जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ७ मंसिर २०७८, मंगलवार
सर्जक बिशेष भित्र
0
शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

उनी अर्थात् ज्ञानकाजी मानन्धर । एकजना सफल शिक्षक । एकजना समाजसेवक । एकजना संस्कृतिविद् । एकजना सफल लेखक । अर्थात् धेरै–धेरै विषयसँग सम्बन्धित एकजना व्यक्ति । थोरैमात्र जन्मिन्छन् जो ऐतिहासिक पात्रजस्तो बाँच्छन् ।बनेपाको माटोमा जन्मिएका थोरै ऐतिहासिक पात्रहरुमध्येका एकजना जिउँदा पात्रको चर्चा आजको यस पृष्ठमा गर्न रुचाइरहेछु । शिक्षाजगत्मा भएको उत्कृष्ट कार्यमा उनी सम्झिन लायकका छन् । सामाजिक कृयाशीलतामा उनी चर्चायोग्य छन् । पारिवारिक वातावरणमा यिनी सबैका प्रिय छन् । संस्कृतिका हरफहरुमा प्रिय लेखक बन्दै गरेका यिनी सरल स्वभावकै भएकाले यिनीसँग सबै नजिक छन् । सहयोगी भावना यिनको उच्च छ । मिलनसारिता उच्चारण गर्न लायकका छन् । अङ्ग्रेजीभाषा र साहित्यका शिक्षक भएर जीवनका ऊर्जाशील क्षणहरु समर्पित तुल्याइसकेका यिनी योग्य अङ्ग्रेजी शिक्षकका रुपमा काभ्रे जिल्लामा प्रख्यात छन् ।


वि.सं. १९९१ पुस महिनामा बनेपास्थित वांख्योटोलमा पिता मोहनलाल खिं मानन्धर र माता लक्ष्मीमायाका कान्छा छोराका रुपमा जन्मेका ज्ञानकाजी मानन्धर नै आजका विशिष्ट संस्कृतिविद् अर्थात् संस्कृतिका ज्ञाता लेखक हुन् । यिनी नेवारी, नेपाली, अङ्ग्रेजीमा दख्खल राख्छन् र तीनवटै भाषामा लेख–रचना लेख्छन् । यो तीनवटै भाषामा यिनको पुस्तक पनि प्रकाशित छन् । रसियनभाषामा पनि एउटा पुस्तक कृष्णप्रकाशश्रेष्ठले अनुवाद गरेर प्रकाशित भएको छ । ८२ वर्ष उमेर पुगेर पनि थाक्न नजानेका ज्ञानकाजी विभिन्न भाषा, संस्कृति, साहित्य र शिक्षासँग सम्बन्धित सङ्घ–संस्थामा रहेर सेवा पुर्‍याउँदै छन् । यिनी ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि राखेर नेपालका देवीदेवताहरुबारे पुस्तक लेख्ने तयारीमा छन् । केही न केही गरिरहन रुचाउने यिनी आजपर्यन्तसम्म काभ्रे बहुमुखी क्याम्पसमा सञ्चालक समितिका सदस्य रहेर, चण्डेश्वरी छाना सुधार समितिका सक्रिय सदस्य बनेर, बनेपा नगरपालिकाबाट गठित पदपूर्ति समितिमा सदस्य भएर, संस्कृति र सांस्कृतिक उत्थानमा दत्तचित्त भएर, आफ्नो मातृभाषा उत्थानका लागि नेपालभाषा एकेडेमीमा प्राज्ञ सदस्य रहेर नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपालभाषा पत्रिकाको सम्पादक भएर दिलोज्यानसाथ भाषा, साहित्य, संस्कृति उत्थानका लागि सक्रिय छन् । बनेपामै बसोबास गरेर राष्ट्रिय पहिचान बनाउन सफल थोरै बनेपालीहरुमा यिनी पनि पर्छन् ।


थुप्रै सङ्घ–संस्थामा सङ्लग्न यिनी चैतन्य स्कूललाई क्याम्पससम्म बनाउने अभियानका अभियन्ता बनेर, काभ्रे जेसिजका प्रथम अध्यक्ष भई नेतृत्व प्रदान गरेर, प्रतिभा सम्मान प्रवन्ध गुठीको स्थापना र सम्वद्र्धनमा योगदान गरेर, बौद्ध वृद्धाश्रमका सल्लाहकारको भूमिका निभाएर, केन्द्रीय मानन्धर सङ्घमा केन्द्रीय सदस्य हुनाका साथै बुबाको नाममा पाँच लाख रुपैया अक्षयकोष प्रदान गरेर, आशा सफू कुथिलाई ताडपत्र बुझाएर आफूलाई राष्ट्रका समर्पित व्यक्तित्वका रुपमा चिनाउन सफल छन् । चैतन्य, आजाद, महायान समाज बनेपा, जापाली भोजघरका निर्माणकर्ता रहेर समाजसेवामा बनेपाकै अग्रिम नाम बनाउन सफल यिनी जीवनका थुप्रै क्षणहरुमा शिक्षणसेवा पुर्‍याएर आफूलाई योग्य शिक्षकका रुपमा प्रतिस्थापन गर्न पनि सफल छन् । आजाद मा.वि., बनेपामा ३८ वर्ष शिक्षणसेवा पुर्‍याइसकेका यिनी धेरैजसो बनेपाली हस्तीहरुका गुरु पनि हुन् । प्रौढ शिक्षा निकेतन, बनेपामा र शारदा माध्यमिक विद्यालय, फलाँटेका प्रधानाध्यापकसम्म रहेर सेवा पुर्‍याइसकेका यिनी हालसम्म पनि अल्छी नगरिकन समाजसेवा गर्न तल्लिन छन् ।


आफ्ना बुबा मोहनलाल खिं मानन्धरबाट विशेष प्रभावित र प्रेरणा प्राप्त गरेका यिनी बुबाकै निर्देशन र ज्ञान–चेतनाबाट आफूलाई संस्कृति र इतिहास लेखनमा सक्रिय तुल्याएको भन्न पाउँदा गौरव गर्ने गर्छन् । बुबा पनि प्रभावशाली समाजसुधारक भएकै कारणले समाजसेवा यिनको प्रेरणाको स्रोत भयो । ज्ञानकाजी नाम अनुसारकै ज्ञानकै काजी बनेर आफूलाई समर्पित तुल्याउन सफल छन् । ज्ञानका काजी रहेर यिनले धेरै ठाउँको ऐतिहासिक देव–देवीलाई इतिहासमा खोपेर चिनाइदिएका छन् । बनेपाको चण्डेश्वरी, साँखुको खड्गयोगिनी, काठमाडौंको कुमारी, भक्तपुरको नवदुर्गा, पनौतीको इन्द्रेश्वर महादेव, कीर्तिपुरको बाघभैरव, गोर्खाको गोरखनाथ, जनकपुरको सीता, काठमाडौंको खास्ती चैत्य आदिका बारेमा ऐतिहासिक तथ्यसहित खोजमूलक कृति तथा लेख रचनाहरु राष्ट्रलाई सुम्पिसकेका छन् । दोलखा भीमसेनको इतिहास पनि यिनले लेखिसकेका छन् र प्रकाशनको क्रममा छन् । उनीद्वारा लिखित १९८२ मा नै प्रकाशित Nepal Legend & Dramaपुस्तकमा प्राचीन घटनालाई आधार बनाएर इतिहासको उत्खनन् नाट्यशैलीमा प्रस्तुत गरेका छन् । यिनका अन्य यस्तै खालका संस्कृतिका प्रकाशित पुस्तकहरुमा The Legend of Nepal कुमारी, खड्गजोगिनी, श्वेतचैत्य, नेपाल–आख्यान र नाटक, कपिलवस्तुस भगवान्, बनेपा स्तवन, अरनिकोया श्वेतचैत्य Myths and Legends of Nepal,बनेपा सातगाउँ, मानन्धर तय्गु विषय छुँ खँ र पश्चाताप प्रकाशित छन् ।


बनेपाको गौरव भन्नु नै जिल्ला र देशकै पनि गौरव भइदिनु हो । गौरववोध हुने कार्यमा मन लगाइरहन सक्नु नै आफू सुन्दर हुनु हो । संस्कृतिका व्याख्याता रहेर साहित्य र साहित्यकारहरु मन पराउनुहुने यिनले पहिलोचोटि २०१२ सालतिर नै नेपालभाषामा कविता प्रकाशित गराएको देखिन्छ । यिनले साहित्यको परिभाषामा यसरी लेखेका छन् –‘साहित्य भनेको जीवनको प्रतिबिम्बित तस्वीर हो । त्यसैले कलात्मक ढङ्गमा जीवन अथवा समाजको चित्रण गर्नु नै राम्रो साहित्यिक रचना हो । त्यो जीवनको लागि हुनुपर्दछ ।’ लेखन उत्कृष्ट बनाउने अभियानमा अहिलेसम्म पनि यिनी सतर्क छन् । संस्कृति क्षेत्रका यिनका प्रिय लेखकहरुमा डा. सत्यमोहन जोशी, हेमराज शाक्य, डा. जगदीशचन्द्र रेग्मी, डा. जनकलाल वैद्य, डा. चुन्दा बज्राचार्य, नयराज पन्त, धनवज्र बज्राचार्य, हरिराम जोशी, लैनसिंह बाङ्देल हुन् । उनले आफूलाई मनपर्ने महापुरुषहरुमा गान्धी, नेहरु, वि.पी. कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह भनेर उल्लेख गर्ने गर्दछन् ।


एकजना समाजसेवक जो हालसम्म वृद्धावस्था भोगेर पनि समाजमा रमाइरहेका छन् । धमिलो आँखालाई औषधिको सहारामा प्रकाशमय बनाएर संस्कृतिका हरफहरु खोज्दैछन् । आफूले जानेका कुराहरु पत्रपत्रिका, एफएम, टिभीमार्फत् बोलेर नेपालको संस्कृति के हो सोको परिचय लेख्न र बताउन जाँगर चलाउँदै छन् । यिनै व्यक्तित्व हुन् – ज्ञानकाजी मानन्धर ।यिनी मेरा पनि गुरु; मभन्दा १५ वर्षले जेठो । प्रतिभा सम्मान प्रबन्ध गुठी, काभ्रे बहुमुखी क्याम्पसलगायत थुप्रै क्षेत्रहरुमा सँगसँगै कुदेर देश, समाज र मान्छेकै लागि सिर्जना, सद्ज्ञान बाँड्न सङ्घर्षरत छौं । ज्ञानकाजीको यात्राबाट सिकेर समाज र मान्छेका लागि केही गरौं – ज्ञानकाजीहरुसँग यस्तै सद्भावनाका कुराहरु गरौं ।


Tags: जनमतज्ञानकाजी मानन्धर
अघिल्लो पोष्ट

कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

पछिल्लो पोस्ट

इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

इन्दिरा दीक्षितको कथाकृति ' परदेशी मित्र ' सार्वजनिक

पहिलो यात्रा

पहिलो यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

नुरगङ्गा प्रतिभा पुरस्कार लोकगायक राजु परियारलाई

२४ फाल्गुन २०८०, बिहीबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२३ फाल्गुन २०८१, शुक्रबार
परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

२३ फाल्गुन २०७९, मंगलवार
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक