जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना जनमत समीक्षा

असम्मत सम्मत : समीक्षाको सेरोफेरो

डा. रामदयाल राकेश डा. रामदयाल राकेश
प्रकाशित २३ मंसिर २०७९, शुक्रबार
जनमत समीक्षा भित्र
0
असम्मत सम्मत : समीक्षाको सेरोफेरो

कृष्ण जोशी नेपाली साहित्यजगत्मा एउटा स्थापित व्यक्तित्व हुनुहुन्छ । उहाँ उपन्यासकार र कविका रूपमा आफ्नो अस्तित्व एवम् व्यक्तित्वको परिचय प्रस्तुत गर्न समर्थ भइसक्नुभएको छ । उहाँका मृत्यु दोहोरिन्छ म बाँचेँ भने उपन्यास र विसङ्गत स्वरहरू गीतसङ्ग्रह प्रकाशित भएर प्रशंसित पनि भइसकेका छन् ।

उपन्यास असम्मत सम्मत सद्य:प्रकाशित उहाँको दोस्रो कृति हो । यस उपन्यासलाई उहाँले बडो मनोयोगपूर्वक लेखेर पाठकहरूसमक्ष प्रस्तुत गर्नुभएको छ । यसको प्रस्तुतीकरण नौलो र मौलिक परम्परामा भएकाले उपन्यास प्रशंसनीय एवम् पठनीय हुन पुगेको छ । उपन्यासको कथावस्तु छोटो तर रोचक छ । समसामयिक जीवनको विसङ्गति, विरोधाभास, व्यङ्ग्य र राजनीति तथा यौनविदू्रपतालाई उपन्यासकारले विश्लेषण गरेर सही सन्दर्भमा व्याख्या गर्नुभएको छ ।

उपन्यासको कथानायक विश्वामित्र हो जसको जीवनका वरिपरि सबै पात्र–पात्राहरू पुग्नका लागि विवश छन् । यहाँ विश्वामित्रको मिथकीय प्रयोग एवम् प्रस्तुतीकरण भएको छैन । यो हाम्रो समसामयिक जीवनको एउटा ज्युँदो पात्र हो, साधारण मानिसजस्तो जीवनमा धेरै उकाली–ओराली आउँदै गरेको हामी पाउँछौं । आजको मानिसको नियति भोग्नका लागि अभिशप्त ऊ दयाको पात्र बन्न पुगेको छ । ऊ आफ्नी श्रीमतीलाई भोग्न असमर्थ छ तर अरू आइमाईहरू उसको आलिङ्गनमा आबद्ध हुन आतुर देखिन्छन् । विश्वामित्रसँग लहसिने ललनाहरू हुन् – मनमाया, मेनका, मेरिना र आङ डोल्मा । मेनका त उसको अनुसन्धान सहायिका भएर उसको साथमा गाउँसम्म पुगेकी छन् । विश्वामित्र आफूचाँहि विधुर जीवन बिताउन बाध्य भएको छ । किनभने उसकी श्रीमती पोइल गएकी छिन् । आइमाई जब आफ्नो लोग्नेसँग यौनक्रीडामा आनन्द लिन सक्दिन, तब अरू पुरुषका सामीप्य एवम् सान्निध्य खोज्नु कुनै अस्वाभाविक कुरो आजको समाजमा मानिंदैन । त्यस्तै, पुरुष पनि जब स्वास्नीबाटै आनन्द लिन सक्दैन, तब अरू आइमाई पटाउन थाल्दछ । आजको समाज रोजीरोटीभन्दा पनि रतिको समस्याबाट सन्त्रस्त छ । यसको ज्वलन्त उदाहरण यो उपन्यासले दिन्छ ।

उपन्यासको मुख्य समस्या नै सेक्स हो । परशु प्रधानको सम्मति यस उपन्यासको सन्दर्भमा सही छ जस्तो लाग्दछ – सायद श्रीमतीको सम्भोग–इच्छा पूरा गर्न असमर्थ विश्वामित्रभित्र यी पात्रपात्राहरू घुमेका छन् । मुख्य विषय छ सेक्स । मुख्य समस्या छ सेक्स । लेखकले सेक्सप्रस्तुतिलाई विशेष रुचिको विषय बनाएको छ, विशेष शैलीमा प्रस्तुत पनि गरेको छ ।

आधुनिक मानवमन नै यौनाक्रान्त छ । आजका धेरैजसो समस्याहरूमध्ये यौनसमस्या पनि एउटा चर्चित विषयवस्तु हो । के वयस्क र के बूढा, सबै यौनासक्त छन् । सबै औसरको खोजीमा हुन्छन् । औसर पाएपछि कोही पनि पछि पर्दैन यौनको क्षेत्रमा । आजको युगमा ईश्वर र नारी सबैको ध्यान आकृष्ट गर्न यौन सबैभन्दा अगाडि छन् । ईश्वरतिर उन्मुख हुने ईश्वरवादी, धार्मिक र आध्यात्मिक हुन्छ । नारीतिर आकृष्ट हुने रसिक, रसलोलुप र विलासी हुन्छ । आजको युगमा ईश्वरवादी र धार्मिक व्यक्तिहरूको सङ्ख्या दिनानुदिन घट्दै गइराखेको छ भने नारीतिर आकृष्ट हुनेहरूको सङ्ख्यामा आशातीत बढोत्तरी भइरहेको छ । यहाँनिर मलाई हिन्दी साहित्यका वरिष्ठ साहित्यकार रामवृक्ष बेनीपुरीको कथनको सम्झ्ना हुन्छ – बूढा भोग नहीं सकता तो छोड भी नहीं सकता ।

यस उपन्यासको कथानायक विश्वामित्रको स्थिति पनि विषम एवम् जटिल छ । ऊ आइमाईलाई भोग्न असमर्थ छ, तर आइमाईको सामीप्य एवम् सान्निध्यमा आफ्नो जीवनको सफलता ठान्दछ र समाजमा आफ्नो पौरख एवम् पुंसकत्वको प्रदर्शन गर्न खोज्दछ जबकि ऊ नपुंसक भइसकेको छ । रक्सीको नशामा क्षणिक सन्तुष्टि लिने यस उपन्यासको अर्को पात्र अशोक पनि यस्तै यौन समस्याबाट पीडित छ । फलत: उसकी श्रीमती मेनका विश्वामित्रको आलिङ्गनपाशमा आबद्ध हुन आतुर छिन् । यस्तै जलन विश्वामित्रको हृदयमा पनि भइराखेको छ । उपन्यासकारले विश्वामित्रको अन्तर्मनमा उद्वेलित यौनभावनाको औधि राम्रो वर्णन गर्नुभएको छ –

मेनका ! यति बेला मलाई पनि कस्तो–कस्तो लागिरहेछ । मनमा विभिन्न चाहनाहरू, रहरहरू त्यसै–त्यसै सल्बलाइरहेछन् । मनमा खोलाहरू पनि बगिरहेछन्, ती खोलाहरूले आफ्ना तरङ्गहरूसँगै मलाई पनि बगाइरहेछन् । मलाई थाहा छैन ती खोलाहरूले कुन किनारमा लगेर मलाई बगाएर ल्याएको एउटा हाँगोझ्ैं फ्याँक्ने हुन् । म कुन किनारामा अल्झ्निुपर्ने हो । कति घाम, कति पानी मैले सहनुपर्ने हो ।

हाम्रो समाजमा अस्वीकृत, असम्मत र अमर्यादित तथा अश्लील कुराहरू कसरी स्वीकृत, सम्मत, मर्यादित तथा श्लील हुन जान्छन् त्यसको सङ्केत यहाँ दिने कोसिस भएको छ । यो सामाजिक वर्जना एवं विडम्वनाका रूपमा व्यवहृत हुन थालेको छ । यसै सामाजिक समस्याको विभिन्न रूप यौन, राजनीति र कर्मचारीतन्त्रमा कसरी क्रमश: समावेश हुँदै गएको छ त्यसको प्रतिरूप एवं प्रतिबिम्बलाई प्रस्तुत गर्ने यहाँ राम्रो प्रयास भएको छ । यो समस्या सार्वजनिक भइसकेको छ, यो सर्वविदित छ तर अरू मानिस यसलाई बेवास्ता गरेर हिँड्दछन् भने साहित्यकारचाहिँ यसको साङ्गोपाङ्गो वर्णन गर्नमा सिपालु हुन्छ । उसको ब्रह्मले जुन कुरा समाजमा देख्दछ त्यसको वर्णन गर्न ऊ पछि पर्दैन । उपन्यासकार कृष्ण जोशी पनि आजको ज्वलन्त समस्याको चित्रण गर्न अघि सर्नुहुन्छ । आजको मूल्यहीन र विच्छृङ्खल समाज उपन्यासकारको आँखाअगाडि टड्कारो रूपमा एउटा हाँकका रूपमा विद्यमान छ ।

समीक्ष्य उपन्यासको अर्को समस्या कर्मचारीतन्त्रमा व्याप्त लालफिताशाही ९च्भम त्बउष्कm० पनि छ । उपन्यासकार जोशी पनि कर्मचारीतन्त्रको भुक्तभोगी भएका हुनाले उहाँद्वारा वर्णित सत्यलाई नकार्न गाह्रो नै पर्ला । आजको कर्मचारीतन्त्र अनैतिक धरातलमा पालित एवं पोषित भएर पुष्ट भइसकेको छ । नातावाद, कृपावाद र फरियावादमा अडेको यस कर्मचारीतन्त्रमा चाकडी, चुक्ली एवं चाप्लुसी गर्नेको चर्तिकलाले कसलाई चमत्कृत गर्दैन ? एउटा उदाहरण :

नियुक्ति हुने बेला आयो भनसुन र चाकडी, सरुवा, बढुवा हुने बेला आयो चाकडी, सामान्य तालिममा बस्नुपर्‍यो अथवा विदेशमा जाने सिट आयो चाकडी, सधैं नै चाकडी चाकडी । पृ. ६२

उपन्यासकार जोशीको यस मतलाई शतप्रतिशत सही भन्न कर लाग्दछ :

श्रीमतीबाट गाँसिएको साइनोबाट हाम्रो देशमा आजकल राम्रा–राम्रा अवसरहरू पनि हात पार्न सकिन्छ । विदेशस्थित कार्यालयमा स्थानान्तर हुन पनि सकिन्छ । पृ. ६३

यस्तै कर्मचारीतन्त्रको अर्को ज्वलन्त समस्या छ चाँदीको चमक । यसलाई भनिन्छ ९द्यचष्दभचथ ष्ल तजभ दचभबम० रोजीरोटी कमाउनका लागि जागिर चाहियो । जागिरका लागि तलब अपर्याप्त ठानिँदैन । पैसा कमाउनका लागि आम्दानीको अन्य स्रोत खोजिन्छ । अनि घुसखोरी एवं भ्रष्टाचारको बाटो खुला गरिन्छ । यसका लागि माथिदेखि तलसम्म एउटा जाल ९ल्भतधयचप० बुनिन्छ अनि लालफिताशाही फुल्दै–फुल्दै जान्छ । यस वास्तविक तथ्यबाट उपन्यासकार जोशी साँच्चि नै अवगत हुनुहुन्छ । तसर्थ उहाँले कर्मचारीतन्त्रको कटु सत्यलाई निर्भीक भएर व्यक्त गर्न पछाडि पर्नुभएको छैन । कर्मचारीतन्त्रभित्रको मनपरीलाई मनग्गे ढङ्गबाट उतार्ने कलामा उपन्यासकार जोशी सिपालु हुनुहुन्छ । कर्मचारीतन्त्रभित्र घटित हुने भ्रष्टाचार, नातावाद, कृपावाद, फरियावादको पर्दाफास गर्नु पनि उपन्यासकार जोशीको अभिप्राय रहेछ जस्तो लाग्दछ ।

उपन्यासको तेस्रो र सबभन्दा गहन एवं गम्भीर समस्या हो मानवीय मूल्यको अवमूल्यन देखाउनु । आजको मान्छे संवेदनाशून्य भएको छ । उसको मानसिक संरचनाबाट सामाजिक सम्बन्ध क्रमश: विलुप्त हुँदै गएको छ । आजको मान्छे ढुङ्गाको निर्जीव मूर्तिमा अनुवादित हुनका लागि अभिशप्त छ । मानिसको मानसिक र मौलिक संरचनामा पनि परिवर्तन परिलक्षित हुन थालेको छ –

मान्छेको मन पनि त्यसरी नै पाटलिएर, खिएर गइसक्यो । मान्छे अब मूर्ति भइसक्यो, मान्छेभित्रको मन पनि निसास्सिएर मरिसक्यो । अब कसरी बाँच्ने हो मनविनाका मान्छेहरूको यो ठूलो हुलमा । पृ. ६९

समाजशास्त्रीय दृष्टिकोणबाट पनि आजको मान्छेको मानसिकतामा आएको हेरफेरलाई नियाल्न सकिन्छ । उपन्यासकार जोशीलाई आफ्नो देशको भौगोलिक स्थितिका साथै सामाजिक स्थितिको पनि अध्ययन छ । पहाड, तराई र काठमाडौं उपत्यकामा अवस्थित मानिसको मनस्थिति र मनोविज्ञानको चित्रणमा पनि उहाँ खप्पिस हुनुहुन्छ । उत्सवको चरित्र र व्यवहार देखेपछि उपन्यासकार यस निष्कर्षमा पुग्न बाध्य हुनुभएको छ –
पहाडबाट काठमाडौं आएका सबै त्यस्तै हुन्छन् त हिंस्रक चितुवाजस्तै ? पृ. ४९
यस्तै, काठमाडौं उपत्यकाका बारेमा लेखकको निष्कर्ष पनि यहाँ हेर्न सकिन्छ –
काठमाडौं पनि रातभर फ्याक्ट्रीहरू भएर बाँच्न थालेको छ । त्यसरी नै दिनभरि, रातभरि कार्पेट र गार्मेन्ट पनि सुत्न थालेको छ काठमाडौंले । पृ. ४८

