घरको आगनमा एक्लै उभिरहेको
यो बुढो एवोकाडोको रुखमा लहराईरहेका पातहरुझै
यहाँ तिम्रो आगमन
अप्रत्यासीत रुपमा झन चाँडै भयो ।
आगनमा ………
छानामा ………
र,
मलाई मन पर्ने त्यो स्थानमा
जहाँ पातहरुबाट तप्कीदै तप्कीदै भुईमा खसेर बिलिन हुन्छन्
यी बर्षाका पानी कत्रो बेगले बर्षीएका हुन् ?
ती बर्सीन्छन् र मसहुस हुन्छ
मान्छेले कुल्चदै आएको म धर्ती
डोजरले थिङ्थलो बनाएको मेरो शरिर
ओहो !
दस हजार बर्ष भन्दा पुरानो दु:खका स्मृतिहरु बल्झीएर आउँछ
र लाग्छ-
यति महसुुस हुनुपनि त आखिर मै रहेसम्म त हो ।
मुटु नै बाहिर निस्केला जस्तो मेरो मनोदशा
पोल्छ च्वासत्यासी कता कता
मानिवीय विकासे नंग्राले उत्पन्न गराएका घाउहरूमा
के यो पृथ्वी सृजना हुनु बेकार थियो ?
ओहो !
कल्पनाकाे पनि कीन यतिबिग्न कारण रहेका होलान मसगँ ?
ओ मनशून –
बिनासका यति भयानक रुप
मैले मेरो जीवनमा पहिलोपटक महसुस गरिरहेछु
हिमालबाट पग्लीदै आएका यी हिउँहरु
एक तमासले उभिएका यी बिशाल पहाडहरु
र ,
त्यो सँगै उभिएका यी नाङ्गा पहराहरुमा
खोपी छोडेका पृथ्वीको उत्पतिको कथा .
बर्षातका यी आवेगहरुले बगाएर लौजादै गरेका ती रुखहरू
जसले देखेका छन् सयौं बर्षसम्म
पानी हावा ढु्ङ्गा र जमीनको आत्मावृत्तान्त ।
ओहो !
नियति पनि कति अजीव हुदोरहेछ
पर्लयको यो भयानक अनुभुति
अहिले म यसरी महशुस गरिरहेछु
मेरो छातिमा धड्कीरहेको यो ढुकढुकी र पहिरो एकै लागीरहेछ ।