जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

बुद्ध साहित्यका गुरुमाँ धम्मवती

मोहन दुवाल मोहन दुवाल
प्रकाशित ३ कार्तिक २०७८, बुधबार
सर्जक बिशेष भित्र
0
बुद्ध साहित्यका गुरुमाँ धम्मवती

गणेशकुमारी शाक्यले २००६ सालमा १४ वर्षकी छँदा गृहस्थी जीवनी त्याग गरी बर्माका भन्ते ऊ धमाबुधसँग प्रेरणा प्राप्त गरी कुशीनगर आसाम, नागालैण्ड हुँदै ६ दिन २ रात जंगलको बाटो हुँदै बर्माको खेमाराम बुद्ध विहारमा धर्मको अध्ययन गर्न पुगिन् । उनी सानै छँदादेखि नै आमासँग विहारमा गइरहने र आमाको इच्छा पनि भिक्षुणी बनाउने भएकाले यस बाटोमा लाग्न उनलाई थप ऊर्जा प्राप्त भयो । देशमा प्रजातन्त्र हुनुभन्दा अघि बर्मा पुगेकी यिनी २०२० सालमा मात्र नेपाल भित्रिएको देखिन्छ ।

वि.सं. १९९१ असार पूर्णिमामा पिता स्व. हर्षमान शाक्य र माता स्व. हेराथंकु शाक्यको कोखबाट पाटन, मंगलबजार हौगलमा जन्मेकी गणेशमाया सानै छँदादेखि नै महिलाहरुमाथि हुने शोषण, दमन र भेदभावबाट आफूलाई मुक्त राख्न चाहिन्थन् । जब उनी किशोरी हुँदै आइन् महिला वर्गमाथि देखिने यसप्रकारको पीडाबाट मुक्त हुन सकिन्छ भनी व्रmान्तिकारी कदम चालेर घर छाडेर बर्मा पुगेको सन्दर्भ उनी सुनाउने गर्छिन् । नेपालमा जस्तो नारीमाथि थिचोमिचो र शोषण बर्मामा नभएको पाएर यिनी बर्मासँग निकै प्रभावित छिन् । नारीको चेतना विकास भएपछि घरको प्रगति खुल्छ । महिलाहरुप्रति राम्रो व्यवहार र सम्मान भएपछि मात्र देशको कायापलट हुन्छ भन्न रुचाउने गणेशकुमारी शाक्य आज ‘धम्मवती गुरुमाँ’कै रुपमा ज्यादै चर्चित र प्रतिष्ठित भएकी छिन् । आज पनि महिलाहरुको पीडा व्यथा देखेर उनी भन्ने गर्छिन् –‘महिलाहरुमाथि हुने शोषण, भेदभाव हेरेर मलाई सहन गाह्रो हुन्छ । नेपालमा पुरुष र नारीमा देखिने असमानता देखेर रुन मन लाग्छ । प्रजातन्त्रप्राप्तिपछि पनि यस्तै स्थिति छ, यस खालको स्थितिलाई परिवर्तन गर्न नसकेसम्म देशको प्रगतिको ढोका खुलाउन गाह्रो छ ।’ उनी आफ्नो मनको कुरा बताउँछिन् ।‘जीवन भनेको नित्य होइन, अनित्य संसारमा जन्मेर केही न केही राम्रो काम गरेर जानुपर्छ भन्ने मेरो जीवनप्रतिको दृष्टि हो’ भन्ने दृष्टि–चेत बोकेर बहाल–बहाल, चोक–चोकमा बुद्ध साहित्यका कथा भनेर प्रभाव छोड्न सफल ‘धम्मवती’ बुद्ध धर्म अनुयायीहरु सबैका लागि गुरुआमाका रुपमा परिचित छन् ।

नेपालभाषामा कथा भन्न सिपालु, शीलवान धम्मवतीलाई आफूले गर्न चाहेपछि कुनै पनि काम गर्न दिइसकेपछि गरी छोड्ने बानी परेको हुनाले जस्तै अप्ठ्यारो स्थितिमा पनि अघि बढिरहने स्वभावजस्तै बनिसकेको देखिन्छ । बुद्धधर्मप्रति विश्वास राखेर निरन्तर मानव धर्मकै लागि जुटेकी धम्मवतीले आफूलाई प्राप्त दान दातव्यबाट प्राप्त रकम जम्मा गरेर थुप्रै सामाजिक सेवामा, साहित्यिक सङ्घ–संस्थामा र निसहाय वर्गको हितमा सहयोग गरेकी छिन् । उनलाई यस्तै सेवामा रम्न पाएपछि सुखानुभूति प्राप्त हुने कुरा पनि बताउने गर्छिन् । नम्रताकी धनी, व्यवहारपरक व्यक्तित्व र समाजपरक चिन्तनका लागि सक्षम उदार मनकी बुद्धकी चेली धम्मवतीको अन्तिम इच्छा महिलाहरुलाई समान अधिकार प्राप्त गराइदिने र चेतनशील बनाउने नै रहेको देखिन्छ । बर्माका गुरु दो पञ्ञाचारीबाट विशेष प्रभावित र बुद्ध नै मनपर्ने महापुरुष हुन् भनी बताउने उनीलाई मनमा एउटा कुरा मुखबाट एउटा कुरा गर्ने छलीहरु मन पर्दैन, प्रष्ट बोल्नेहरुमात्र मन परेको बताउने गर्छिन् ।

