जीवनप्रतिको धारणा भन्ने कुरो ठूलो र गहिरो विषय हो । माक्र्सले प्रगतिवादको आविष्कार होइन, अनुवाद गरेको करिब डेढसय वर्ष भइसकेको छ । डेढसय वर्षको समयमा नै प्रगतिवाद संसारमा व्याप्त भइसक्यो । प्रगतिवाद झुठ्ठो छ भनेर जुन प्रचार भइराखेको छ त्यो ता अध्यात्मवादीहरू डराएर मात्र भएको हो । यसबाट हामीले थाहा पाउनु पर्छ प्रगतिवाद उत्तरोत्तर अगाडि बढेको छ, किनभने प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो । अध्यात्मवाद अवैज्ञानिक चिन्तन हो । प्रगतिवादले कुनै कुराको पनि खास प्राण र विज्ञान नभैकन स्वीकार्दैन । तर, आध्यात्मवादले ढुङ्गालाई पनि बोल्न लगाउँछ र साथै असम्भव कुराहरूलाई सम्भव तुल्याएर भ्रम खडा गर्छ । यस्ता आधार र प्रमाण नभएका कुराहरू प्रगतिवादीहरूले पत्याउँदैनन् । वैज्ञानिक प्रक्रियाहरूकै आधारबाट हुन्छ तर अध्यात्मवादीहरू माटो, ढुङ्गाले बोल्न लगाउँछ । मेरो जीवनप्रतिको धारणाको प्रतिफल नै प्रगतिवाद हो ।
सीताका चरित्र भन्नु नै अध्यात्मवाद हो तर पनि हामीले स्वीकार गर्नुपर्ने चरित्रहरू पनि विद्यमान नभएको होइन । जस्तो अहिंसा सत्य मस्तेय ब्रह्म्चर्य अपरिग्रहलाई अध्यात्मवादले पालना गर्नु पर्छ भन्छ । यस्तै दृष्टिकोणका आधारमा पञ्चशील बनाए । त्यस्तै माक्र्सवादले तीनवटा शीलहरूलाई मुख्य आधार बनाए १) बलिदानको भावना, २) इमान्दारिता, ३) विनम्रता । यी ३ वटा नियमहरूमा नै सबै चीजहरू अटाउँछन् । इमान्दारिता मात्र निभाउनु पनि गाह्रो छ । जस्तै अहिले हामी कुराहरू गरिहेका छौं थाहा नै नभइकन हामीले आफैंले आफैंलाई ढाँटेर कुरा गरिरहेका पनि हुन सक्छ । खास इमान्दारिता निभाउन गाह्रो छ । यस्तै व्रतहरू पालना गर्न सकेपछि पो कम्युनिष्ट । कार्लमाक्र्सले प्रतिपादन गरेका चिन्तनहरू पूरा नभई छाड्दैन किनभने त्यस्मा सत्य पनि छ, उक्त विचारलाई अंगालो मार्नैपर्छ । जो शोषणमा परेका छन्, अन्यायमा परेका छन् ती सबै कम्युनिष्ट हुन् । पूँजीवाद विज्ञानसम्मत विचार पनि हैन, यथार्थता पनि छैन त्यसैले यसको पछि जनताका सङ्ख्या पनि हुँदैन । यस्तै चिन्तनहरूकै आधारमा पात्र–पात्राहरूको चरित्र–चित्रण गर्न खोजेको छु ।
मातृसत्तात्मक युगमा सिर्जित भएको पुराणले पाँच पाण्डवका श्रीमतीलाई पनि कन्या भन्छन् । पञ्चकन्यामा उनी पनि एक कन्या हुन् । उनी कसरी कन्या भइन् आश्चर्य लाग्छ । यस्तो प्रभाव समय र युगले पारेको हो । मातृसत्ता थियो पाँच जनाका श्रीमती पनि कन्या भयो । त्यस्तै पितृसत्ताका पुराणहरू भिन्दै ढङ्गमा लेखिएका छन् । मातृसत्ताको वर्णन ऋग्वेदमा धेरै आउँछन् । जस्तै तिमी कस्को छोरा भन्छ जाभाली भनेको छ । आमाको छोरा त खास होनी शुद्ध, बाबुको छोरा भनेर सत्यता झल्किँदैन, बाबु त अर्को पनि हुन सक्छ । त्यसैले, कसैले पनि चार वेद मात्र पढेर त भएन । व्रतपालन पनि त गर्नु पर्यो नि, व्रत पालना गरेन भने त्यस्ले केही जानेको छैन भने पनि हुन्छ । अहिंसा, सत्य, बह्मचार्य, अपरिग्रह यिनीहरू पालना गरेपछि त चार वेद नै पढ्नु पर्दैन । त्यो यथार्थता जान्नलाई नै वेद पढ्नु पर्छ । त्यस्तै, माक्र्सवादको सिद्धान्तमा पनि वलिदानको भावना नभैकन कम्युनिष्ट हँुदैन । इमान्दारिता पालना गर्नु पनि गाह्रो हुन्छ – पालना गरेपछि पो त्यो यथार्थमा आउँछ । बलिदानको भावना नभएकाहरूले केही पनि गर्न सक्दैनन् । वेदमा भन्छ – त्यागार्थाती अनन्तरम । अनन्त शान्तिमा पुग्न सक्ने मान्छे पो त्यो यथार्थतामा आयो – वेद पनि त्यसैले सिद्ध हुँदैन ।
अध्यात्मवादीहरूले आजको खतरा भोलि आफ्नै छोरा–नातिका टाउकोमा खन्याएर मर्छन् । राजाका समस्या भोलि आफ्ना छोरालाई छोडेर जान्छन् । यिनीहरूसित विज्ञानसमत दृष्टिकोण हुँदैन । कम्युनिज्मले त मानवमात्रको कल्याण सोच्ने गर्छ । कम्युनिष्टहरू त आफू मर्छन्, तर मानव मात्रको कल्याण सोच्छन् । तर अध्यात्मवादीहरूले उल्टो सोच्छन्, अनि कम्युनिष्टहरूको बदनाम गर्छन् । यस्तै सोचाइको आधारमा कम्युनिज्म संसारबाट हटोस् भनेर मात्र अध्यात्मवादीहरूले यस किसिमको हल्ला फिँजाइरहेछन् । अध्यात्मवादीहरू विज्ञान (सत्य) तिर झुक्न सक्दैनन् ।
कोही कसैले पनि पहिले नै कम्युनिज्मबाट प्रभावित भएर लेख्दैन । लेखनशैलीले कस्तो बाटो लिन्छ–त्यसैले उस्को रूप निर्धारण गर्छ । कसैले पनि यस्तै लेख्छु भनेर लेख्दैन । क–ख पढ्दाखेरि नै ठूलो वैज्ञानिक हुन्छु भनेर कसैले पढ्दैन ।
कोही छन्दको पछि लागेर लेख्छ, कोही विचारको पछि लागेर लेख्छ । तर लेखकको विचार सधैं आफैं बोल्छ । लेखकले थाहै नपाई पनि विचार त व्यक्त भइराखेकै हुन्छ ।
अहिले त म यथार्थतालाई मन पराउँछु । यथार्थवाद के हो म त्यसलाई मन पराउँछु ।
यथार्थवाद भनेको सत्य हो । हुनलाई त कसैलाई हत्या गर्नु पनि सत्य हो । हत्या गर्यो नि त –त्यो ता सत्य हो नि ! जस्तो अहिंसा, सत्य, ब्रह्मचार्य, अपरिग्रह । अहिंसा भन्नाले कसैलाई हत्या नगर्नु सम्झेर जैनहरू मुखमा पट्टि बाँधेर हिँड्छन् किनभने कुनै पनि मसिना किराहरू हिंसा होला भनेर तर यसको अलावा कसैले हज्जारौं प्राणीहरू मारिराखेको छ भने त्यस्तालाई खतम गर्नु हिंसा होइन भन्ने विचार पनि प्रादूर्भाव भएको छ ।
प्रगतिवाद भन्नु र यथार्थवाद भन्नु एउटै कुरा हो । प्रगतिवादले यथार्थतालाई बोकेर हिँड्ेको हुन्छ ।
कुरो एउटै हो । वास्तवमा हामीलाई चाहिने साहित्य भौतिकवादी साहित्य हो । भौतिकवादी साहित्य माक्र्सले पनि आविष्कार गरेको होइन । भौतिकताको आधारमा भौतिकवादी साहित्यलाई उनले जनभाषामा ल्याए । प्रगतिवाद भनेको पनि त्यही नै हो । वास्तवमा माक्र्सले त आफूले बुझेको, देखेको कुरा मात्र लेखे । माक्र्सको विचार भन्दा धेरै अगाडि र धेरै नै माथि छ प्रगतिवाद ।
पहिले स्वार्थ त्याग नगरिकन कोही कसैले पनि माक्र्सवादी साहित्य बोकेर भौतिकवादी हुन सक्दैन ।
बलिदानको भावना अति आवश्यक चीज हो त्यो त कसैले पनि पालन गरेका छैनन् । सानो तिनो कुरामा ठूल–ठूलो म ठूलो मान्छे ऊ जाबो यस्तो किसिमको धारणा कसैले राखेसम्म जो कोही पनि प्रगतिशील हुनै सक्दैन । उदाहरणका रूपमा भट्टराईज्यूलाई नै लिउँ – त्यत्रो त्याग गरेर आजसम्म बसेको देखियो उहाँको त्याग राजाको मन्त्रीसम्म हुने त्याग रहेछ । कम्युनिष्टहरूका लागि राजाको मन्त्री हुने कुरो त केही पनि होइन । स्वार्थ–बलिदानको भावना हुनेहरू कसैको मन्त्री भएर हजूर भनेर बस्दैनन् ।
– वामपन्थी भर्खरै सिर्जित नाउँ हो । यो खास भौतिकवादकै संकेत हो । संसारमा त अध्यात्मवाद र भौतिकवादमात्र दुइटा वाद छन् ।
– चार्वाकजस्तो भौतिकवादीलाई भन्न खोजेको होइन, भौतिकवादको सिद्धान्त नै अर्को छ ।
– चार्वाकलाई भौतिकवादी भनेर मान्न सकिन्न । त्यो त चार्वाककै सिद्धान्त हो ।
अनुभवको आधारमा उसले पनि सत्य खोज्न सक्छ र खोज्नुपर्छ । तर उसको संस्कार अध्यात्मवादले ग्रसित छ । अध्यात्मवाद यथार्थ होइन त्यसैले कहिलेकाहीँ ऊ यथार्थ खोज्न खोज्छ । त्यो पनि एक किसिमको प्रगतिवाद हो भन्नु पर्यो । किनभने त्यस्ले पनि यथार्थलाई खोज्न खोज्यो नि ! त्यो त प्रगति भो खोज्दा खोज्दा पाइन्छ कि ?यथार्थ खोज्न प्रयास गरेको त हो यथार्थ खोजेर प्राप्त गर्न सक्ने मान्छे त बलिदानको भावनाले मात्र परिपूर्ति हुन्छ ।
धरतीका विभिन्न ठाउँमा विभिन्न किसिमका यथार्थ चाहिँ हुन सक्छ । तर यथार्थ भन्नाले जहाँ र जुनसुकै ठाउँमा पनि सत्यको आधारमा सोच्नुपर्छ । सत्य जुन छ त्यो नै वास्तवमा यथार्थ हुन्छ । जाल–झेलले भरिएका कुराहरू कुनै पनि हालतमा यथार्थ हुन सक्दैन ।
पुरानो सबै कुराको प्रगति हुन्छ । त्यो पूर्व–जीवनको कारणले नै मान्छे माथि पुग्ने हुन्छ । आफ्नो जीवन बेकार रहेछ भन्नु त मूर्खता हो ।
जनमत, २०४७ फागुन/पूर्णाङ्क १८