जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

विश्वमा पुग्न सफल कवि तुलसी दिवस

मोहन दुवाल मोहन दुवाल
प्रकाशित १५ असार २०८०, शुक्रबार
सर्जक बिशेष भित्र
0
विश्वमा पुग्न सफल कवि  तुलसी दिवस

तुलसी दिवस आफ्नै भावनाका उत्सर्गहरुमा कविताका बिम्बहरु खोपेर कविता लेख्न सफल कवि हुन् । कविता लेख्दा र कविता बोल्दा कविताकै बान्कीमा कविता लेख्ने र भन्न मन पराउने कविका रुपमा पनि उनी सुपरिचित छन् । तुलसीप्रसाद जोशीबाट कविता–बिम्बमा आफूलाई प्रकाश पार्न दिवस बनेर झुल्केका कवि तुलसी आफ्नो अनुभूतिलाई कवितात्मक अभिव्यक्तिमा प्रभावकारी ढङ्गले ढाल्न सिपालु छन् । प्रष्ट आफ्नो विचार राखिहाल्ने, मूलाहिजा गर्न नजानेका जस्ता देखिने प्रखर साहित्यिक वक्ताको रुपमा चिरपरिचित यिनी कविताकै माध्यमबाट कवि बनेर विश्वका थुप्रै ठाउँमा पुग्नुका साथै विश्वका थुप्रै पत्र–पत्रिकामा यिनका कविताहरु विभिन्न भाषामा प्रकाशित छन् ।

वरिष्ठ कविका रुपमा प्रतिष्ठित भइसकेका कवि तुलसी दिवस लोकवार्ताकार तथा संस्कृतिविद्का रुपमा पनि सुविख्यात छन् । कवि तुलसी दिवसको जन्म श्रीमहाप्रसाद जोशी र चण्डिकादेवीको जेष्ठ पुत्रको रुपमा वि.सं. १९९८ साउनमा धनकुटामा भएको हो । विद्यालय र महाविद्यालयस्तरको शिक्षा धनकुटाबाट नै प्राप्त गरेका यिनी उच्च शिक्षा र विभिन्न खालको तालिम जापान र अमेरिकाबाट प्राप्त गरेका हुन् । ज्ञानको चक्करमा लाग्दालाग्दै आफ्नै सक्रियतामा प्राप्त गरेका शिक्षा र ज्ञानबाट उनी इष्ट–वेष्ट सेन्टर, हवाईको कम्युनिकेशन इन्ष्टिच्यूट र कल्चरल लर्निङ्ग इन्ष्टिच्यूट दुवैको प्रोफेशनल फेलो, ब्रिटीस काउन्सिल भिजिटिङ्ग फेलो, टोकियो विश्वविद्यालय अन्तर्राष्ट्रिय अध्ययनमा अतिथि प्राध्यापक, राष्ट्रिय जातीय सङ्ग्राहलय ओशाकाको अतिथि अध्यक्षता समेत रही सेवा पुर्‍याइसकेका एकजना सक्षम साहित्यकार हुन् । यस्तैगरी यिनले राष्ट्रिय क्षेत्रमा सांस्कृतिक प्रतिष्ठान धनकुटाका संस्थापक अध्यक्ष भई सेवा पुर्‍याउँदै पपुलर कल्चरल सोसाइटी अफ एशिया एण्ड पेशेफिक रिजन, हवाईको संस्थापक सदस्य, पद्मकन्या क्याम्पस र त्रिचन्द्र क्याम्पसका लोकवार्ता र साहित्यका प्राध्यापक, सिर्जनशील साहित्यिक समाजको संस्थापक अध्यक्ष, शाही नेपाली राजदूतावास दिल्लीमा सांस्कृतिक काउन्सेलर भइसकेका तुलसी दिवस हाल नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्ष, नेप्रप्रका आजीवन सदस्य र वल्र्ड कांग्रेस पोयट्सका अन्तर्राष्ट्रिय समितिका सदस्य भई साहित्य, संस्कृतिप्रति रहेको आफ्नो लगाव फुकाउन सक्रिय छन् ।

कवितामा प्रयोग रुचाउने, नयाँ शब्द–शैली खोजिरहन मन गर्ने कवि तुलसी दिवसका कविता–बिम्बमा आफ्नैपन व्याप्त छन् । वाचन कलामा प्रख्यात रहेका कवि तुलसी दिवस कविता वाचनमा निकै प्रखर र तेजिला छन् । कवितालाई कविताकै प्रभावमा बाँड्न सिपालु कवि तुलसी दिवसले कविता लेखेर, साहित्य र संस्कृतिमा जाँगर चलाएर थुप्रै खालका सम्मान र पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् । प्रथम राष्ट्रव्यापी साहित्यिक सम्मेलनमा गद्य कवितातर्फ प्रथम (२०१८), संगीत सम्मेलनमा लोकगीततर्फ प्रथम (२०१९), कवितामा एकेडेमी पदक (२०२०), अधिराज्यव्यापी नृत्य प्रतियोगितामा प्रथम (२०२२), लोकसाहित्य पुरस्कार (२०२९), सुप्रवल गोरखा दक्षिण बाहु (२०३९), दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार (१९९१) दिल्ली, प्रसिद्ध अन्तर्राष्ट्रिय कवि सम्मान (१९८९) मद्रास, विश्व नागरी सम्मान (१९९९) दिल्ली, राष्ट्रिय प्रतिभा पुरस्कार (२००२) आदि राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका सम्मानका धनी प्राध्यापक दिवस आधुनिक विशिष्ट कवि हुन् र यिनी लोकवार्ता र लोकसंस्कृतिका विशिष्ट प्रतिभा हुन् ।

थुप्रै कार्यपत्रमा प्रस्तोता भई विश्वका विविध ठाउँ पुगिसकेका यिनले प्रस्तुत गरेका कार्यपत्रहरुमा फोक एण्ड ट्रेडिसनल म्यूजिक अफ एशियामा नेपाल परिच्छेदको लेखन (जापान), नेपाली लोकसंगीत : एक परिचय(तेहरान), नेपालका नेवारहरुको जन्म अनुष्ठान, नेपाली लोकजीवनका पशु र रामायण : नेपाली साहित्यको साँचो (टोकियो) आदिका साथै नेपालीमा लोकनायक (होनोलुलु), मानव विशेष स्वभाव र प्रवृत्तिका नेपाली लोककथा(कटक), नेपाली लोककथामा चित्रित भूतप्रेत र राक्षस (मद्रास), समकालीन नेपाली कविता (हेमवर्ग), काठमाडौं उपत्यकाको अष्टमातृका नृत्यनाटक : एक जीवित परम्परा (टोकियो), महाकाली प्याखं भक्तपुरको मुकुण्डो नृत्यनाटक (नागानो), नेपाली लोकबाजा : पृष्ठभूमि र वर्गीकरण (काठमाडौं), हिमालय र नेपाली लोकसंस्कृति (एरिजोना), नेपाली लोकनृत्य : अवधारणा र विशेषता(काठमाडौं) आदि प्रसिद्ध छन् ।यसरी विश्वमा नेपाली साहित्य र संस्कृतिलाई पुर्‍याउन सङ्घर्षरत साधक तुलसी दिवस वि.सं. २०१३ सालदेखि लेखन क्षेत्रमा लागेको देखिन्छ । यिनका प्रकाशित पुस्तकहरुमा – धिमाल लोकजीवन अध्ययन (२०२९), नेपाली लोककथा (२०३२), नेपाली लोककथा : केही अध्ययन,नेपाली लोकबाजाहरु (अङ्ग्रेजी र नेपालीमा (२०३४), प्रदर्शनकारी धिमाल लोकसंस्कृति (२०३५), धिमाल लोकनाच र संस्कृति (२०३९), तुलसी दिवसका कविता (२०४०) छन् । उनको फोकटेल्स फ्रम नेपाल (१९९७) र तुलसी दिवस की कविताएँ (१९९७) दिल्लीबाट प्रकाशित भएका पुस्तकहरु हुन् ।

तुलसी दिवस कवितामा विभिन्न शैली खोजेर कविताहरु लेख्छन् र साथै लोकसंस्कृतिसँग सम्बन्धित धेरै सन्दर्भहरु नेपाली पाठकहरुका लागि र विश्व जनमनमा फिँजाउन सफल छन् । लोकसंस्कृति सम्बन्धमा यिनको धारणा यस्तो छ –‘कुनै पनि राष्ट्रको राष्ट्रिय व्यक्तित्वको सिधा सम्बन्ध त्यस राष्ट्रको लोकसंस्कृतिसँग हुन्छ । नेपालीहरुको अस्तित्व नेपाल राष्ट्र सँगसँगै नेपालको लोकसंस्कृतिसँगै पनि घनिष्ट छ । भौगोलिक नेपालको सीमा भए पनि सांस्कृतिक नेपाल विशाल छ । आफ्नो लोकसाहित्य एवम् संस्कृतिको उचित परिशीलन तथा परिशोधन हुन नसके, नगरे हामी आफूलाई चिन्नुका साथै अध्ययन गर्नुबाट पनि बञ्चित रहनेछौं । आफूलाई नचिनी अरुलाई चिन्न खोज्नु युक्तिसङ्गत हुँदैन । अत: आफूलाई चिन्ने र चिनाउने क्रममा शिक्षित अशिक्षित लोक जन–समुदायले आफ्नो मौलिक स्वत्वको परिचायक लोक–संस्कृतिप्रति सचेत हुनुपर्ने आवश्यकता हाम्रो राष्ट्रिय विकासको सन्दर्भमा टड्कारो भइसकेको छ ।’ (साहित्यकार परिचय र अभिव्यक्ति, पृष्ठ १८८) यस्तै धारणा बोकेर लोक–संस्कृतिको खोजी र लेखनमा सक्रिय आधुनिक कवि तुलसी दिवसका लेख–रचना र कविताहरु जापानी, अङ्ग्रेजी, जर्मन, फ्रान्सेली, रुसी, हिन्दी, बङ्गाली, कोरियाली, मलय, चिनीया, मेसिडोनियाली, स्पेनली, फिनिशेली लगायत थुप्रै भाषाहरुमा अनुवाद भएका छन् ।

आफ्नो रुचिको क्षेत्र गीत, संगीत, नृत्य, नाटक, चित्रकला, साहित्य, संस्कृति, आदि विविध भए पनि आधुनिक नेपाली कविताको क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल कवि तुलसी दिवसले लोकवार्ता, लोकसंस्कृति, लोकसाहित्य, लोकनाटक, लोकनाच, लोकगीतको अध्ययन–अध्यापन खोजअनुसन्धानको क्षेत्रमा विषयगत अवधारणात्मक स्पष्टताले नेतृत्वदायी भूमिका निभाउन सक्षम छन् । यिनै कवि तुलसी दिवसले मान्छेकै सम्बन्धमा आफ्नो अभिव्यक्ति यसरी पोखेका छन् अभिव्यक्ति र कलममा :

मान्छे त आफैमा पवित्र मन्दिर हो – यस धरतीका ।
एउटा मस्जिद भत्किन्छ एउटा मान्छेको – हत्यामा ।
एउटा गिर्जाघर ढल्छ एउटा मान्छेको – ढलाइमा ।
तर मान्छे पाइँदैन मान्छे – मान्छेको यो वस्तीमा ।
हरे मान्छे भाग्यो किन ओर्लेर भर्‍याङ्ग – मान्छेबाट ।
प्रयोगशील कविता लेख्न सफल कवि तुलसी दिवस आफ्ना कविताहरुलाई कलात्मक शब्द–शैलीमा आफ्नै भाषा र भाव–धारामा पोख्न सफल छन् । मान्छेकै विषयवस्तुलाई पनि आधुनिक भाव–धारामा व्यक्त गर्न सिपालु कवि तुलसी दिवसका प्रयोगवादी एउटा हिन्दी कविता लीला गीतबाट साभार गरिएका केही कविताङ्शहरु प्रस्तुत छ :
तुम मुझे आँसू दो, मैं हँसी लेकर क्या करुँ ?
जब मेरे पास धरती ही नहीँ, मैं आाकाश लेकर क्या करुँ ?


Tags: जनमततुलसी दिवसमोहन दुवाल
अघिल्लो पोष्ट

नेपाल साहित्यिक पत्रकार सङ्घको १७ औ वार्षिकोत्सव

पछिल्लो पोस्ट

ओक्कल दोक्कल पिपल पात

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
ओक्कल दोक्कल पिपल पात

ओक्कल दोक्कल पिपल पात

तुलसी दिवसका तीन कविता

तुलसी दिवसका तीन कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आठ जनालाई नइ बाल पुरस्कार

आठ जनालाई नइ बाल पुरस्कार

२३ फाल्गुन २०७८, सोमबार
खाली सिद्धान्त र विचारमात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन : कल्पना प्रधान

खाली सिद्धान्त र विचारमात्र थोपरेर त्यो कुनै हालतमा साहित्य हुँदैन : कल्पना प्रधान

२३ फाल्गुन २०७८, सोमबार
मल्ल राजाकी चेली : मेरी हजुरआमा लक्ष्मीकुमारी

मल्ल राजाकी चेली : मेरी हजुरआमा लक्ष्मीकुमारी

२४ फाल्गुन २०८०, बिहीबार
प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

प्रज्ञा-प्रतिष्ठानद्वारा १० वटा प्रज्ञा पुरस्कारको घोषणा

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक