चन्द्रमाको निधारका एफेल टावरले चुम्न खोजेको
हेरिरहेछु
डिलमा बसेर सिन नदीको छातीमा
मुस्किल छ सिन नदीको सतह स्थिर पाउन
पर्यटक हावाले मुसारिरहन्छ उनको छाती
र जन्मिरहन्छन् तरंगका हार
असम्भव छ हेर्न तरंगहरुमा
चुम्बनको उत्कृष्ट छाँया
यो असम्भव अवसरमा लेहिरहेछु आफ्नो हृदयमा
सिन नदीको छातीको दुर्लभ क्षण
ढाडभरी पर्यटकहरु बोकेर अचानक आँउछ
डुंगाको इरेजर
र मेट्छ निर्ममतापूर्वक
मुस्कानको छाप
र चुम्बनको छायाँ ।