गरे के पो हुँदैन र गर्ने काम गरेपछि
ढुङ्गा पनि मुँगा बन्छ घन छिनु परेपछि!
यतिखेर मै माथि छन् भए जति आँखाहरू
के अनौठो भयो यस्तो उनले आँखा तरेपछि!
दिनु पर्दा हात कामे यत्ति कुरा सम्झिलिनू
जत्ति जेथा जोरे पनि लानु के छ मरेपछि!
संसारमा फैलिएका सारा रोग हराउँथे
यस्तो यहाँ हुन्छ तर प्रेमरोग सरेपछि!
म त धेरै धनी भएँ धरतीले भनेको छ
मोतीदाना पसिनाका बूँदहरू छरेपछि!
भीरबाट झरे बरू उठी माथि पुगिएला
झरे पछि झर्योझर्यो नजरबाट झरेपछि!