काठमाडौं नःघलस्थित धर्मकीर्ति विहारमा बसोबास गर्दै आएकी यिनी धर्मशील चरित्र प्रदान गर्न विहानैदेखि सव्रिmय हुन्छिन् । ध्यान गर्ने, कथा वाचन गर्ने व्रmमलाई नै जीवनचर्याजस्तै बनाएकी यिनीलाई डायोवेटिज रोगले अलिकति च्यापेकोले मात्र केही खाने कुरा खान नहुने बताउँछिन्, नत्र त यिनी सबै किसिमका खानेकुरा आफूलाई मन परेको बताउँछिन् । र पछिल्लोपल्ट यिनी गम्भीर रोगले आव्रmान्त भइन् । यिनको स्वास्थ्यस्थिति बलियो बनाउन विदेशका हस्पिटलमा यिनलाई पु¥याएर सहयोगीहरुले सहयोग गरे । स्वास्थ्यमा केही सुधार गरेर हाल यिनी सेवा र धर्ममा तल्लीन छिन् । १०ः०० बजेतिर सुत्ने विहान ४ः०० बजेतिर उठ्ने धम्मवती गुरुमाका प्रेरणाका स्रोत आफ्नै आमा र बुबा हुन् । आफू बसेको विहार बनाउन बुबामार्फत् जग्गा प्राप्त भएको र आफ्नै आमाले केही कोठाहरु बनाइदिएको सेवाभाव र प्रेरणा, बर्मामा बस्दा रहँदा प्राप्त भएको मानवीय व्यवहार र सद्भाव र बुद्धबाट प्राप्त ज्ञान चेतनाले आफूलाई मान्छ्ेजस्तै मान्छे बनाइदिएको हुन् यस्तै कथाव्यथा उनी सुनाउने गर्छिन् । उनी भन्दछिन् –‘भगवान बुद्धको त्यागको महिमा गाउन सकिँदैन, मानव वर्गकै मुक्तिका लागि उनले सम्पूर्ण आफ्नो भन्ने कुरा त्यागे ।’त्यसैबाट प्रभावित भएर बुद्धकै त्याग मनमा राखेर उनीले पनि गृहत्याग गरेको देखिन्छ ।

धर्मको नाममा, सामाजिक सेवाकै भावनामा, साहित्य सिर्जनाकै समर्पणमा, शिक्षा दानकै कार्यभूमिमा लागेर मान्छेकै हितखातिर आफूलाई समर्पित गर्नेहरु महान् हुन्छन् । धर्मका नाममा शोषण–चव्रm चलाउनेहरु, सामाजिक सेवाका नाममा व्यापार गर्न रुचाउनेहरु, साहित्य सिर्जना र सेवाको भावनामा कलुषितता हुर्काउन खोज्नेहरु, शिक्षा दानकै नाममा ठग प्रवृत्ति अँगाल्नेहरु मान्छेका नामका कलङ्कहरु हुन् । यस खालका कलुषित वृत्तिलाई त्याग्न नसकेसम्म कोही पनि महान् र राम्रा मान्छेहरु हुन सक्दैनन् । मलाई त लाग्छ, जोसुकै होऊन्, जहाँसुकै रहून्, जुनसुकै क्षेत्रबाट व्रिmयाशील भइरहून् तर तिनीहरु मान्छेकै भावनामा सद्भावना हुर्काउन, मान्छेलाई सुन्दर मान्छे बनाउन व्रिmयाशील छन् भने महान् व्यक्तिहरु हुन् । यही महानताकै खोजीमा मान्छेकै उन्मुक्तिका लागि लागिपरिरहेका एकजना महिला प्रतिभा हुन् – धम्मवती गुरुमाँ अर्थात् भिक्षुणी धम्मवती । यिनको सेवा र र समर्पणलाई बुझेर, यिनको सव्रिmयता र प्रभावकारिता देखेर यिनलाई बर्मेली सरकारबाट ‘अग्ग महाग्रन्थवाचक पण्डित’ उपाधिले सम्मान प्रदान गरिएको छ । यस्तै आनन्दकुटी दायक सभा, नेपाः बर्मा विहार, नेवाः महागुठी, ज्यापु महागुठी, अन्तर्राष्ट्रिय भिक्षुणी सङ्घ आदि ४० वटा जनजाति संघबाट अभिनन्दन समेत प्राप्त गरिसकेकी धम्मवतीलाई ज्ञानमाला भजन खलःले ‘ज्ञानमाला रत्नबत सिरपाः’ र नेपालभाषा परिषद्बाट ‘भाषा थुवाः’को उपाधि प्रदान गरिसकेका छन् ।

संसारका धेरै ठाउँ पुगिसकेकी यिनका लागि मनपर्ने ठाउँ नेपाल नै हो । त्यसपछि बर्मा मन परेको कारणमा उनी भन्छिन् –‘मान्छेमा भेदभाव कम छ । पुरुष र महिलाबीचमा समानता छ, धेरै दृष्टिले सम्यक ठाउँ छ ।’ करिव ५० औं वटा जति बुद्ध साहित्यका पुस्तक निकालिसकेकी यिनी धमकीर्ति बौद्ध धर्मको मासिक पत्रिकाका सल्लाहकार र प्रकाशिका पनि छिन् । त्यस्तै धर्मकीर्ति विहार, धमकीर्ति बौद्ध अध्ययन गोष्ठी, धर्मकीर्ति बसुन्धरा विहार, सुलक्षण कीर्ति विहार, ध्यानकुटी विहार, अन्तर्राष्ट्रिय बौद्ध भिक्षुणी सङ्घ, धर्मोदय सभा केन्द्रीय सल्लाहकार सभा आदि सङ्घ–संस्थामा सभापति, संस्थापक, निर्देशक, उप–सभापति, सहयोगी सदस्य आदि रहेर सेवा पु¥याइरहेको देखिन्छ । यिनको मुख्य भाषा नेपालभाषा र दोस्रो भाषा बर्मीज भाषा हुन् । पाली, नेपाली र हिन्दी भाषामा पनि यिनी पोख्त छिन् । यिनका नेपाली, नेपालभाषा र बर्मेली भाषामा पनि थुप्रै कृतिहरु प्रकाशित छन् ।

गणेशकुमारी शाक्यले धम्मवती गुरुमाँका रुपमा प्रतिस्थापित हुन धेरै कुराको त्याग देखाइन् । यौवनको उन्मादमा पनि यौवनलाई त्याग गरेर, सम्पन्नताकै गर्भमा लुकेकी छोरी भएर पनि सम्पन्नताकै मोहलाई तिलाञ्जली दिएर, राणाकालीन अवस्थामा लुकेको अँध्यारो स्थितिमा पनि व्रmान्तिकारी कदम चालेर, महिलाहरु पनि पुरुषसरह प्रगति गर्न सक्छन् भनी कठिन बाटो देखेर लोभ लालच होइन सेवा नै मानवीय धर्म हो भन्ने भावना मनमा, तनमा सबैतिर छर्केर निरन्तर सेवा, बुद्ध चरित्रकै मूलमन्त्र आत्मसात् गरेर लागिपरिरहेको कारणले उनी गणेशकुमारी शाक्य आजकी चर्चित भिक्षुणी अर्थात् गुरुमाँ धम्मवती बनिन् । थुप्रै खालका जीवनचक्रहरु भोग्दै आएकी सुवासना फिजाउन सुन्दर फूलकै रुपमा प्रफुल्लित हुँदै आएकी धम्मवतीले अझ समाज, देश र मानव समुदायको लागि सेवा पु¥याइरहन सकून् शुभेच्छा व्यक्त गर्न सकिन्छ


Tags: गुरुमाँजनमतधम्मवतीमोहन दुवाल
अघिल्लो पोष्ट

अन्धकारभित्रको अन्धकार – १०

पछिल्लो पोस्ट

भोकाएका देवता

मोहन दुवाल

मोहन दुवाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
भोकाएका देवता

भोकाएका देवता

किताबहरूको सम्बन्धमा

किताबहरूको सम्बन्धमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

५ बैशाख २०८२, शुक्रबार
त्रिमूर्तिमा १३९ औं लेखनाथ जन्मजयन्ती

त्रिमूर्तिमा १३९ औं लेखनाथ जन्मजयन्ती

४ जेष्ठ २०८०, बिहीबार
शरद निरोलाको “एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म”को लोकार्पण

शरद निरोलाको “एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म”को लोकार्पण

४ जेष्ठ २०७९, बुधबार
‘सेतो बाघ’का उपन्यासकार

‘सेतो बाघ’का उपन्यासकार

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक