जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

कवि रमेश श्रेष्ठको कविता आरोहणमा

तुलसी दिवस तुलसी दिवस
प्रकाशित १४ आश्विन २०७९, शुक्रबार
सर्जक बिशेष भित्र
0
कवि रमेश श्रेष्ठको कविता आरोहणमा

चालिसको दशकमा देखा परेका धेरै कविहरुको ठूलो हूलमा पर्ने उल्लेख्य सानो हूलका थोरै कविहरुमा एउटा उल्लेख्य नाम हो कवि रमेश श्रेष्ठ ।

म उनका कविताहरु प्रकाशित भएका पत्रपत्रिका, खबरकागज र पुस्तक पुस्तिकाहरु जहिले पनि विशेष अभिरुचिका साथ पढ्ने गर्दछु । त्यसको मूल कारण उनका साहित्यिक–साँस्कृतिक गतिविधिसँग संलग्न–सक्रिय व्यक्तित्व मात्र नभएर उनको कविले अहिलेसम्म पहिल्याउन खोजेको कविताको नवीन स्वरुप–संरचना शैलीगत निजत्व बिम्बका नवीन प्रयोग, विषयको आफ्नै प्रस्तुति प्रकृतिसँगको आन्तरिक तादात्म्य काव्यात्मक अन्तर्संवाद आदि हुन् भन्ने मलाई लाग्दछ । उनका कवितामा बिम्बप्रयोगको एउटा नितान्त भिन्न र नौलो प्रयत्न देखिन्छ । अर्को अर्थमा कवि रमेश श्रेष्ठका कविताहरुमा समकालीन मान्छेले भोग्नुपरेको व्यङ्ग्यपूर्ण ह्रासोन्मुख स्थिति र यन्त्रणपूर्ण नियति गाउँघरका आफ्ना दाजुभाइ, दिदीबहिनीहरुले भोग्नुपरेका सामाजिक एवम् आर्थिक स्थूल पीडाका साथै उनीहरुले आन्तरिक रुपमा झेल्नुपरेका मानसिक सूक्ष्म दंश र साँस्कृतिक विकृतिहरुका प्रताडनाहरु पनि हुन् भन्ने मेरो थप विचार छ । उनका कवितामा यत्रतत्र उपलब्ध नवीन रुपक, बिम्बविधान, उपमाहरु यसका जीवन्त उदाहरणहरु हुन् ।

कवि रमेश श्रेष्ठले कविता लेखन–क्षेत्रमा आफूलाई सक्रिय र क्रियाशील मात्र हैन, निकै उर्वर बनाएका छन् सङ्ख्यात्मक तथा गुणात्मक दुवै रुपले ।

नपोतिएका रङहरु पोतेर, चराहरुको पहाड चढेर, आमानदीहरु तरेर प्रस्तुत कवितासङ्ग्रहसम्म आइपुग्दा उनले बुद्धलाई अक्षर बिम्बमा उतारेर कविताको समकालीनतालाई विभिन्न कोणबाट हेर्ने र प्रस्तुत गर्ने सार्थक प्रयास गरेका छन् । यथार्थमा कवि रमेश श्रेष्ठ आफूलाई लागेको कुरा कवितामा निडर र इमानदार भएर व्यक्त गर्दछन्, प्रस्तुत कवितासङ्ग्रहको परिप्रेक्ष्यमा भन्नुपर्दा उनी काव्यिक अभिव्यक्तिमा इमानदारी, दर्शन र विचारको उकालो चढेपछि संवेदनाको तहमा अझ बढी अनुभूतिजन्य काव्यात्मक अभिव्यक्तिलाई बढी संवेद्य काव्यिक विशेषताहरु प्रकट गर्न सफल भएको मैले अनुभव गरेको छु ।

प्रस्तुत सङ्ग्रहको कविता हेर्दा उनका कविताले ठोस रुप लिए पनि उनको कविव्यक्तित्व अझ तरल भएर देखा परेको छ, यो मैले यस सङ्ग्रहको काव्यिक अनुभूतिको तहमा अनुभव गरेको काव्यसत्य हो । त्यसकारण उनका कविताको हिमाल अग्लिएर कहिले बादलले केही छोपिए पनि कहिले भरखरै पानी परेर उघ्रेको टाढैबाट छर्लङ्ग देखिने पहाड जस्तो पनि देखिन्छन् ।

पाठकीय मानसिकता अनुरुप उनका कविताको काव्यात्मक पारो घट्ने र बढ्ने मात्र गर्दैनन्, उपयुक्त डिग्रीमा कायम रहेको पनि देखिन्छ । यथार्थत: उनका कवितामा चिसो भएर पढ्दा चिसै अनुभव हुने, तातो भएर पढ्दा तातै अनुभव हुने एक प्रकारको आनुकूलिक काव्यिक आर्द्रता मैले अनुभूत गरेको छु र यो उनका कविताको आफ्नो विशेषता हो ।

यसर्थ यहाँका कविताहरु कविले पाठकीय मानसिकता अनुरुप रचना गरेको नभए पनि पाठकले चाहेजस्तो आफ्नो मानसिकता अनुरुप अनुभव गर्न सक्दछ ।

यस कवितासङ्ग्रहमा कविले बुद्धलाई मानव मात्रको हित र कल्याणको निमित्त उपयुक्त प्रतीक बनाएर कवितामा समकालीन सन्दर्भमा काव्यिक विश्लेषण गरेर उपयुक्त प्रतीकको रुपमा प्रस्तुत गरेका छन् ।

बुद्धको जीवन र दर्शनमा केन्द्रित भएर समकालीन सन्दर्भलाई उदाङ्गो रुपमा प्रस्तुत गर्न समकालीन कविहरुबाट लेखिएको सम्भवत: यो पहिलो कवितासङ्ग्रह हो । तर यसमा बुद्ध विचार, बुद्ध सोचाइ, बुद्ध दर्शन, बुद्ध व्यवहारलाई परम्पराको परिधिमा केन्द्रित नगरी वर्तमान समयको चेतनाबाट कविले इमानदारीपूर्ण काव्यिक व्याख्या गरेका छन् । बुद्धसम्बन्धी विविध दर्शन, विचार घटना तथा वचन आदिलाई मानवीय परिदृश्यसँग सम्बधित गरी एउटा अलग तर अत्यन्त घनिष्ठ अनुभूत गरिने बुद्ध बिम्बको निर्माण गरेका छन् । अत: यो पुस्तक कवितसङ्ग्रहको रुपमा देखा परे पनि यो सङ्ग्रहलाई एउटा खण्डकाव्यकै रुपमा लिन सकिन्छ ।

यो सङ्ग्रहका कवितामा बुद्धको बिम्बमा गिद्द वा त्यस्तै प्रकारका विसङ्गतिलाई प्रतिनिधित्व गर्ने प्रतीकहरुको प्रयोग गरेर कवि रमेश श्रेष्ठले यथार्थको चित्रण गर्न आख्यानतत्वका साथै संवादात्मक शैली पनि उपयोग गरेका छन्, जसले कविताको प्रस्तुतिलाई अर्थपूर्ण, अलग तथा रोचक बनाएको छ । उनका कविताले नितान्त निजी स्वरुप प्रभावपूर्ण शैली प्राप्त गर्न सफल देखिन्छ । कविताको काव्यिक चेतनाको विकास क्रमश: तीव्रतम काव्यिक कौतुहलता यथावत् कायम गरी अगाडि बढ्ने संवादात्मक शैलीको प्रयोग कविले प्रशस्त गरेका छन् । यस सङ्ग्रहका कवितामा अधिभाषा र अधिकाव्यिक चेतनालाई कविले यथेष्ठ प्रयोग गरेका भेटिन्छन् । यो सचेत कविको कविताप्रतिको प्रतिवद्धता र संलग्नता पनि हो । यो प्रतिवद्धता चालिसको दशकको उत्तरार्धमा देखा परेका कमै कविताहरुमा पाइन्छ । त्यही अधिचेतनाको स्वरुप र प्रतिभा स्फुरण र आयोजना यस काव्यसङ्ग्रहका कवि रमेश श्रेष्ठमा निक्कै विकसित भएको देखिन्छ । वैचारिक स्तर मात्र हैन, स्तरीयताका साथ अनुभूतिजन्य सोचाइको आविष्कार गरेका छन् – कवि रमेश श्रेष्ठले ।

कविताको गहिराईमा पुगेर कवि रमेशले बुद्धको प्रतीकलाई मौलिक रुपले काव्यिक उपयोग गरेका छन् । उनले केवल कोरा दार्शनिक र वैचारिक भएर अनुभव, अनुभूति र संवेदनालाई प्रस्तुत गरेका छैनन् । त्यसप्रति सचेतता र सहजताको सञ्चरण पनि गरेका छन् । आजको युगका यथार्थ चित्रणमा उनी व्यङ्ग्योक्ति पनि प्रशस्त प्रयोग गर्दछन् । उनले प्रतीक र बिम्बको प्रयोगबाट समकालिन घटनामा विचलित भएका मानसिक स्थितिका उत्खनन पनि गरेका छन् । यो उत्खनन बुद्धका प्राचीन बुद्ध पुरातात्विक रुप नदेखाएर समकालीन कवितालाई चेतनाको तहमा पुर्‍याएर कविताको गन्तव्य लक्ष्यप्रति कवि आफू सचेत भएको प्रमाण कवि यी कविताहरुबाट प्रस्तुत गर्नछन् ।

यस सङ्ग्रहका कविता र अन्य कविताहरुमा कवि रमेश श्रेष्ठ प्रकृतिसँग संवाद गर्ने, प्रकृति र मानिसबीचको सम्बन्धलाई अधिचेतनाबाट व्यक्त गर्ने अनि अनुभूति तहमा पुर्‍याएर पाठकमन विचारलाई आफू अनुकूल तुल्याउने कविका रुपमा उनी देखा परेका छन् ।

समग्रमा वैचारिक हुँदाहुँदै पनि अनुभूतिजन्य र संवेदनायुक्त कवि रमेश श्रेष्ठका कविताहरु । मार्मिक अभिव्यक्ति सहज र सरल बोध, वैचारिक दार्शनिक प्रस्तुति आदि नै यस कवितासङ्ग्रहका कविताहरुको आफ्नै परिचय र विशेषता हुन् । त्यसैले यसमा शिल्पविविधता, नवीन काव्यसौन्दर्य चेतना, बुद्धदर्शनका यथार्थ र स्वाभाविक बिम्बहरुलाई म आफू विशेष प्रशंसा गर्दछु ।

बिम्बमा खेल्ने, लेख्ने, काव्यिक चेतनामा डुब्ने, वस्तुस्थितिलाई डोर्‍याउने आफ्नो कलाकौशलको खुबीलाई कवितामा उतार्ने काम कवि रमेश श्रेष्ठले आफ्नै बिम्ब, लय, संवेदना, रुपक, उपमाबाट सहजताका साथ सफलता प्राप्त गरेका छन् । यसैले उनी शब्दले चित्र कोर्ने र रङले कविता लेख्ने सिर्जनात्मक प्रतिभाको रुपमा नेपाली वाङ्मयमा स्थापित छन् । यसरी पराभौतिक बिम्बहरुलाई उत्खनन गरी आफ्नो निजत्व र मौलिक परिचयद्वारा काव्य सिर्जना गर्ने कवि रमेश श्रेष्ठको यस काव्यका कविताहरु विशेष त छन् नै उनका कविव्यक्तित्व पनि आफ्नौ मौलिक पहिचान दिन समर्थ भएको मैले पाएको छु । उनको काव्यिक आरोहणले शिखर चुम्न समर्थ हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।


Tags: तुलसी दिवसरमेश श्रेष्ठ
अघिल्लो पोष्ट

अपरिचित मान्छे

पछिल्लो पोस्ट

दशैं

तुलसी दिवस

तुलसी दिवस

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
दशैं

दशैं

नेपालकै मौलिक मालश्री धुन

नेपालकै मौलिक मालश्री धुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पाटनको थापाहिटीको पुरातात्विक उमामहेश्वर ब्रिटिश म्युजियममा

पाटनको थापाहिटीको पुरातात्विक उमामहेश्वर ब्रिटिश म्युजियममा

४ जेष्ठ २०८०, बिहीबार
मेरो प्रतिबिम्व

मेरो प्रतिबिम्व

५ जेष्ठ २०८१, शनिबार
जंगबहादुरले शुरु गरेको नानिचा: या:

जंगबहादुरले शुरु गरेको नानिचा: या:

४ जेष्ठ २०८०, बिहीबार
भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

भगवती बस्नेतको ‘विश्वम्भरा’माथि परिचर्चा

५ जेष्ठ २०८१, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक