जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

सादात र साफिया मोन्टोः एउटा प्रेम कथा

नन्दिता दास नन्दिता दास
प्रकाशित ७ कार्तिक २०७८, आईतवार
अनुवाद, कला, सिनेमा भित्र
0
सादात र साफिया मोन्टोः एउटा प्रेम कथा

हरेक सफल पुरुषको पछाडि अर्की एक जना निस्वार्थी महिलाको ठूलो समर्पण नेपथ्यमा बसेको हुन्छ । साफिया डिनको विवाह सादात हसन मोन्टोसँग नभएको र उनी साफिया डिनबाट साफिया मोन्टो नबनेकी भए उनको आज जस्तो परिचय बनेको थियो, त्यस्तो परिचय नहुने कुरा एउटा स्वाभाविक सत्य हो । तर विख्यात साहित्यकार सादात हसन मोन्टोका हरेक सुख र दुःखमा सँगै उभिएकी साफिया नभएकी भए सादातको परिचय आज जस्तो छ, त्यस्तो नहुने पनि उत्तिकै स्वाभाविक सत्य हो । वास्तवमा सादातको जीवनमा सुखका दिनहरु गन्न मिल्ने थिए भने दुःखका दिन अनगिन्ती थिए ।
एउटा मिठो संयोग, सादात र साफिया दुवैको जन्म मे ११ का दिन भएको थियो । सादातको जन्म सन् १९१२ को मे ११ को दिन र साफियाको जन्म सन् १९१६ को मे ११ को दिन । श्रीमान–श्रीमतीबीच अरु पनि मिल्ने कुराहरु थिए । दुवै जना कालो फ्रेमको चस्मा लगाउँथे, दुवै जनाको पूर्खा कास्मिरी थियो भने बुढा–बुढी दुवैको नाम अङ्ग्रेजी वर्ण ‘एस’बाट शुरु हुन्छ । तर उनीहरु दुई जनाबीच मिल्ने कुरा भने यतिमै टुङ्गिन्छ ।
सादात ज्यादै सोखिनदार थिए । चाँदीको बिर्को भएको सेफर कलम बोक्ने कुरामा होस् वा सुनौलो बुट्टा बुनिएको जुत्ता लगाउनेबारेमा होस्, सादातका धेरै सोखहरु थिए । जे होस्, उनी सबभन्दा राम्रो र आकर्षक कुरा नै आफ्नो लागि छान्थे । तर साफियाका छनौट सधैं सरल र सामान्य नै हुने गथ्र्यो । मोन्टो दम्पत्तीले भोगेका अनेकन प्रतिकूलतालाई साक्षी राख्दै साफिया आफ्नो भागमा कमभन्दा कम समान मात्र राख्थिन् । सादात बहिर्मखी र आफू प्रकाशमा पर्नेे कुनै पनि अवसर नछोड्ने खालका थिए भने साफिया अन्तर्मुखी स्वभावका लजालु महिला थिइन् ।
सादात र साफियाको विवाह सन् १९३६ मा भयो । आफ्नो विवाहबारे सादातले ‘मेरी सादी’(मेरो बिहा) शीर्षकमा एउटा सिंगै निबन्ध लेखे । त्यो निबन्ध धेरैले मनपराए र धेरैले त्यसमा आफ्नो अनुभति भेटाए ।
सादात दिल्लीमा बस्थे । अल इन्डिया रेडियोका जागिरे थिए । विवाह पछि मोन्टो दम्पत्ती बम्बई सरे । उनीहरुको जीवनमा बम्बईका दिनहरु सबभन्दा सुन्दर र सुखद दिनहरु थिए । बम्बई बसाईमा उनीहरुले आफ्नो पहिलो सन्तान अरिफलाई गुमाउनुप¥यो तर त्यो वियोगले उनीहरुलाई अझ नजिक बनायो । अरिफको वियोग पछि उनीहरुका तीन छोरी भए ।
सादातले एक पटक लेखेका छन्,‘म फटाहा कथाका कथाकार हुनसक्छु, एक जना जोकर हुन सक्छु, तर म एक जना पति र एक जना पिता पनि हुँ ।’
सादात प्रायशः होहल्लाबीच कथा लेख्ने गर्थे–उनी लेख्दै गर्दा केटाकेटी वरपर खेलिरहेका हुन्थे, उनका साथीहरु र परिवारका सदस्यहरु कुराकानी गरिरहेका हुन्थे ।
एक पटक उनले बम्बईमा धेरै मानिससामु लाहोरका प्रहरीले उखरमाउलो गर्मीसँग लड्न वरफका ढिक्का भएका बर्दी आविस्कार गरेको गफ सुनाए । अमृतसरमा उनले अमेरिकीहरुले ताजमहल किनिसकेको र अब एउटा–एउटा ईटा निकाल्दै आफ्नो देश लान लागेको हल्ला फिजाए । धेरै मानिस उनका त्यस्ता हल्लाका पछि सजिलै लागे तर साफियालाई भने मानिसलाई घुमाउने आफ्नो पतिको क्षमताबारे राम्ररी थाहा थियो ।
इतिहासले कतिपय कमजोरीका कारण माफी गरेका, निकै धेरै चर्चा–परिचर्चा पाएका लेखक र कलाकारहरुभन्दा फरक सादात परिवारका राम्रा र असल(जिम्मेवार)सदस्य थिए । मूल्यमान्यता नमान्ने, सामाजिक नैतिकतालाई चुनौती दिने र संस्थापनको आँखामा औंला घोच्ने एक जनाको लेखकका लागि परिवारको असल सदस्य भइरहन अस्वाभाविक हो । यद्यपि यो अन्तर्विरोध भने भिन्न खालको थियो । उनले सादात हसन(एक जना परिवारको सदस्य)लाई सधैंभरि माया पाओस् भन्ने चाहना राखे र मोन्टो(लेखक व्यक्तित्व)ले माफी पाओस् भन्ने चाहे । तर उनका भतिजा हामिद जलालले भनेका छन्,‘मोन्टोले प्रायशः सादात हसनलाई नाकमा नथी लगाएर डो¥यायो ।’
मोन्टो आधुनिक सोचका व्यक्ति थिए र साफियासँगको सम्बन्धमा त्यो उनको आधुनिक व्यक्तित्व प्रष्ट प्रतिविम्बित भएको छ । सादात साफियाका साडीमा इस्त्री लगाइदिन्थे । पुरुष खानलाई बाहेक भान्छामै नपस्ने त्यो समयमा सादात खाना पकाउँथे । साफियालाई सञ्चो नहुँदा उनको टाउकोमा मालिस गरिदिन्थे–सादात । पत्नीलाई मात्र होइन, आफ्ना छोरीहरुलाई समेत उनी मालिस गरिदिन्थे । सादात आफ्ना कथाहरु साफियालाई सुनाउँथे र साहित्य सम्मेलनहरुमा उनीसँगै हुन्थिन्–साफिया ।
सादात साफियाले आफूलाई बोलाउँदा आफ्नो पहिलो नामले बोलाएको मन पराउँथे । त्यत्तिबेला पत्नीले पतिलाई नाम लिएर बोलाउनु भनेको सामाजिक मर्यादाविपरीत मानिन्थ्यो । सादातकी आमा बुहारीले त्यसो नगरिदिओस् भन्ने चाहँथिन्, त्यही भएर साफियाले सादातलाई ‘सॉसाब’(सादात साहेबको छोटकरी) भनेर बोलाउने गर्थिन् ।
भारत र पाकिस्तानको विभाजनपश्चात मोन्टो किन लाहोर गए, त्यो अझै पनि रहस्यको विषय हो । मैले आफ्नो चलचित्रमा आफ्नो बुझाई प्रस्तुत गरे जस्तै त्यस विषयमा धेरैले धेरै तर्क र बुझाई प्रस्तुत गरेका छन् । तर त्यो समय उनीहरुको लागि जीवनकै सबभन्दा कठीन दिनहरु भएको कुरामा भने कुनै विवाद छैन । अझ विशेष गरी साफियाको सन्दर्भमा यो बढी सत्य थियो । उनी चुपचाप आफ्नो र सादातका पीडाको सामना गरिरहेकी थिइन् । सस्तो रक्सीको दुष्प्रभावस्वरुप सादातको शरीर थिलथिलो बन्दै गएको थियो । देश विभाजनको पीडासँगै बम्बईमा आफ्ना आफन्तजनसँगको वियोगको यर्थाथले उनलाई रक्सीको पासोमा क्रमशः ढकेल्दै थियो । सादातका कथाहरुमा अश्लिलता भएको भन्दै लगाइएको मुद्दाको बारम्बारको सुनुवाईले पनि उनलाई कमजोर बनाइरहेको थियो । जसले साफियामा आफ्नो पतिका विषयमा बाँकी रहेको थोरै भरोसा पनि टुट्दै थियो । सादात भन्दा हुन्,‘तिमी कहिल्यै भोकै मर्न नपरोस् भनेर म मनग्य लेख्दैछु ।’ तर उनीहरुलाई उनले लेखेकै कारण आफू भोको बन्नु परेकोबारे सत्यबारे थोरै मात्र थाहा थियो ।
धन्य, चुपचाप पीडासँगै पौंठेजोरी खेल्दै गरेकी साफियाले सादातलाई ठेगान लगाउने प्रयत्न थालिन् । तर त्यत्तिञ्जेल निकै ढिला भइसकेको थियो । सादातको निधन हुँदा उनका छोरीहरु ५, ७ र ९ वर्षका थिए । ती छोरीलाई आफ्नो बाल्यकालबारे निकै धमिलोमात्र सम्झना छ । त्यस्तो प्रतिकूल समयमा पनि आफ्नी आमा र परिवारका अरु सदस्यहरुले कहिल्यै पनि दुःखको अनुभूति गर्न नदिएको र आफूले खुशी बाल्यकाल बिताएको कुराले ती छोरीहरु आज आश्चर्यचकित पर्छन् । उनीहरुसँग सम्झना छ भने आफ्नो बुवाले अर्थनबर्थका कविता वाचन गरेको, चुरोटका बट्टाले अनेक किसिमका खेलौना बनाएको, अम्बा काटेको, अनार छोडाएको अनि छोरीहरुलाई आफ्नो भुँडीमा राखेर ‘घोडा चढाएको’ ।
सादातका अधिकांश पाण्डुलिपिका प्रथम पाठक साफिया बन्थिन् अनि त्यसकारण उनी कसरी सोच्थिन् भन्ने कुराले सादातको लेखनमा धेरै फरक पाथ्र्यो । एक पटक उनले एउटा कथा लेखेका थिए जसको शीर्षक थियो–हामिद और हामिदा(हामिद र हामिदा) । सादातले आफ्नो जीवनमा साफियाको भूमिकाको विषयमा सधैं प्रशंसा गरेका छन् तर किन उनले साफियाको विषयमा किन त्यत्ति थोरै मात्र लेखे भन्ने कुरामा धेरैले आश्चर्य मानेका छन् । सादातको परिवारबाट मैले उनका बारेमा धेरै त्यस्ता कुरा थाहा पाएकी छु, ती कुराहरु कुनै पनि पुस्तकमा पाउन असम्भव छ । एउटा कुराले भने मलाई सोच्न बाध्य बनाउँछ–सादात धेरै बोलिरहनु पर्ने, रिसाउने स्वभावका मानिस भएर पनि किन साफियालाई उनले एक पल्ट पनि ठूलो स्वरले कुरा गरेनन् ? बरु उनी त साफियासामू जति पटक पनि माफी माग्न तयार हुने गर्थे ।
पुरुषको विषयमा सधैं धेरै रहस्य खोतल्न बाँकी नै रहने गर्दछ । तर जति–जति अनुसन्धान गर्दै जान्छु, जति–जति नयाँ–नयाँ कुरा आविस्कार गर्दै जान्छु म क्रमशः अरु धेरै कुरा पत्ता लगाउन बाँकी रहेको महसुस गर्न थालेको छु । मैले काम गर्न लागेको चलचित्रले मोन्टो र उनको संसारबारे एक झलक दिने प्रयास गरेको छ ।
नन्दिताले यो लेख झण्डै दुई वर्षअघि साफिया मोन्टोप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेखेकी थिइन् । इस्क्रोल.आइएनले यो लेख प्रकाशित गरेको थियो ।
अनुवादः नीरज
मुल स्रोतः स्क्रोल.आइएन


Tags: जनमतनन्दिता दाससादात र साफिया मोन्टोः एउटा प्रेम कथा
अघिल्लो पोष्ट

माला फोविया

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – ११

नन्दिता दास

नन्दिता दास

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – ११

अन्धकारभित्रको अन्धकार – ११

घोडसवार

घोडसवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

२२ फाल्गुन २०७९, सोमबार
बज्रपात

बज्रपात

२२ फाल्गुन २०७८, आईतवार
‘द योगिनी’ मा नेवा संस्कृति

‘द योगिनी’ मा नेवा संस्कृति

२२ फाल्गुन २०७९, सोमबार
नर्थ क्यारोलिनामा नेपाली साहित्य : एक सिंहावलोकन

नर्थ क्यारोलिनामा नेपाली साहित्य : एक सिंहावलोकन

२२ फाल्गुन २०७८, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक