन्तव्य प्रकट भइरहेछ – तपाईंले केही सम्झनु भएको छ ?

यसैले त भाषणकर्ताले परिचित छु ।
म बर्सेनी चाडपर्वको बेला अरू भाषणकर्ताहरूका नामसँगै कुनै जिल्लामा गई भाषण गर्न खटिने गर्छु ।
मलाई थाहा छ आजकाल बडो सतर्क हुनुपर्ने बेला छ । किनकि कुनै कुरा वा विषयमा एकोहोरो जोड दिने स्वभावलाई क्रैजिनेस भनिहाल्छन् । सद्दे भए पनि बिल्डिङमा भएको क्र्याक भन्न छोडेर मानिसको मस्तिष्कमा गएको क्र्याकसँग जोड्न पुग्छन् ।
यसैले म जंगलको कुरो यही छोडिदिन्छु र भन्छु – जंगलको आवश्यकता पर्यावरणलाई कायम राख्नको लागि हो भनी मैले यसको जिकिर गर्नै छोडिसकेको छु ।

अब डाँकाहरू पनि जंगलमा कहाँ भेटिन्छन् र ! मैले आफ्ना मित्रहरूलाई जंगलमा भेट्न छोडेपछि ठूला ठूला गुफारूपी महलहरूमा भेट्ने गरेको छु ।
आजकाल त टेलिफोनको माध्यमले गर्दा दिनहुँजसो सम्पर्क भइरहन्छ । ती मलाई चाँडै मनोनीत भएको देख्न चाहन्छन् । ती मेरो कति शुभचिन्तक छन् भन्ने कुरो मलाई आफ्नो जिल्लाबाट उठाउन जिताउन सम्पत्तिको बाढी बगाउन तत्पर भएबाट थाहा पाउँछु ।
उनीहरू (ती बिल्डिङका मेरा मित्र) लाई थाहा छ मबाट केही काम फत्ते हुने होइन । उनीहरूको दयाप्रेमको पात्रसम्म हुन सक्नु मेरो उपलब्धि नै ठान्नुस् ।

यस्तो चाडपर्वमा म किन पछि पर्थेँ । सबैको दयाप्रेमबाटै त मलाई भाषण गर्ने हौसला हुन्थ्यो । हेलिकप्टरको भ्रमण नपाए पनि हवाइजहाजै सही, चाहे भाडा दोबर तेब्बर नै बढाएका किन नहोस् – मैले आफ्नो सम्पत्ति हाल्नुपर्ने होइन । टिकट हातमा आइपुग्थ्यो – म भनेको दिन भनेको ठाउँमा पुग्थेँ ।

हवाई अड्डामा माला र पुष्प गुच्छा लिएर सुकन्याहरू उभिएका हुन्थे – म त्यहाँदेखि स्वागत सत्कारको भारी बोक्दै मेरा लागि तयार पारिएको मञ्चमा ससम्मानित डटेर बसेको हुन्थेँ । स्वागत गान, स्वागत भाषण सुनेर म त्यसै मक्ख परिरहेको बेला अचानक मलाई नै भाषण गर्न बोलाइन्थ्यो ।

मैले कुनै योजना बनाएको नै हुन्नथ्यो । जहिले पनि जहाँ पनि बोल्थेँ – नसोचेरै । त्यही भाषण लोकप्रिय हुन्थ्यो । जति कम सोचाइको भाषण भयो त्यति नै जनताले रुचाउँछन् भन्ने मलाई थाहा थियो । गम्भीर प्रश्न पनि हाम्रो के हुन्थ्यो र ?

त्यही बीस पच्चीस वर्षअगाडिकै भाषण कण्ठै सुनाइदिए पनि भएकै थियो नयाँ भइहाल्थ्यो । कसले सम्झिराखेको हुन्थ्यो र ? ए त्यो भाषण त मैले यो वर्ष यो दिन यो ठाउँमा सुनेको थिएँ भनेर कोही आएर शिकायत गरेको पनि मलाई थाहा थिएन ।

अब नयाँ कुरा गर्ने जरुरी नै थिएन । नयाँ कुरो भन्नु मेरो लागि त हवाइजहाजबाट यस अनकन्टार ठाउँमा आइपुग्नु नै थियो । महत्वपूर्ण कुरो त पहिलेभन्दा आजकाल भाषणको भाउ मेरो लागि बढेको थियो । यस्ता वैयक्तिक स्वार्थका कुरा त्यस्ता ठाउँमा के गर्ने ।

तर आइसकेपछि आफ्नो कुरा होइन अरूकै कुरो पो गर्नुपर्छ भनेर म आफ्नो फतफत शुरू गर्न लाग्थेँ – म तिनको विरोधी हुँ जो यहाँ छैनन् र म तिनको मित्र हुँ जो यहाँ छन् ।
शुरूमा मेरो बेसुर राग सुनेर नहाँस्ने कोही हुन्नथ्यो र म खूद हाँस्न लाग्थेँ – मानो म एक दिन ठूला वक्ताहरूलाई पनि मात दिन तयार थिएँ ।

अब तपाईं नै भन्नुस मैले ठीक गरिनँ त ? आफ्नो ज्यान पनि जोगाउनु पर्‍यो । नत्र टाउकोमा लाठी बजारिन्थ्यो । यसरी म आफ्नो टाउको जोगाउने कुरा गर्न खप्पिस थिएँ । जसको गुन गाउनुपथ्र्यो, तिनको गुन गाउने सुर नभएपछि के लाग्थ्यो । यो कुरो त तपाईंलाई मात्र सुटुक्क भनेको हँ मैले । फेरि माथि बिल्डिङमा कुरा नपुगोस् ।

अँ त म सामान्य डिग्रीमा आइपुगेको बेला त्यही कुरोसित सुर मिलाउन लागिरहेछु । त्यो के भने म भनिरहेको थिएँ – जंगलमा अब भालुहरूको डर छैन । मानिससित तिनको मित्रता जोड्ने कुरोमा म अचेल लागिपरेको छु अर्थात् हामीले भालुलाई आफ्नो जादूको शक्तिले कब्जामा राख्ने खुबी जगाउनु परेको छ । भालु पनि अब नासिदै गइरहेका छन्, मित्रता खोजिरहेछन् तिनीहरू पनि ।

भालु अब शहर शहरमा नाच देखाउन पल्किरहेछन् र नचाउने जादूगरको कठपुतली भइरहेछन् । केका लागि आफ्नो भालुत्व गुमाइरहेछन् कुन्नि । पेट पाल्नका लागि नै होला । तर जंगल नभएको ठाउँ शहरमा यसरी पेट पाल्न जान्ने भालुहरू पशु भए पनि आजका शिक्षित बेकारहरूलाई शिक्षा पो दिइरहेका छन् कि भन्न मन लाग्छ, किनकि शिक्षित भएर पनि जागिर पाउन आकाशको तारो खसाल्नुपर्छ भने पेट पाल्न भालु पो भएर जन्मनु पर्ने हो कि ? जागीर खानलाई हामी नेपालीले अर्को जुनीमा !

तर त्यति निराश हुनुपर्ने कारण छैन । तपाईं भाग्यमानी हुनुहुन्छ भने बाढी पैह्रोलाई पर्खनुस् । अझ सके भैंचालोलाई पर्खानोस्, किनकि अब यस्ता प्राकृतिक प्रकोपहरू त्यति टाढाका कुरा छैनन् । जंगलहरू सखाप हुँदैछन् । भित्रभित्र पृथ्वी पनि खुम्चिदैछिन् । उनी मात्रै धैर्यधारण गरेर कति बसिरहून् ? धरती माता मात्र कति सहेर बसुन् आफ्नै सन्तानका अत्याचार ?

यसैले मेरो बेसुरको फतफतदेखि झर्को लागेको हो भने मलाई पनि यति झर्कोलाग्दो लेख सम्पादकलाई लेखी पठाउँदा पत्रिकाको पेज भर्न पाएर धन्यवादको लोभ देखाइरहेकोमा पाठकहरू मलाई क्षमा गर्नुहुनेछ भन्ने आशा गर्छु ।

मेरो भन्ने कुरा यति चाँडै टुंगिएला भन्ने मैले सोचेकै थिइन । आखिर मैले भन्न खोजेको कुरै पो के थियो र ?

जनमत, २०४५ चैत्र/ पूर्णाङ्क ३


Tags: शंकर कोइराला
अघिल्लो पोष्ट

बाह्रखरीलाई कथा आह्वान

पछिल्लो पोस्ट

‘घर: घर जस्तो छैन’कविता कृतिको लोकार्पण

शंकर कोइराला

शंकर कोइराला

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
‘घर: घर जस्तो छैन’कविता कृतिको लोकार्पण

‘घर: घर जस्तो छैन’कविता कृतिको लोकार्पण

जनमतका विशेष अङ्कहरु एक अध्ययन

जनमतका विशेष अङ्कहरु एक अध्ययन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चेतना संरक्षण प्रतिष्ठान नेपालको २० सौं वार्षिकोत्सव

चेतना संरक्षण प्रतिष्ठान नेपालको २० सौं वार्षिकोत्सव

७ फाल्गुन २०८१, बुधबार

डम्बर घिमिरे

५ जेष्ठ २०७८, बुधबार
बेवकूफतन्त्र

बेवकूफतन्त्र

५ जेष्ठ २०७८, बुधबार
सानो शीश महल

सानो शीश महल

५ जेष्ठ २०७९, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक