जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

झर्रोवादी आन्दोलनका हस्ती चूडामणि रेग्मी

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ३० पुष २०७८, शुक्रबार
सर्जक बिशेष भित्र
0
झर्रोवादी आन्दोलनका हस्ती चूडामणि रेग्मी

नेपालको पूर्व मेचीमा बसेर नेपाली भाषा–साहित्यको विकासमा निरन्तर केही न केही गरिरहने व्यक्तित्वको नाम हो – चूडामणि रेग्मी ।झर्रो बोलीचालीका पक्षपाती चूडामणि रेग्मी नेपाली भाषा र साहित्यका अथक साधकको अर्को सुन्दर नाम पनि हो ।वि.सं. १९९३ चैत्र २८ मा वाना, सङ्खुवासभामा जन्मेका चूडामणि रेग्मी हाल झर्रो नेपालीघर, लेखनाथचोक, चन्द्रगढी झपामा रहेर पेसाले मेची क्याम्पसका सहप्राध्यापकसम्म भई सेवा पु¥याइसकेका एकजना स्वाभिमानी प्राध्यापक र शिक्षासेवीको नाम पनि हो । मोफसलमा बसेर पनि साहित्य, भाषा, पत्रकारिता र प्राध्यापन क्षेत्रमा निरन्तर लागिरहने, आफ्नै ढङ्ले विचार प्रस्तुत गरिरहने, आफ्नै किसिमको क्रियाशीलतामा नाम कमाइरहने झर्रोवादी आन्दोलनका प्रवक्ता तथा जुहीका सृष्टिकर्ता । यथार्थकुरा फलाकी हिँड्ने राष्ट्रिय व्यक्तित्वकै नाम हो – चूडामणि रेग्मी । मेची अञ्चलका लागि त उनी आधुनिक मोतीराम भट्ट नै हुन् ।

वि.सं. २०१३ सालदेखि बनारसबाट प्रकाशित भएको छात्रदूतको सम्पादन कार्यमा समेत संलग्न रहेका रेग्मीले यथार्थकुरा पाक्षिकको सम्पादनमा पनि आफ्नो कुशलता र आफ्नोपन देखाउन सफल छन् । उनका प्रकाशित पुस्तकहरु थुप्रै छन् ।सबैजसो रचनामा शोषण, वितृष्णा, विसङ्गतिका विरुद्ध शब्दहरु भर्न सिपालु साहित्यकार चूडामणि रेग्मी नेपाली भाषालाई अत्यन्त माया गर्ने एकजना सक्रिय साहित्यकार हुन् । नेपाली भाषाको सेवामा जीवनका क्षणहरु खर्चिन पाउँदा हुरुक्क हुने एकजना निःस्वार्थी साधकको नाम पनि हो – चूडामणि रेग्मी ।
यसरी लागिपरिरहने भाषा–साहित्यका अनन्य यात्रीको सम्मानमा जनमत र ज्ञानगुनका कुराले उनीप्रति सम्मान प्रकट गर्दै विशेष अङ्क निकालेर श्रद्धासुमन चढाइसकेका छन् । तुरुन्तै अर्काको मनमा रमाउन सक्ने चूडामणि रेग्मीले भाषा र साहित्यको क्षेत्रमा पु¥याएको योगदान र परिश्रमको मूल्याङ्कन गर्दा उनी शिखरमा राख्न सुहाउने व्यक्तित्व भइसकेका छन् । व्यवहारमा नम्रता, स्वभावमा भावुकता, सेवामा निरन्तरता बोकी जीवनपथमा आफ्नो ढङ्गमा अघि बढिरहने चूडामणि रेग्मी आफ्नो विचारमा त्यति नै द¥हा र खरा छन् । उनको विचार र क्रियाशीलता सधैं जनताका पक्षमा, न्याय र सत्यका पक्षमा, राष्ट्र र समाजका पक्षमा समर्पित रहिरह्यो ।

पिता पीताम्बर रेग्मी र माता खिलेश्वरीदेवी रेग्मीका कान्छा छोरा चूडामणि रेग्मी तीन छोरा, तीन छोरीका प्रिय पिता, वेदकुमारी रेग्मीका मन पर्ने श्रीमान् र नाति–नातिनाहरुका लागि भरपर्दो हजुरबा पनि हुन् । आफू पनि सक्रिय रहने र अरुलाई पनि झकझकाइरहने चूडामणि रेग्मीका आस्थाका आयामहरु (१) झर्रो नेपालीमा विश्वास गर्ने (२) फलाको लेखनमा विश्वास नगर्ने (३) राजनीतिमा सक्रिय नहुने (४) प्रगतिशील विचारमा आस्था र विश्वास राख्ने (५) पढ्ने र पढाउने र (६) लेख्ने र छपाउने आदि हुन् ।


खेलकुद खेल्न नजाने पनि क्रिकेट खेल हेर्नमा रुचि राख्ने रेग्मीका सोखका कुराहरु पत्रपत्रिका बटुल्ने, प्रतिभाहरुको कदर गर्ने आदि रहेका छन । साधक तपस्वीहरुप्रति भित्री मनदेखि श्रद्धा जाहेर गर्ने चूडामणि रेग्मीलाई मन पर्ने साहित्यकारहरु सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, रामकृष्ण शर्मा, यदुनाथ खनाल, श्यामप्रसाद शर्मा, तारानाथ शर्मा, कमल दीक्षित आदि हुन् । यस्तै, उनको मूल्याङ्नमा जिल्लामा बसी साधनारत साधकहरुमा विनयकुमार कसजू (पाल्पा), सनत रेग्मी (नेपालगन्ज), हरिहर खनाल (चितवन), नारायणप्रसाद शर्मा (दाङ), माधव भँडारी (इलाम), नारायणबहादुर कार्की (कास्की), कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाईं, मोहन दुवाल (काभ्रे), दधिराज सुवेदी र नरेन्द्र चापागाईं (विराटनगर) आदि हुन् ।
लुकेका प्रतिभाहरुलाई जनमानसमा चिनाउन लागिपरिरहने, नवप्रतिभाहरुलाई लेखनकार्यमा घचघच्याइरहने लेखक–कविहरुको विशेषाङ्क निकाल्न रमाइरहने, जिल्ला–जिल्ला घुमी परिवेशको जानकारी नियाल्ने, दैनिक घटना र अनुभवको संस्मरण लेख्ने र पछि प्रकाशित रचनाहरु सङ्कलन गरी सङ्ग्रह निकाल्ने कार्यहरुमा ठूलो महत्व सम्झी योगदान पु¥याइरहेका छन् ।उनको विशेषता भन्नु नै उनका यस्तै किसिमका क्रियाकलापहरु हुन् ।
सिर्जनात्मक कार्यहरुलाई निरन्तर अघि बढाउन नथाक्ने साहित्यिक योद्धा चूडामणि रेग्मी भाषा–साहित्य क्षेत्रको एउटा अनुपम संस्थाजस्तै सुन्दर प्रतिष्ठाकै पनि नाम हो । नेपालीभाषाको व्याकरण नयाँ किसिमको हुनुपर्छ । विशेष गरी उक्त व्याकरणमा वर्णविन्यास सबैका लागि सजिलो गरी तयार गरेको हुनुपर्ने भन्दै यस्तै भाषाको प्रयोग गरी जुही, युगज्ञान र यथार्थकुराको सम्पादनकार्यमा संलग्न चूडामणि रेग्मीको भाषाको प्रयोगमा आफ्नै ब्याख्या र आफ्नै पहिचान लुकेको पाइन्छ ।आगन्तुक र नेपाली भाषाका शब्दहरु सुरु र माझमा ¥हस्व लेख्नुपर्छ भनी झर्रोवादको वकालत गर्दै आएका चूडामणि रेग्मीले आफ्नो घरको नामसमेत झर्रो नेपालीघर राखेर झर्रो नेपाली भाषा आन्दोलनको जिजीविषालाई जीवन्त राख्ने प्रयत्न गरेका छन् ।

चूडामणि रेग्मी आफ्नो विशेषता र गरिमा भएको प्रतिभाको नाम हो । चूडामणि रेग्मी आफ्नो भाषा र आफ्नै व्याख्यामा जीवन र जगत् भोगिरहने द्रष्टा र स्रष्टाको बिम्ब–प्रतिबिम्ब हो । चूडामणि रेग्मी प्रगतिमा रमाइरहने, दुर्गतिमा खिस्स गरिरहने व्यक्तित्वकै नाम हो । साधनामा अविरल बगिरहने सुन्दर नदीजस्तै सुन्दर नाम हो – चूडामणि रेग्मी ।
किताबले भरिएको ठूलो झोला बोक्दै अफिस, स्कुल, क्याम्पस चहारेर नेपाली भाषा–साहित्यको सम्प्रेषण गर्न नडराउने साहित्यिक यात्री चूडामणि रेग्मीले आफ्नो गच्छेअनुसारको सेवा गर्न मन फुकाएका मात्र छैनन्, नयाँ प्रतिभाहरुलाई मलजल दिने कार्यमा मेचीमा निकै पसिना पनि बगाएका छन् । लिने र दिने सवालमा कट्टर व्यवहार गर्न रमाउने, लागेका कुरा मनमा नराखीकन खुसुक्क भनिहाल्ने, ढाँट्न नजान्ने चूडामणि रेग्मीले आफ्ना यथार्थ कुरालाई कहिल्यै लुकाउन खोजेनन् । यस्तै यथार्थ व्यवहार र यथार्थकुराकै साक्षी रहेर चूडामणि रेग्मीले थुप्रै साहित्यिक आयाममा यथार्थ कामहरु गरेर देखाएका छन् । यस्तै भावनाका साहित्यिक अनुभूति बोकेर चूडामणि रेग्मी साहित्यिक यात्रामा लागिपरेका छन् । थाक्न नजानेका यात्री चूडामणि रेग्मीको यात्रा निरन्तर जारी रहोस् ।

Tags: चूडामणि रेग्मी
अघिल्लो पोष्ट

स्वप्नसंवाद

पछिल्लो पोस्ट

कोभिड सङ्क्रमण अनुभव र अनुभूति

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
कोभिड सङ्क्रमण अनुभव र अनुभूति

कोभिड सङ्क्रमण अनुभव र अनुभूति

‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

'पनौतीको बाह्रवर्षे मकरमेला' लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

वैज्ञानिक विकास

वैज्ञानिक विकास

२२ फाल्गुन २०७९, सोमबार
नेपालभाषा साहित्यका महान् कवि  सिद्धिदास अमात्य

नेपालभाषा साहित्यका महान् कवि सिद्धिदास अमात्य

२३ फाल्गुन २०८०, बुधबार
धनले बिर्साएको बुढ्यौली

धनले बिर्साएको बुढ्यौली

२२ फाल्गुन २०७७, शनिबार
कविडाँडा साहित्य सम्मान

कविडाँडा साहित्य सम्मान

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक