जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

गुणात्मक रुपमा पुरुष लेखकभन्दा कम छैनन् लक्ष्मी उप्रेती

जनमत जनमत
प्रकाशित २७ कार्तिक २०७८, शनिबार
अन्तर्वार्ता, मनोभावना भित्र
0
गुणात्मक रुपमा पुरुष लेखकभन्दा कम छैनन् लक्ष्मी उप्रेती

वि.सं. २०१५ साल श्रावण १३ गते आठराई, हाङपाङ–३, ताप्लेजुङमा जन्मिएकी लक्ष्मी उप्रेती कथा, कविता, जीवनी र बालसाहित्य लेखनमा सक्रिय रहँदै आएकी कर्मशील साहित्यिक प्रतिभा हुन् । २०५६ सालदेखि नियमित रुपमा वनिता (साहित्यिक त्रैमासिक पत्रिका) सम्पादन गर्दै आइरहेकी यिनी साहित्यिक पत्रकारको रुपमा पनि चर्चित छिन् । २०४१ सालमा ‘विस्कुनले थिचिएका खुशीहरु’ कविता विराटनगरबाट प्रकाशितचाँदनी पत्रिकामा प्रकाशित गरेर नेपाली साहित्यमा देखा परेकी यिनी निरन्तर रुपमा नेपाली साहित्यमा सक्रिय रहँदै आएकी छिन् ।
यिनका प्रकाशित कवितासङ्ग्रहहरुमा यौटा बाटो खोजिरहेछ जीवन (२०५१), मृदु स्मृतिहरु (२०५६), स्निग्ध अनुभूति (२०५९), समय स्पर्श (२०६१) र अतिरिक्त आयाम (२०६७) रहेका छन् । त्यसैगरी यिनका प्रकाशित बालसाहित्यका कृतिहरुमा मनेको म्याँ–म्याँ (२०५७), कृष्णको पछुतो (२०५७), कर्मको फल (२०५८), बुद्धिमानी बाँदर (२०५९), साहसी आकांक्षा र पवनपरी (२०६०), कमिलाको ताँती (२०६१), सुनको अण्डा दिने चरी (२०६१), साथी साथी(२०६४), सानुको मामाघरको यात्रा (२०६६), कर्मच्य फल (२०६८) र हाम्रा गाउँका मानिस (२०७०) रहेका छन् भने अन्य कृतिहरुमा धनमाया प्रसाईंको जीवनगाथा (२०६५), नेपालका नारी कथाकार: प्रवृत्ति र प्रतिनिधि कथा (२०६८), साहित्यकार देवकुमारी थापाको जीवनी (२०७०), फ्ल्यासब्याकमा जिन्दगी(२०६९) र जिन्दगीको बाटो (२०७१) आदि रहेका छन् । यिनी बाल मनोविज्ञानलाई अत्यन्त सूक्ष्म ढङ्गले नियाल्नसफल स्रष्टा हुन् । अरुलाई पनि सम्मान गरिरहने यिनी आफू पनि थुप्रै ठाउँबाट सम्मानित भएका छन् । हाल यिनी मण्डिखाटार काठमाडौंमा बसोबास गर्छिन् ।

तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
रहरले ।

साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
आफ्नै जीवन भोगाइका परिवेशबाट प्राप्त गरेँ वा मेरी दिदी स्व. शान्ताको लेखनीबाट प्रभावित भएँ कि ? यसैबाट भन्नै सक्क्तिनँ म ।

साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
सन्तुष्ट नै छु । तर अझ थुप्रै काम गर्ने सोच भएकोले पूर्ण सन्तुष्ट हुन पाएको छुइनँ ।

नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
महिलाहरु विवाहअगाडि एउटा समाज र संस्कारमा बाँचेका हुन्छन् भने विवाहपछि अर्कै समाज र संस्कारमा आफूलाई बदल्नुपर्ने हुन्छ । त्यसरी दुई भिन्न समाजबीचको अलग–अलग परिस्थितिमा आफूलाई हिँडाउने क्रममा लेखनबाट प्राय: पलायन हुन्छन् विभिन्न कारणले महिलाहरु । कसैकसैले अवसर पाउँछन् निरन्तरता दिँदादिँदै पनि महिलाहरु दोहोरो दायित्वले गर्दा पछाडि नै पर्छन् पुरुषहरुको तुलनामा । कोही–कोहीचाहिँ केही समय निस्क्रिय भएता पनि पछि गएर पुन: सक्रिय हुन वातावरण बनाउन सफल हुन्छन् ।

अझै पनि सङ्ख्यात्मक रुपमा महिला लेखकहरु पुरुष लेखकका तुलनामा कमै छन् । तर गुणात्मक रुपमा पुरुष लेखकभन्दा कम छैनन् । पुरुष लेखककै बराबरीमा आफ्नो विशेष स्थान बनाउन सक्ने नारी–लेखकहरु पनि कम छैनन् ।

“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
साहित्यकारहरुले लेख्ने बेलामा स्वतन्त्र भएर लेख्नुपर्छ जस्तो लाग्छ ! पूर्णतया सिद्धान्त र दृष्टिकोणमा बाँधिन खोज्दा कहिलेकाहीँ साहित्यको सौन्दर्य चेतनाको रस हराउन सक्छ, साहित्य नहुन सक्छ । साहित्यिक सिर्जनाको धारालाई कुरुप बनाउन हुँदैन कि जस्तो मलाई लाग्छ । यसो भन्दैमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण होइन भन्न खोजेकी पनि होइन मैले । कलात्मक सौन्दर्य र विचारको राम्रो तालमेल हुनु जरुरी छ । यो मेरो व्यक्तिगत धारणा हो ।

हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
प्रजातन्त्रमा प्रजातान्त्रिक तरिकाले साहित्यिक प्रतिष्ठानको स्थापना गरी साहित्यिक गतिविधिहरु गर्नु र साहित्यिक धाराहरुको प्रचार गर्न पाउनु राम्रो कुरा हो । तर हामीले समाज र जनताको लागि केही दिन सक्नुपर्छ, झारा टार्ने काम गर्नु हुँदैन । साहित्यमा पनि विकृति, विसङ्गति देखिनु, गुटबन्दी हुनु निश्चय पनि नराम्रो कुरा हो । यसमा हामीले सचेत हुन सक्नुपर्छ ।

तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
विभिन्न समयका विभिन्न स्रष्टाका सिर्जनाहरु मन पर्छन् । निश्चित रुपमा किटेर भन्नका लागि मैले सबै लेखकका सिर्जनाहरु अध्ययन गर्न सकेकी छुइनँ । यो मेरो कमजोरी हो । केही नामहरु उल्लेख गर्नैपर्दा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल, शङ्कर लामिछाने, भूपी शेरचन, देवकुमारी थापा, लियो टाल्सटाय, रविन्द्रनाथ टैगोर, अमृता प्रीतम, प्रेमचन्दको नाम लिन चाहन्छु ।

तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
मेरो पहिलो प्रकाशित रचना ‘बिस्कुनले थिचिएका खुसीहरु’ कविता हो र आफूले रचना गरेका सबै रचनाहरु मलाई मन पर्छन् र सबैमा केही कमी छ जस्तो पनि लाग्छ ।

तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
सम्झनामा आइरहने साहित्यिक घटनाहरु निकै छन् । कुनै निश्चित एउटै मात्र महत्वपूर्ण घटना भनेर सम्झनै सकिनँ अहिले !


(जनमत, पूर्णाङ्क १०२, जेठ २०६२)


अघिल्लो पोष्ट

जीवन श्रेष्ठ तथा नरेन्द्रराज पौडेललाई व्यथित प्रतिभा सम्मान

पछिल्लो पोस्ट

साहित्यकार विजय बजिमयको निधन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
साहित्यकार विजय बजिमयको निधन

साहित्यकार विजय बजिमयको निधन

नाङ्गो लाश

नाङ्गो लाश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

संस्कृति के हो ?

संस्कृति के हो ?

२२ फाल्गुन २०८१, बिहीबार
फगत एक नजरमा

फगत एक नजरमा

२२ फाल्गुन २०७८, आईतवार
डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

डा. सुमनराज ताम्राकारको ‘स्वस्थ महिला’ पुस्तक लोकार्पण

२३ फाल्गुन २०८०, बुधबार
नेपालभाषा साहित्यका महान् कवि  सिद्धिदास अमात्य

नेपालभाषा साहित्यका महान् कवि सिद्धिदास अमात्य

२३ फाल्गुन २०८०, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक