जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

चुनिएका संवेदनशील कथाहरू

जनमत जनमत
प्रकाशित १९ चैत्र २०७८, शनिबार
जनमत समीक्षा भित्र
0
चुनिएका संवेदनशील कथाहरू

कथाको आफ्नो रचनात्मक पक्ष हुन्छ यसको सम्बन्ध जीवन–यथार्थको साथ साथै आख्यानको परम्परासँग पनि सम्बन्ध राखेको पाइन्छ । नेपाली आख्यान परम्परा अवलोकन गर्दा आख्यानशास्त्रको परम्परा र जीवन बोध दुवैलाई समान महत्व दिइएको छ, कुनै पनि पक्षलाई अन्याय गरेको पाइँदैन । यो सत्य हो आख्यानको प्रतिमानमा अजङ्गको परिवर्तन आएको छैन तर जीवन दृष्टि यथार्थ अनुरुप परिवर्तन भने हुँदै आएको छ र यसले परिस्थिति अनुरुप स्वयम्लाई परिवर्तन गरेको पाइन्छ । प्रयोगवादले यथार्थ दृष्टिमा व्यापक परिवर्तन गरेको थियो, यस्तो परिवर्तनको स्वर अहिलेसम्म आख्यानमा सुन्न सकिन्छ । यस्ता आख्यान आन्दोलनले यथार्थवादी लोकदृष्टिलाई स्वीकार गरेर यथार्थपरक वैयक्तिक दृष्टि प्रतिपादन गर्‍यो जो मानिसको एकांकीपन, हताश, कुण्ठा, तनाव आदिलाई चित्रण गर्दै मानिसको अस्तित्व र उसको आस्थाद्वारा विनिर्मित कला दृष्टिलाई पनि प्रतिपादन गर्‍यो । यसको विपरित यथार्थवादी समाज दृष्टिले मानिसको सामाजिक अवस्थिति र उसको संघर्षको स्वरुपलाई महत्व दिँदै व्यापक परिवर्तनको समर्थन गर्‍यो । दुवै दृष्टिहरु आज पनि प्रभावी छन् । तर समकालीन कथामा दुवै दृष्टिहरुमा त्यस्तो संघर्ष पाइन्न जस्तो आज भन्दा दुइ दशक पहिले थियो । दुवै दृष्टिहरु आपसमा मिसिएका छन् । जे भए पनि कथा आफ्नो माटोभन्दा पृथक हुन सक्दैन भलै आख्यानशास्त्रको मूल्य विखण्डीत किन नहोस् । यो नै हाम्रो परम्परा हो ।


सैद्धान्तिक दृष्टिकोणले आधुनिकता एउटा जटिल अवधारणा हो यसका थुप्रै व्याख्या र अन्तर्विरोधको विवेचना हुने गरेको छ तब पनि यस प्रयत्नको धमिलोपन हटन सकेको छैन । आधुनिकताको आशय यति मात्र हो यसले उत्पादन प्रक्रिया साथै परिवर्तन हँुदै गरेको वर्गीय, जातीय, पारिवारीक संरचना स्वीकार गर्दै आलोचनाको नवीन मूल्य स्वीकार गर्नु जसबाट सामाजिक र राजनैतिक विकासको आलोकमा साहित्यलाई जाँच्न सकियोस् । हामी आलोचना गरेर विचारधाराको इतिहास र युगलाई वहिस्कार गर्न सक्दैनौं । बहिस्कारको अर्थ हुनेछ इतिहासको अस्तित्वलाई अस्वीकार गर्नु जबकि सबैलाई थाहा छ वर्तमानले नै इतिहासको विनिर्मित गर्नेगर्छ ।


लगभग तीन दशक अघिदेखि नियमित लेखनकर्म गर्दै आइरहेका प्रकाश बस्नेत ‘गफाडी’को भाइरसहरु कथासङ्ग्रह पढेपछि माथिका पंक्ति लेख्न मन लागेको हो । २०७२ असोजमा प्रकाशित उक्त कथासङ्ग्रहमा रहेका सोह्रवटा कथाहरु विषय फरक–फरक हुँदा हुँदै पनि जुन विशेषता समान रुपमा रहेको छ, त्यो हो — कुनै पनि वादको वकालत नगरेर मनुष्यताको पक्षमा उभिनु ।
संग्रहमा रहेको पहिलो कथा “अभावका धर्साहरु” प्रेमसम्बन्धको एउटा नयाँ रहस्य उजागर गरेको छ । यस कथामा यौन के हो ? शरीर र मन कसलाई आवश्यकता पर्छ एकपल्ट सोच्न बाध्य गराउँछ, भौतिक सुख पर्याप्त भएर पनि तृप्तीको अभाव खटकिंदो रहेछ — यही यथार्थ बोधमा यो कथा समाप्त हुन्छ । यस कथामा एउटी महिलाको यौन तृप्तिको दुस्साहसिकताले नै यस कथालाई जीवन्त बनाएको छ । कसैले यस कथालाई परम्परा धानेको त हो नी पनि भन्न सक्छ । परम्पराले आधुनिकतालाई अस्वीकार गर्दछ किनभने यो जड मानकमा आधारित हुने गर्छ । गफाडीको यस कथामा परम्परा कहीँ पनि त्यस पाश्चात्य साहित्यमा झै पाइदैंन, बरु यसमा युगानुरुप परिमार्जन भएर आधुनिक बनेको पाइन्छ ।


यस संग्रहमा “विवश आँसु”, “दसैँ” र “भाइरसहरु” पनि अभाव र गरिवीमा केन्द्रित कथा हुन् । “विवश आँसु”मा ठूलोकान्छालाई दाँतै कमाउने तीखो जाडो पनि कुबाटोमा हिँडेको छोराको मागको अगाडि सामान्य लाग्छ । जब आफ्नो गाँस काटेर हुर्काएको सन्तान कुबाटोमा लाग्छ तब विवश हुन पुगेका आमा बाबुको आँशु खस्नु स्वाभाविक हो । यस कथाको मूल प्रश्न यही हो, युवा पुस्तालाई सुमार्गमा लगाउने दायित्व कस्को ? यसतर्फ सोच्नु नितान्त आवश्यक छ । यसैगरी “दसैं”मा रत्नेको गरिबी देखाइएको छ, जसको हृदयमा रीतिरिवाज र चाडपर्वप्रति सम्मान हुँदा हुँदै पनि बाँच्नको लागि दिनदिनै मर्दा पनि एक मुठी आहाराको अभावमा पिल्सिनेको जीवन कति अन्धकारमा छ — यस मानेमा यो मानक कथा हो । यस कथामा गफाडीले वर्तमानको प्रतिमान र संरचनाको आधार दिएका छन् । “भाइरसहरु” एउटा नितान्त अछुतो विषयमा आधारित कथा हो । गाउँबाट उच्चशिक्षा अध्ययन गर्न काठमाडौं आएको केदार भरियाको काम गर्दै अध्ययन गर्दैछ । भाइबाट गाउँघरको खबर थाहा पाउँदा दाँत किटेर ‘देशलाई भाइसरमुक्त बनाउनुपर्छ’ भन्न पुग्छ । यसो त हाम्रो देशमा धेरैथरिको आन्दोलन भयो तर असमान व्यवहारलाई समाप्त पार्न भने असफल भयो । यो सत्य हो आन्दोलनको कारण जनताको चेतनामा आंशिक परिवर्तन आएको छ— समयअनुसारको चेतना विकासको कारण अन्याय के हो ? कसले कसरी गर्छ ? यो यथार्थ केदारले बुझेको छ ।


समाजमा केही मानिसको डायरी लेख्ने बानी हुन्छ, डायरीमा के लेख्ने र कसरी लेख्ने यो कुरो प्रमुख हो, हुन त डायरी नितान्त व्यक्तिगत हो । कहीँ कदाचित सार्वजनिक भयो भने त्यसले जीवनमा के कतिको असर पार्छ त्यो पहिल्यै सोचेर लेखेको राम्रो, पत्नीको जीवनको घटनाक्रम पतिले पत्नीको अनुपस्थितिमा जिज्ञासावश पढ्दा नितान्त गोपनीय कुराले वैवाहिक जीवनमा बाढी आउने छाटछन्द देखिएको कथा “भाँचिएको मन” एउटा त्यस्तै मान्छेको कथा हो, जसको दाम्पत्य जीवनमा कहिल्यै तितोको अनुभव गर्नु परेको थिएन । दाम्पत्य जीवनलाई भोग र सेक्सको रुपमा मात्र बुझ्न खोजेमा मोहभंग हुन सक्छ । आस्थावादी दृष्टिकोणले प्रेम भनेको दैहिक नभएर यस कथामा प्रेमलाई गृहस्थिक र चेतनापरक दृष्टिकोणले हेरिनुपर्छ भन्ने संकेत पाइन्छ । कामको खोजीमा भौतारिएका सबैले राम्रो काम पाउँछ भन्नु छैन, केही अपराधवृत्तिमा नचाहेर, नजानेर पनि वाध्यतावश लाग्नुपर्ने हुन्छ । यस्तै परिस्थितिमा रहेको एक व्यक्तिले आफ्नो यथार्थ पत्नीलाई चिठ्ठी मार्फत जानकारी गराएको कथा हो “उदास अपराधी” ।


“पालाको पैँचो”को विषय नयाँ भएको हुँदा ध्यान आकर्षित गर्दछ । कथामा देशमा गणतन्त्र उदय भएको खबरले जमदार बूढा खुसी हुन्छन्, स्वच्छ मनका बूढाले नेता अखण्डप्रसादलाई चुनावमा सहयोग गरेर जिताउँछन् । आफ्नै घरमा सँगै खाना खाएको नेता समक्ष गाउँघरको विकास निर्माणको कुरा लिएर एकदिन जमदार बूढा नेतालाई भेट्न गए, बल्ल बल्ल भेटदिएका नेताले त उनलाई नै नचिनेजस्तो व्यवहार देखाए । यस कथाको माध्यमबाट देशमा प्रचलित विकृत सोच र नेताले आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिमा गतिलो प्रहार गरेका छन् । “यथार्थाभाष”मा जहाँ अविश्वास, स्वार्थ र आफ्नोलाई प्राथमिकता दिनुपर्छ भन्ने पाठ सोझा साझा मानिसको हृदयमा राजनीतिको नाममा भित्रिएको नेपालको गाउँघरको कलह–गाथाले शरीरका रौं ठाडो बन्न पुग्दछ । यस कथाको नायकको संवेदनात्मक, व्यावहारिकताले कमसेकम यथार्थ कुरो बुझ्न सहयोग पुर्‍याएको छ । यस कथाले सोच्न बाध्य पार्छ — हामी अरुको उक्साहटमा लागेर आफ्नै नेपालीपन कमजोर त पारिरहेका छैनौं । यो नेपालको यथार्थ अवस्था हो । भाषा, क्षेत्रीयता, जाति, धर्म बीच खाडल खनेर आपसमा लडिरहने यो कस्तो आधुनिकता हो ? यो कस्तो गणतन्त्र हो आज सोच्नैपर्ने भएको छ ।


गफाडीको कथाको पहिलो प्राथमिकता — नाङ्गो यथार्थलाई निर्वैयक्तिकताको साथमा पाठकसमक्ष पुर्‍याउनु । लेखकको क्षमतासँग “यस्तो कथा नभन्नुस् है” मा पाठक ठोकिन पुग्दछ, कथा–नायकका छोरा छोरीले पनि बुझिसकेका थिए देश प्रेमको कथा सुनेको भरमा पेट भरिंदैँन । यो संकट हिजो पनि थियो र आज पनि छ नेपालमा । नेपालको इतिहासको कालो दागको रुपमा खाटा बसेको समयको कथा हो “सराप” यसमा शान्ति चाहने प्रत्येक नेपालीको धुकधुकी छ । कुकुरले झम्टेर आउँदा थुचुक्क बसिदियो भने सुङ्छ र जान्छ तर माओवादीसँग प्रतिकार नगरी आत्मसमर्पण गरेका प्रहरीलाई यातना दिएर मार्ने काम भयो । जनावरले त आत्मसमर्पण गरेकाबाट आफूलाई कुनै खतरा नहुने ठानी छाडिदिन्छ तर ‘न्यायको लागि युद्ध’ गरेकाहरुले बाँच्नको लागि जागिर खाएकालाई यातना दिएर मार्दा रमाएको यथार्थ चित्रण छ ।


“बिलौना” वीरे ओछ्यान परेपछिको कथा हो । यो कथा पढ्दा सामाजिक संरचनाप्रति आक्रोश त धेरै आउँछ तर वीरे जस्ता असहाय पनि समाजमा छन् । यसलाई हामी मौलिकता भन्न सक्दैनौ । किनभने यो मौलिकता आजको कथाको नभएर धमिलो यथार्थको मौलिकता हो । मौलिकताको एउटा अवधारणा छ जसले वैचारिक परम्परालाई बचाएर नयाँ भाषा, नयाँ संरचना र आधुनिकतालाई रचनात्मक आधार पनि दिन्छ । उषाजस्ती पात्र हाम्रो समाजमा धेरै छन् जसले धोखा दिएकै छन् र आफ्नो क्षमता प्रतिभाको बलबाट माथि उठेको शङ्कर पनि यदाकदा छन्, “समयको हुरी” यथार्थको नजिक रहेको सशक्त कथा हो । नेपाली कथा साहित्य विश्व साहित्यको स्तरमा आउन सकेन भनेर कथाकारमा दोष थुपार्नु उचित होइन । कथाभन्दा पनि धेरै उत्तर दायित्व समालोचकको हुन्छ । मलाई यसरी प्रष्ट बोल्नमा कुनै संकोच छैन । नेपाली कथाको जति क्षय यी समालोचकले गरेका छन् त्यति ठूलो क्षय त अस्वस्थ प्रतिस्पर्धाले पनि गरेको छैन । समालोचकहरुले नयाँ स्रष्टा, परिवर्तनका पक्षधरहरुलाई न्याय दिने एक रत्ति पनि प्रयत्न गरेका छैनन् । कुनै पनि समालोचकले नयाँ प्रतिमान बनाउन नसक्नाको परिणाम आज नेपाली साहित्यको मूल्याङ्कन अधूरो छ । संग्रहमा रहेको “पार्टी परित्याग” एउटा महत्वपूर्ण कथा हो — यसमा आतंक, असुरक्षा, भय, भोक र लाचारीपनको अद्भुत चित्रण गरिएको छ ।


थोरै शब्द रहे पनि “कथाकी पात्र”को कुरा नगरेमा यो समीक्षा अधूरो रहनेछ । मलाई लाग्छ यस कथाको गहिरो अध्ययन गर्ने काम साहसी आलोचकको हो । “गरिबी उन्मूलन” कथा बहुसंख्यक मानसिकताको जस्ताको त्यस्तै चित्रण हो, अल्पसंख्यक वर्ग आफ्नो अस्तित्वसँग जोडिएको चिन्तालाई एकदम सूक्ष्म तरिकाले चित्रण गर्दै सुल्झिन नसकेका राजनीतिक प्रश्न देखापरेको छ । संग्रहको अन्तिम कथा “मनोजजी फेरि खित्खिताए” एकजना भ्रष्टाचारीलाई माध्यम बनाएर ईश्वर र मानव–समाजको विसंगतिमा एउटा नयाँ दृष्टि दिइएको यसले एउटा अलग्गै व्याख्याको माग गरेको छ । यस कथालाई न्याय गर्नको लागि पुराना प्रतिमानलाई नयाँ तरिकाबाट व्याख्या गरिनु पर्दछ ।


कथा साहित्यमा आधुनिकता खोज्ने काम गाह्रो छैन, समकालीन युगीन तथ्य र कथाकारको अनुभूति र अभिव्यक्तिको सामञ्जस्य जाँच्नु पर्दछ । आजका कथाकार आजको अवस्था र आजको भयावह परिस्थितिलाई लिएर नियतिको रचनात्मक धरातलमा बाँचिरहेछ । गफाडीकै कुरा गरौं ऊ बाँचीमात्र रहेको छैन । यी सबैसँग सामना गर्नको लागि वक्तव्य, दर्शन र सिद्धान्त पनि प्रतिपादित गर्दैछ । कथाकारलाई आश्वासनमा पौडिन बाध्य पार्ने समालोचकले यो बुझ्न सकेको छैन— यस्ता वक्तव्य सिद्धान्तको आलोकमा आएको हो कि अनुभूतिको आलोकमा ।
गफाडीको कथा प्याज जस्तो छ, सरसर्ति हेर्दा सरल देखिन्छ त्यस्तो हुँदैन, अर्थको जति पत्र खोल्दै गइन्छ उतिकै नवीन स्वाद प्राप्त हुने गर्दछ । समग्रको कुरो गर्दा संग्रहका कथा नयाँ छन् । विचारधाराको स्तरबाट हेर्दा हुनसक्छ परम्परामा आश्रित रहेको पाइयोस् तर लेखनीको सामथ्र्यले स्वयम् आफ्नो मूल्याङ्कन गर्ने नयाँ सूत्र विकसित गरेको छ । आजको सामाजिक सन्दर्भ अनुसार इतिहास र विचारधारामा आंशिक परिवर्तन चाहेको छ यही नै समाजशास्त्रीय, जातीय, प्रतिरोधी, सांस्कृतिक प्रस्तावना आजको आख्यानको आधुनिक प्रतिमान हो ।
भाषाको मौलिक बिम्ब, टुक्काको उदार र सटिक प्रयोगले कथामा रोचकता र प्रवाहमयतालाई सजिलै महसुस गर्न सकिन्छ । निष्कर्षत: यस संग्रहमा रहेका कम्तीमा पनि दुई तीनवटा कथालाई हटाइ दिने हो भने, विगत तीन दशकको नेपाली कथाबारे हुनेगरेको छलफल अधुरो लाग्ने छ — ती कथाहरुका विषयवस्तु त्यति सशक्त छन् । त्र


Tags: जनमत
अघिल्लो पोष्ट

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

पछिल्लो पोस्ट

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

साहित्यिक ‘नासो’ गुरुप्रसाद मैनाली

नेपाल लेखक संघको नेतृत्वमा तीर्थ श्रेष्ठ

नेपाल लेखक संघको नेतृत्वमा तीर्थ श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मदन पुरस्कारद्वारा ८ पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कारद्वारा ८ पुस्तकको सूची सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
गजल

गजल

२२ फाल्गुन २०७८, आईतवार
दस लघुकथा संग्रह सार्वजनिक

दस लघुकथा संग्रह सार्वजनिक

२२ फाल्गुन २०७८, आईतवार
२०८० सालको भैरव पुरस्कार प्रदान

२०८० सालको भैरव पुरस्कार प्रदान

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक