जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

युद्धप्रसाद मिश्र युद्धप्रसाद मिश्र
प्रकाशित १४ माघ २०८०, आईतवार
निबन्ध भित्र
0
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

जीवनप्रतिको धारणा भन्ने कुरो ठूलो र गहिरो विषय हो । माक्र्सले प्रगतिवादको आविष्कार होइन, अनुवाद गरेको करिब डेढसय वर्ष भइसकेको छ । डेढसय वर्षको समयमा नै प्रगतिवाद संसारमा व्याप्त भइसक्यो । प्रगतिवाद झुठ्ठो छ भनेर जुन प्रचार भइराखेको छ त्यो ता अध्यात्मवादीहरू डराएर मात्र भएको हो । यसबाट हामीले थाहा पाउनु पर्छ प्रगतिवाद उत्तरोत्तर अगाडि बढेको छ, किनभने प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो । अध्यात्मवाद अवैज्ञानिक चिन्तन हो । प्रगतिवादले कुनै कुराको पनि खास प्राण र विज्ञान नभैकन स्वीकार्दैन । तर, आध्यात्मवादले ढुङ्गालाई पनि बोल्न लगाउँछ र साथै असम्भव कुराहरूलाई सम्भव तुल्याएर भ्रम खडा गर्छ । यस्ता आधार र प्रमाण नभएका कुराहरू प्रगतिवादीहरूले पत्याउँदैनन् । वैज्ञानिक प्रक्रियाहरूकै आधारबाट हुन्छ तर अध्यात्मवादीहरू माटो, ढुङ्गाले बोल्न लगाउँछ । मेरो जीवनप्रतिको धारणाको प्रतिफल नै प्रगतिवाद हो ।

सीताका चरित्र भन्नु नै अध्यात्मवाद हो तर पनि हामीले स्वीकार गर्नुपर्ने चरित्रहरू पनि विद्यमान नभएको होइन । जस्तो अहिंसा सत्य मस्तेय ब्रह्म्चर्य अपरिग्रहलाई अध्यात्मवादले पालना गर्नु पर्छ भन्छ । यस्तै दृष्टिकोणका आधारमा पञ्चशील बनाए । त्यस्तै माक्र्सवादले तीनवटा शीलहरूलाई मुख्य आधार बनाए १) बलिदानको भावना, २) इमान्दारिता, ३) विनम्रता । यी ३ वटा नियमहरूमा नै सबै चीजहरू अटाउँछन् । इमान्दारिता मात्र निभाउनु पनि गाह्रो छ । जस्तै अहिले हामी कुराहरू गरिहेका छौं थाहा नै नभइकन हामीले आफैंले आफैंलाई ढाँटेर कुरा गरिरहेका पनि हुन सक्छ । खास इमान्दारिता निभाउन गाह्रो छ । यस्तै व्रतहरू पालना गर्न सकेपछि पो कम्युनिष्ट । कार्लमाक्र्सले प्रतिपादन गरेका चिन्तनहरू पूरा नभई छाड्दैन किनभने त्यस्मा सत्य पनि छ, उक्त विचारलाई अंगालो मार्नैपर्छ । जो शोषणमा परेका छन्, अन्यायमा परेका छन् ती सबै कम्युनिष्ट हुन् । पूँजीवाद विज्ञानसम्मत विचार पनि हैन, यथार्थता पनि छैन त्यसैले यसको पछि जनताका सङ्ख्या पनि हुँदैन । यस्तै चिन्तनहरूकै आधारमा पात्र–पात्राहरूको चरित्र–चित्रण गर्न खोजेको छु ।

मातृसत्तात्मक युगमा सिर्जित भएको पुराणले पाँच पाण्डवका श्रीमतीलाई पनि कन्या भन्छन् । पञ्चकन्यामा उनी पनि एक कन्या हुन् । उनी कसरी कन्या भइन् आश्चर्य लाग्छ । यस्तो प्रभाव समय र युगले पारेको हो । मातृसत्ता थियो पाँच जनाका श्रीमती पनि कन्या भयो । त्यस्तै पितृसत्ताका पुराणहरू भिन्दै ढङ्गमा लेखिएका छन् । मातृसत्ताको वर्णन ऋग्वेदमा धेरै आउँछन् । जस्तै तिमी कस्को छोरा भन्छ जाभाली भनेको छ । आमाको छोरा त खास होनी शुद्ध, बाबुको छोरा भनेर सत्यता झल्किँदैन, बाबु त अर्को पनि हुन सक्छ । त्यसैले, कसैले पनि चार वेद मात्र पढेर त भएन । व्रतपालन पनि त गर्नु पर्‍यो नि, व्रत पालना गरेन भने त्यस्ले केही जानेको छैन भने पनि हुन्छ । अहिंसा, सत्य, बह्मचार्य, अपरिग्रह यिनीहरू पालना गरेपछि त चार वेद नै पढ्नु पर्दैन । त्यो यथार्थता जान्नलाई नै वेद पढ्नु पर्छ । त्यस्तै, माक्र्सवादको सिद्धान्तमा पनि वलिदानको भावना नभैकन कम्युनिष्ट हँुदैन । इमान्दारिता पालना गर्नु पनि गाह्रो हुन्छ – पालना गरेपछि पो त्यो यथार्थमा आउँछ । बलिदानको भावना नभएकाहरूले केही पनि गर्न सक्दैनन् । वेदमा भन्छ – त्यागार्थाती अनन्तरम । अनन्त शान्तिमा पुग्न सक्ने मान्छे पो त्यो यथार्थतामा आयो – वेद पनि त्यसैले सिद्ध हुँदैन ।

अध्यात्मवादीहरूले आजको खतरा भोलि आफ्नै छोरा–नातिका टाउकोमा खन्याएर मर्छन् । राजाका समस्या भोलि आफ्ना छोरालाई छोडेर जान्छन् । यिनीहरूसित विज्ञानसमत दृष्टिकोण हुँदैन । कम्युनिज्मले त मानवमात्रको कल्याण सोच्ने गर्छ । कम्युनिष्टहरू त आफू मर्छन्, तर मानव मात्रको कल्याण सोच्छन् । तर अध्यात्मवादीहरूले उल्टो सोच्छन्, अनि कम्युनिष्टहरूको बदनाम गर्छन् । यस्तै सोचाइको आधारमा कम्युनिज्म संसारबाट हटोस् भनेर मात्र अध्यात्मवादीहरूले यस किसिमको हल्ला फिँजाइरहेछन् । अध्यात्मवादीहरू विज्ञान (सत्य) तिर झुक्न सक्दैनन् ।

कोही कसैले पनि पहिले नै कम्युनिज्मबाट प्रभावित भएर लेख्दैन । लेखनशैलीले कस्तो बाटो लिन्छ–त्यसैले उस्को रूप निर्धारण गर्छ । कसैले पनि यस्तै लेख्छु भनेर लेख्दैन । क–ख पढ्दाखेरि नै ठूलो वैज्ञानिक हुन्छु भनेर कसैले पढ्दैन ।

कोही छन्दको पछि लागेर लेख्छ, कोही विचारको पछि लागेर लेख्छ । तर लेखकको विचार सधैं आफैं बोल्छ । लेखकले थाहै नपाई पनि विचार त व्यक्त भइराखेकै हुन्छ ।
अहिले त म यथार्थतालाई मन पराउँछु । यथार्थवाद के हो म त्यसलाई मन पराउँछु ।
यथार्थवाद भनेको सत्य हो । हुनलाई त कसैलाई हत्या गर्नु पनि सत्य हो । हत्या गर्‍यो नि त –त्यो ता सत्य हो नि ! जस्तो अहिंसा, सत्य, ब्रह्मचार्य, अपरिग्रह । अहिंसा भन्नाले कसैलाई हत्या नगर्नु सम्झेर जैनहरू मुखमा पट्टि बाँधेर हिँड्छन् किनभने कुनै पनि मसिना किराहरू हिंसा होला भनेर तर यसको अलावा कसैले हज्जारौं प्राणीहरू मारिराखेको छ भने त्यस्तालाई खतम गर्नु हिंसा होइन भन्ने विचार पनि प्रादूर्भाव भएको छ ।

प्रगतिवाद भन्नु र यथार्थवाद भन्नु एउटै कुरा हो । प्रगतिवादले यथार्थतालाई बोकेर हिँड्ेको हुन्छ ।
कुरो एउटै हो । वास्तवमा हामीलाई चाहिने साहित्य भौतिकवादी साहित्य हो । भौतिकवादी साहित्य माक्र्सले पनि आविष्कार गरेको होइन । भौतिकताको आधारमा भौतिकवादी साहित्यलाई उनले जनभाषामा ल्याए । प्रगतिवाद भनेको पनि त्यही नै हो । वास्तवमा माक्र्सले त आफूले बुझेको, देखेको कुरा मात्र लेखे । माक्र्सको विचार भन्दा धेरै अगाडि र धेरै नै माथि छ प्रगतिवाद ।
पहिले स्वार्थ त्याग नगरिकन कोही कसैले पनि माक्र्सवादी साहित्य बोकेर भौतिकवादी हुन सक्दैन ।


बलिदानको भावना अति आवश्यक चीज हो त्यो त कसैले पनि पालन गरेका छैनन् । सानो तिनो कुरामा ठूल–ठूलो म ठूलो मान्छे ऊ जाबो यस्तो किसिमको धारणा कसैले राखेसम्म जो कोही पनि प्रगतिशील हुनै सक्दैन । उदाहरणका रूपमा भट्टराईज्यूलाई नै लिउँ – त्यत्रो त्याग गरेर आजसम्म बसेको देखियो उहाँको त्याग राजाको मन्त्रीसम्म हुने त्याग रहेछ । कम्युनिष्टहरूका लागि राजाको मन्त्री हुने कुरो त केही पनि होइन । स्वार्थ–बलिदानको भावना हुनेहरू कसैको मन्त्री भएर हजूर भनेर बस्दैनन् ।
– वामपन्थी भर्खरै सिर्जित नाउँ हो । यो खास भौतिकवादकै संकेत हो । संसारमा त अध्यात्मवाद र भौतिकवादमात्र दुइटा वाद छन् ।
– चार्वाकजस्तो भौतिकवादीलाई भन्न खोजेको होइन, भौतिकवादको सिद्धान्त नै अर्को छ ।
– चार्वाकलाई भौतिकवादी भनेर मान्न सकिन्न । त्यो त चार्वाककै सिद्धान्त हो ।

अनुभवको आधारमा उसले पनि सत्य खोज्न सक्छ र खोज्नुपर्छ । तर उसको संस्कार अध्यात्मवादले ग्रसित छ । अध्यात्मवाद यथार्थ होइन त्यसैले कहिलेकाहीँ ऊ यथार्थ खोज्न खोज्छ । त्यो पनि एक किसिमको प्रगतिवाद हो भन्नु पर्‍यो । किनभने त्यस्ले पनि यथार्थलाई खोज्न खोज्यो नि ! त्यो त प्रगति भो खोज्दा खोज्दा पाइन्छ कि ?यथार्थ खोज्न प्रयास गरेको त हो यथार्थ खोजेर प्राप्त गर्न सक्ने मान्छे त बलिदानको भावनाले मात्र परिपूर्ति हुन्छ ।
धरतीका विभिन्न ठाउँमा विभिन्न किसिमका यथार्थ चाहिँ हुन सक्छ । तर यथार्थ भन्नाले जहाँ र जुनसुकै ठाउँमा पनि सत्यको आधारमा सोच्नुपर्छ । सत्य जुन छ त्यो नै वास्तवमा यथार्थ हुन्छ । जाल–झेलले भरिएका कुराहरू कुनै पनि हालतमा यथार्थ हुन सक्दैन ।
पुरानो सबै कुराको प्रगति हुन्छ । त्यो पूर्व–जीवनको कारणले नै मान्छे माथि पुग्ने हुन्छ । आफ्नो जीवन बेकार रहेछ भन्नु त मूर्खता हो ।

जनमत, २०४७ फागुन/पूर्णाङ्क १८


अघिल्लो पोष्ट

प्रज्ञा-प्रतिष्ठानमा नेपाल चीन साहित्यिक अन्तरक्रिया

पछिल्लो पोस्ट

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

युद्धप्रसाद मिश्र

युद्धप्रसाद मिश्र

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
झिँगाको थोप्ले विष्ठा
निबन्ध

झिँगाको थोप्ले विष्ठा

७ श्रावण २०८०, आईतवार
पछिल्लो पोष्ट
पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

पढ्नु पाठकीय हिसाबले बौद्धिक “रिफ्रेसमेण्ट” हो ! :गोविन्द गिरी प्रेरणा

सहिदको नाममा

सहिदको नाममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनेसास जापानको १३ औँ अधिवेशन हुने

अनेसास जापानको १३ औँ अधिवेशन हुने

२४ फाल्गुन २०८०, बिहीबार
बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

बीपी साहित्य सम्मान कृष्णप्रसाद गौतम र सेनानी सम्मान शान्ति कार्कीलाई 

२३ फाल्गुन २०७८, सोमबार
पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको  सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार
उल्लास र आल्हादका कुराहरू

उल्लास र आल्हादका कुराहरू

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक