धेरै बर्ष अघि–
यी हिमालको शिरलाई
चिसो मागमा सिन्दुर भरिदिएपछि बाँधिएको हो
हाम्रो सम्बन्ध ।
बरफ जस्तै जमेर कहिलै नपग्लिनेगरि
पगाल्न हाम्रो यो प्रगाढ सम्बन्धलाई……
अनुभूतिहरुलाई……
नआएका होइनन जलवायु परिवर्तनका स्वरुपहरू !
यो दु:खको क्षण–
आँशुको हिमनदि बगेकै हो
दु:खको हिमताल फुटेकै हो
पीडाले यो छाती कालो पत्थरझैँ भएकै हो
तर ,
एक अर्काको संवेदनशीलतामा चिसो
सितलता छर्किदैं
माथि देखिने यी धौलागिरी र माछापुच्छ्रेसरी
हाम्रो सम्बन्ध…..
पग्लिनबाट संरक्षण गर्न सफल हुदै आएको छु ।
हामी दुईले –
पहाडको उचाइ भन्दा
अग्लो भिरहरूमा….
अझै दुइ स्वेत गुराँसहरू पनि फूलाइरहेछौँ
यात्रामा सँगसँगै अनेकौं हिउँदहरू उक्लीरहेछौँ ।
म, अर्कोपल्टको यात्रामा
तिम्रो शिरमा
सेता हिँउको सिन्दुरहरुले सिउदो भर्न चाहान्छु ।
नेपाली साहित्यको बिविध बिधामा आधा दर्जन कृतिहरु प्रकाशित गरिसक्नु भएका कवि हन्, विजय हितान । बेलायतमा बसेर नेपाली साहित्य लेखीरहेका एक शसक्त सर्जक उनी एक दशक भन्दा लामो समयदेखि वाताबरण साहित्य लेखनमा सकृय छन् । पेशाले भुतपुर्व गोर्खा सैनिक र हाल बेलायत सरकारमा बाताबरण बिज्ञको रुपमा कार्यरत उनी वातावरणलाई साहित्यमा लेख्न माहिर छन् ।