समीक्ष्य उपन्यासमा विश्वामित्र र मेनकाको कुराकानीबाट ईश्वरको विषयमा पनि केही घतलाग्दा कुरा हामी थाहा पाउँछौं । यौनदेखि ईश्वरसम्मका बारेमा यस उपन्यासमा चिन्तन–मनन भएको पाइन्छ । मैले अघि नै भनेँ – आजको युगमा यौन र ईश्वरप्रति सहजै ध्यानाकर्षण हुन्छ । ईश्वरका बारेमा उपन्यासमा व्यक्त केही उद्गार यहाँ प्रसङ्गवश उद्धृत गरिन्छ –

ईश्वर प्रत्येक मानिसको मनभित्र हुन्छ । … प्रत्येक मान्छे स्वयं नै ईश्वर हो । एकको मन जब दोस्रो मनमा प्रवेश हुन्छ, त्यहाँ पनि ईश्वर प्राप्त हुन्छ । मान्छेको मन छोडेर तिमी जहाँ जाऊ, जति टाढा जाऊ, चाहे मुक्तिनाथ र गोसाईँकुण्ड जाऊ अथवा गङ्गा–यमुनाको सङ्गममा जाऊ, तिमी ईश्वर प्राप्त गर्न सक्दैनौ । पृ. ५३

यस्तै यौन र आकर्षणको केन्द्रविन्दु स्वास्नीका बारेमा उपन्यासकारको निष्कर्ष निम्नबमोजिम छ –
सब चीज स्वास्नीमा नै केन्द्रित भएर जान्छ । पृ. ६३
समीक्ष्य उपन्यासमा सहर र गाउँबीच आएको अन्तरलाई पनि अभिव्यक्त गर्ने कोसिस गरिएको छ । आज गाउँ सहरमा धमाधम पसिरहेको छ । राजधानीको कुरा त के गर्ने ? सबलाई थाहा छ गाउँको विकास नभईकन सहर र देशको विकास असम्भव छ, तर गाउँको अस्तित्व नै सङ्कटमय छ –

बजारबाट चार–पाँच घन्टाको फरकमा यति भिन्नता छ । बजार र गाउँमा यति धेरै फरक छ । पृ. ३४

यस प्रकार समीक्ष्य उपन्यास पठनीय, स्तरीय तथा सङ्ग्रहणीय भएको छ । किनभने यसमा मानवीय भावनाका साथसाथै सामाजिक समस्याको पनि चित्रण गरिएको छ ।
जनमत १४० अंकवाट


Tags: कृष्ण जोशी
अघिल्लो पोष्ट

खोसिएका मेरा निन्द्राहरु – सरिता डंगोल

पछिल्लो पोस्ट

‘सुश्री पारिजात’ पुस्तक लोकार्पण

डा. रामदयाल राकेश

डा. रामदयाल राकेश

सम्बन्धित पोष्टहरू

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा
जनमत समीक्षा

घाम झुल्किनुअघि : सत्ताको क्रूर कथा

१४ पुष २०८१, आईतवार
‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा
जनमत समीक्षा

‘यो मन कहाँ दुख्छ’ कृतिमा दुखेको मनलाई खोज्दा

७ भाद्र २०८१, शुक्रबार
निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा
जनमत समीक्षा

निर्भिकजंग रायमाझीको आँखीझ्यालबाट संसार हेर्दा

१९ चैत्र २०८०, सोमबार
मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा
जनमत समीक्षा

मैले नजन्माएको छोरो : मनोविश्लेषणको कसीमा

३० फाल्गुन २०८०, बुधबार
पछिल्लो पोष्ट
‘सुश्री पारिजात’ पुस्तक लोकार्पण

'सुश्री पारिजात' पुस्तक लोकार्पण

मानव स्रष्टाबाट मात्र सिर्जना सम्भव छ : विष्णु प्रसाद पराजुली

मानव स्रष्टाबाट मात्र सिर्जना सम्भव छ : विष्णु प्रसाद पराजुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमत भक्तपुर विशेष अङ्क सार्वजनिकरण

जनमत भक्तपुर विशेष अङ्क सार्वजनिकरण

१ भाद्र २०८१, शनिबार
मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

मान्छेका मर्म छाम्न प्रयत्नरत कवि : कृष्ण जोशी

३ जेष्ठ २०८०, बुधबार
अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

अनेसास साँस्कृतिक समिति संयोजकमा महेश्वर पन्त

३ जेष्ठ २०७९, मंगलवार
रामनूरा

रामनूरा

३ जेष्ठ २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक