जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

पारिजात – जीवनको एक श्वेत श्यामल चित्र

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
प्रकाशित ३० फाल्गुन २०८०, बुधबार
सर्जक बिशेष भित्र
0
पारिजात – जीवनको एक श्वेत श्यामल चित्र

पारिजातको व्यक्तित्व र उहाँका रचनाले मेरो मनमा पारेको छाप एउटा श्वेत–श्यामल चित्रजस्तो छ । त्यसको कतै अर्थ लाग्छ, कतै लाग्दैन । त्यसको रङ कतै सफा र सजीव छ, कतै धमिलो र निष्प्राण । मनका अन्तर–कुन्तरका खण्ड–खण्डमा अङ्कित यस चितलाई एक सार्थक सिलसिलामा प्रस्तुत गर्न पारिजातकै जस्तो मानव मनका केस्राकेस्रा केलाउन जान्ने मिहिन अन्तर्दृष्टि चाहिन्छ । त्यस्तो अन्तर्दृष्टि मसँग छैन । त्यसैले पारिजात सम्बन्धी प्रभाव र संस्मरणहरूको सार्थक शब्दचित्र उतार्न मलाई गाह्रो छ । यस लेखमा म पारिजातबारे एकाध मोटा कुराहरूको चर्चा गर्नेछु ।

मैले पारिजातको नाम पहिलो पटक सुनेको २०२१/२२ सालतिर हो । त्यसबेला म आठराई, तेह्रथुममा आई.ए. पढ्दै थिएँ । कलेजका प्रिन्सिपल हुनुहुन्थ्यो साहित्यका पण्डित वामदेव पहाडी । शिरीषको फूल भर्खर छापिएको थियो । शिरीषको फूलसम्बन्धी शंकर लामिछानेको अतिरञ्जित भूमिकाको कारण यस उपन्यासको चर्चा पहाडको त्यस अँध्यारो कुनासम्म आतङ्कको स्तरमा पुगेको थियो । यस चर्चाबारे केही वामदेव पहाडीबाट उहाँका टिप्पणीसहित सुन्न पाइयो र केही साहित्य लेखनको सिकारु कालका मेरा प्रिय गुरु भानुभक्त पोखरेलबाट । अल्लिपछि शिरीषको फूलसम्बन्धी गोविन्द भट्टको भीषण आलोचना आठराइमा पुग्यो –‘शिरीषको फूल कि कागजको फूल ?’ उपन्याससम्बन्धी शंकर लामिछानेको बेहिसावको बखान र गोविन्द भट्टको कठोर आलोचनाले मेरो केटौले उमेरको उत्सुक मानसिकतामा एउटा अनौठो द्वन्द्वकारी चित्र अङ्कित गर्न पुगे । त्यो चित्र शून्यवाद र माक्र्सवादमाझको द्वन्द्वको चित्र थियो । दुई परस्पर विरोधी जीवन दर्शनको भीडन्त प्रदर्शन गर्ने यो जटिल चित्र मेरो ऊबेलाको सुझबुझको सीमा बाहिरको कुरा थियो । तैपनि, यस द्वन्द्वबाट मैले दुईवटा कुराको छनक पाएँ । पहिलो, साहित्य वैचारिक सङ्घर्र्षको दरिलो माध्यम हो । र दोस्रो, साहित्यका माध्यमले गरिने वैचारिक सङ्घर्र्ष आफैमा एक रोचक र रोमान्चक विषय हो ।

ऊ बेलादेखि आजसम्मको पारिजातको जीवन सङ्घर्र्ष र साहित्य यात्रा मलाई शून्यवाद र माक्र्सवाद माझको अटुट होडबाजी जस्तो लाग्छ । चिन्तन र सिर्जनाका क्षेत्रमा पारिजातको जीवनमा अनेक ओराली उकाली आइसके । तैपनि होडबाजीमा कुन पक्षले जित्ने हो, त्यस कुराको फैसला भइसकेझैं लाग्दैन । पारिजातको शून्यवादी अतीत एक त्यस्तो जण्ड काँचो वायु हो जसले उहाँको वर्तमानमाथि घरिघरि हस्पक्षेप गरिरहन्छ । पारिजातमा कहिले अतीतिमुखी मोह जागेर आउँछ, कहिले भविष्यमुखी विद्रोहले हुँकार गर्छ । कहिले व्यक्तिवादी अहंले शिर उठाउँछ, कहिले समूहमुखी निष्ठाले जब्बर रूप लिन्छ । कहिले वामपन्थी दलहरूप्रति मोहभङ्ग हुन्छ, कहिले वामपन्थी दलहरूका सचेत प्रयासहरूमा मात्र जीवनका आसा देखिन्छ । कहिले कुण्ठित मनको एकान्त कुनामा आफूलाई लुकाउने रहर जन्मन्छ, कहिले विप्लवकारी जुलुसको झण्डा बोक्ने उल्लास पैदा हुन्छ । जगतलाई साक्षी राखेर आफूले मृत्युको घोषणा गरेको र आफ्नै हातले चिहानमुनि पुरेको पारिजातको शिरीषको फूलको वायु पारिजातकै टेबुलमा ससम्मान देखापर्छ, त्यो पनि प्रदर्शन र बिक्रीका लागि । टेबुलसम्म आएको शिरीषको फूलले पारिजातका मनको कुनै गोप्य कुनामा बस्ने मनग्ये ठाउँ पाएकै हुनुपर्छ । वर्ग सङ्घर्र्षलाई सामाजिक प्रगतिको प्रेरक मानेर जीवनको कठोर सङ्घर्र्षमा संलग्न पारिजातका सार्थक क्रियाकलापहरू बुर्जुवा मानव अधिकारको निरर्थक दिशातर्फ सजिलै मोडिन सक्छन् । पददलित मानिसलाई कसको जीवनको महत्ता र गरिमा बोध गराउन कम्मर कस्ने पारिजातको दृष्टि मानव अधिकारका नाउँमा पीडितहरूलाई दया र कृपा बाँड्ने बाटोतर्फ सजिलै लहसिन सक्छ । शून्यवादी अतीत र जीवनवादी भविष्यबीचको द्वन्द्व, वर्गीय मानवताको खोजी र कृपामुखी निवर्गीय अमूर्त मानव अधिकारप्रतिको आकर्षणबस्चको द्वन्द्व, शून्यवादी अतीतले आफूमाथि थोपरेको व्यक्तिवादी संस्कार र सचेत मनले सकारेको सामूहिक हितप्रतिको प्रतिबद्धता बीचको द्वन्द्व हो, यिनै द्वन्द्वहरूले जोल्ठिएको गुजुल्टो नै पारिजातको व्यक्तित्व हो । यिनै द्वन्द्वहरूले जन्माएको विद्रोह र समर्पण, उल्लास र निरासा, आनन्द र पीडा नै पारिजातको साहित्य हो । पारिजातले आफै सिर्जना गरेका पात्रीहरू सकमबरी, बिज्जु र बोनीले पारिजातलाई उहाँको निस्सार अतीततर्फ घिसार्न खोज्छन् । र पारिजातले आफै सिर्जना गरेका पात्रपात्रीहरू सिटी हलको बूढो ज्यामी, कयुरी र सुवानीले पारिजातलाई सार्थक भविष्यतर्फ तान्न खोज्छन् । दुई विपरित संस्कारका दुई विपरित आदर्शहरू बीचको तानातानीमा भित्ते घडीको लंगुरझैं कहिले यता र कहिले उता हल्लिरहनु पारिजातको कष्टकर र अन्तहीन नियति जस्तो लाग्छ । कहिले यता र कहिले उताको यस तानातानीमा पारिजातलाई कति विसङ्गति बोध र पीडा हुँदो हो मलाई त्यस कुराको कल्पना गर्न गाह्रो छ ।

मलाई लाग्छ, बलवान् चरित्रकी धनी पारिजातमा वीरपूजाको आग्रह पनि त्यतिकै बलवान् छ । चिन्तनको यस धुरीमा उभिंदा पनि यस आग्रहले पारिजातलाई आफ्नै छायाँले झैं पलपल पछ्याइरहेझैं लाग्छ । र कहिलेकाहीं त पारिजात आफै यस आग्रहको छायाँ भएझैं लाग्छ । शिरीषको फूल कालका शून्यवाद नै पारिजातको वीर थियो । यस कालको वीर पूजा प्रवृत्तिको उच्चतम र निकृष्टतम अभिव्यक्ति महत्ताहीनमा भएको छ । मानवीय महत्तालाई पूर्ण रूपमा सत्ताच्यूत गर्ने महत्ताहीन निस्सारता बोधको पल्लो टुङ्गो हो । त्यो टुङ्गोमा पुगेपछि मानिसको जीवनमा सके एकमात्र बाटो बाँकी रहन्छ – आत्महत्या ! निस्सारताको पल्लो फालमा पुगेको मानिसलाई जीवनको महत्ताबोध गराउन सक्ने जीवनदायी शक्ति माक्र्सवादमा मात्र छ । माक्र्सवादले पारिजातको प्रतिभालाई जीवन दियो । पारिजातले थालेको र नेतृत्व पनि गरेको राल्फाली आन्दोलन निस्सारताको बिन्दुबाट जीवनको सार खोज्ने दिशातिर लाग्दा बीचमा तरेको कच्ची साँघु हो । राल्फा जमातभित्रका कतिपय सदस्यहरू कच्ची पुलबाट खसेर मरे, अरू कतिचाहिं साँघु छिचोलेर ऊबेलाको माले वा चौथो महाधिवेशनसम्म पुगे । राल्फा चिन्तनमा सामाजिक असमानता र अन्यायप्रति प्रचण्ड क्रोध थियो तर क्रोधको वैचारिक आधार भने व्यक्तिवादै थियो । अराजक शैलीमा अभिव्यक्ति भएको अन्याय विरोधी क्रोधले अराजक स्वतन्त्रताको माग गर्‍यो । यस अराजक मागको उग्रतम अभिव्यक्तिका रूपमा सम्भोग स्वतन्त्रताको आग्रह गरियो । मंजुल राल्फाले आमासँग सम्भोग गर्नु उचित छ भन्ने लेखे र राल्फा प्रमातकी सूत्रधार पारिजातले लेख्नुभयो – म सडक हुँ जसमाथि राल्फा सन्ततिहरू फुक्काफाल खेल्छन् । जीवनको उद्देश्यमूलक बाटोको खोजीतर्फ लम्कँदाको त्यस विकट यात्रामा पारिजातको वीर पूजाको पात्र मंजुल राल्फा एक्लै थिए वा राल्फा सन्ततिहरू सगोलमा थिए मलाई थाहा छैन ।

राल्फा जमात–आयामेली जमात, बुट पालिस जमात र अस्वीकृत जमातभन्दा दुई कुरामा फरक थियो । पहिलो कुरा, अन्याय–अत्याचारप्रतिको यसको आक्रोश नक्कली हैन, सच्चा थियो । दोस्रो कुरा, यसले आफ्नो जमातभित्र सामूहिक शैलीको जीवन जिउने चेष्टा गर्‍यो । भावना र व्यवहारका यी दुई तत्वले राल्फा जमातलाई चे गुबेरासम्म पुर्‍यायो । राल्फा चिन्तनभित्रको व्यक्तिवादले सामाजिक परिवर्तनको कारक र निर्णायक तत्व व्यक्तिको वीरतामा देख्न खोज्यो । पारिजातको विचार परिवर्तनको क्रममा त्यस कालमा वीरपूजाको पात्र चे गुबेरामा फेला पर्नु विचारको क्रमबद्ध विकासका दृष्टिले तर्कसंगत र स्वाभाविक देखिन्छ ।

जन जीवनलाई नजिकबाट अवलोकन गर्ने र चित्रण गर्ने इच्छाले राल्फा सन्ततिलाई नेपालका अँध्यारा गाउँबस्ती र पददलित जनताका घरदैलोसम्म पुर्‍यायो । यस यात्राभित्र राल्फा सन्ततिको वीरता प्रदर्शनको अनौठो मोह पनि थियो । जनजीवनसँग अनौपचारिक र नजिकको नाता गाँस्ने राल्फा सन्ततिको प्रभावकारी माध्यम संगीत थियो । र संगीत टोलीका चिम्टाका दुई खुट्टीजस्ता जोडा थिए रामेश र मञ्जुल । व्यक्तिवादी चिन्तनको साँगुरो पिंजराभित्र कैद भएको राल्फाली मानसिकता यथार्थको विशाल फाँटमा ओर्लदा त्यसको चिन्तनको घेरा फराकिलो हुनु स्वाभाविकै हो । जीवनको अर्थ व्यापक जनभावनाभित्र खोज्ने राल्फा सन्ततिको यस प्रयासको पछिल्तिरका प्रेरक तत्वहरू अनेक हुन सक्छन् । जनव्यापी प्रकृतिको चिनियाँ सांस्कृतिक क्रान्ति र सामन्ती शोषण विरुद्ध वसन्तको गर्जनसाथ उठेको नक्सालबाडीका किसानहरूको जागरण अभियानद्वारा पे्ररित सामन्तवाद–साम्राज्यवाद विरोधी नेपाली प्रगतिवादी राजनैतिक–सांस्कृतिक आन्दोलनभित्रको जाँगर र उल्लासले राल्फा सन्ततिको व्यक्ति मनको अँध्यारो कुनाको चक्रब्यूहमा कैदी भएको संकीर्ण मानसिकतालाई जनजीवनको फराकिलो फाँटमा उत्रेर व्यापक यथार्थको उद्घाटन गर्न मनग्ये झक्झक्याएको हुनुपर्छ । मञ्जुल राल्फाका त्यसकालका यात्रा संस्मरणहरूमा प्रतिबिम्बित उल्लास र जनजीवनप्रतिको भावुक अनुराग यस कुराका पत्यार लाग्दा दसीहरू हुन् । राल्फा सन्ततिलाई चिन्तनको व्यक्तिवादी घेरा भत्काएर माक्र्सवादको प्रकाशसम्म पुर्‍याउनु निनु राल्फाजस्ता दर्शन र सौन्दर्यशास्त्रका गम्भीर पाठकका बौद्धिक कार्यकलापहरूको दरो योगदान रहेको हुनुपर्छ । यसै कालमा विश्व साहित्यका दुई परम्पर विरोधी धारको चर्चा जनपक्षीय धारको प्रतिनिधित्व ओयाङ हाईको गीतले गरेको छ भनी पारिजातले सार्वजनिक घोषणा गर्नुभयो । यस घोषणासँगै वीरपूजाको पात्रका रूपमा रहेका चे गुबेरालाई पारिजातको आस्थाको केन्द्रबाट कतै कुनातिर पन्छाइयो । साथै, यस घोषणाद्वारा जीवनको अर्थ र गरिमा जनजीवनका सामूहिक कार्यकलापभित्र खोज्ने माक्र्सवादी सौन्दर्यशास्त्रलाई राल्फा सन्ततिहरू दुई चिरामा बाँडिए । एउटा चिरा मालेमा गएर मिसियो र अर्को चिरा चौथो महाधिवेशनमा । यस विभाजन प्रक्रियामा राजनैतिक चिन्तनको स्वतन्त्र चयनभन्दा पनि क्षेत्रगत, व्यक्तिगत र नातागत प्रभावको भूमिका निर्णायक देखिन्छ । पारिजातको हकमा यो कुरा झन् साँचो हो । पारिजातलाई चौथो महाधिवेशनसम्म डोर्‍याउने नातागत पुल निर्मल लामा हुनुहुन्थ्यो । चौथो महाधिवेशनप्रति प्रतिबद्ध भई चे गुवेरालाई पन्छाएर खाली हुन आएको पारिजातको मनको आस्था राख्ने कुनामा मोहनविक्रम सिंहको व्यक्तित्वले ठाउँ पायो । तर जब चौथो महाधिवेशनभित्र सिद्धान्त र जीवनको दिशाका नाममा नेता स्वार्थ र गुट स्वार्थको कचिंगल सुरु भयो, पारिजातको मानसमा मोहनविक्रम सिंहको प्रतीमा पनि धमिलिन थाल्यो । चौथो महाधिवेशन चिराचिरा परेर भत्किएपछि दलप्रति नै पारिजातको मोह भङ्ग भयो । वर्ग मानसिकता र वर्ग स्वार्थको अनवरत टक्कर चलिरहने दलहरू भत्किनु र समेटिनु अनौठो कुरा होइन । कुनै प्रगतिवादी लेखकको कुनै वामपन्थी दलसँग मोह हुनु वा दलभित्र विकार र विग्रह देखिंदा त्यसप्रति मोह भङ्ग हुनु पनि कुनै अनौठो कुरा होइन । तर नेता–नेता माझ र गुट–गुट माझको व्यक्तिवादी टक्कर बाहिर अभिव्यक्त हुँदैमा लेखक विशेषको माक्र्सवादप्रतिको निष्ठामै आँच आउनु भनेको अनौठो कुरा हो । प्रगतिवादी आन्दोलनको एक जाज्वल्यमान प्रतीकको रूपमा स्थापित भइसकेकी पारिजातका हकमा त यो कुरा अझ विस्मयकारी नै हो । जब दलप्रति पारिजातको मोह भङ्ग भयो तब समाजको वर्ग सङ्घर्षको प्रवल यथार्थ नै पारिजातका दृष्टिबाट ओझेल पर्न थाल्यो । र, पारिजातको प्रतिबद्धता वर्गीय मानवताबाट हटेर कृपाकारी बुर्जुवा मानव अधिकारमा सर्‍यो । अचेल बुर्जुवा मानव अधिकार नै पारिजातको वीरपूजाको पवित्र पात्र हुन लागेझैं देखिन्छ । त्यसैले, यहाँनिर एउटा कटु प्रश्न उठ्नु स्वाभाविक छ – पारिजातको प्रतिबद्धता माक्र्सवादी चिन्तन पद्धतिप्रति हो कि माक्र्सवादप्रति प्रतिबद्ध कुनै वीर नायकप्रति ? पारिजातप्रथि आशावान् प्रगतिवादी आन्दोलनले यस प्रश्नको उत्तर पारिजातसँगै मागिरहेको छ ।

प्रगतिवादी आन्दोलनबाट गोविन्द भट्ट पन्छिएपछि आन्दोलनभित्रका दुई धारमा दुई जना नायकको उदय भयो – चौथो महाधिवेशन धारको नायक पारिजात र माले धारको मोदनाथ प्रश्रित । पार्टीको गठन र विघटन, फुट र विचलनको घात–प्रतिघातको प्रक्रियामा पारिजात र प्रश्रित दुवैको वैचारिक प्रखरता र रचना सामथ्र्यको नाटकीय तीव्रतासाथ तेजोबध भइरहेको देखाउने तथ्यहरू अनेक छन् । पारिजातको तेजोवध परिभाषित आँखाहरू लेखकको सहजवादको आग्रह अन्तर्गत पददलित जीवनको उग्र अमानवीकरणको वीभत्स प्रस्तुति हो र बोनी कथामालाचाहिँ नेपाली समाजका बरालिएका ‘बोनी’हरूको अराजक मानसिकताप्रतिको लेखकको वैचारिक समर्पण । परिभाषित आ“खाहरू र बोनी मालामा प्रस्तुत जीवनको अमानवीकरणको प्रक्रियामाथि हस्तक्षेप गर्ने प्रयास लेखकबाट नभएको होइन तर त्यो प्रयास यति झिनो र निम्छरो छ, त्यसको कुनै सकारात्मक अर्थ छैन । सकम्बरीहरूको भुतले बिज्जु र ‘बोनी’हरूलाई गाँजेको छ । सिटीहलको बूढो ज्यामी, क्युरी र सुबानीहरू पारिजातको चिन्तनको पृष्ठभूमिमा धकेलिएका छन् । आफ्नो सुदूर अतीतको निस्सारतातर्फ फर्कने कि आफ्नो निकट अतीतको गौरवमय सिर्जन–धारलाई पुनर्जीवित गर्ने, श्रमिक वर्गीय मानवताका पक्षमा उभिने कि बुर्जुवा मानव अधिकारप्रति समर्पित भइरहने, मृत्युको उपासना गर्ने कि जीवनका निम्ति सङ्घर्र्ष गर्ने – पारिजातका निम्ति रोज्ने बाटो एकमात्र छ ।

त्यसैगरी एमालेका साँस्कृतिक नायक मोदनाथ प्रश्रितको चिन्तन हिजोको वर्गगत मान्यतालाई पन्छाउँदै व्यक्ति र व्यक्तिवादतर्फ लहसिएको छ । विचार विचलनको यस क्रममा आफ्नै सङ्घर्षशील अतीत उहाँका निम्ति अभिशाप बनेको छ । पारिजातको चिन्तनमाथि आफ्नो निस्सार सुदुर अतीतको आक्रमण अतीतको असचेत प्रभाव हो । तर प्रश्रितको विचार विचलन राजीखुसीको रोजाइ हो । ‘गोलघरको सन्देश’ प्रश्रितको सङ्घर्षशील परम्पराको विश्राम बिन्दु हो । त्यो उहाँको थकित चिन्तन र शुष्क रचनात्मकताको शानदार नमूना हो । ‘गोलघरको सन्देश’मा कवित्व थोरै, काँचा नाराका गुजुल्टा धेरै छन् । कविले उर्दीको शैलीमा कुनै अमूर्त जनतालाई सम्बोधन गरेको त्यो पुस्तिका निष्प्राण सूत्र र अन्धआवेगको निस्तेज अभिव्यक्ति हो । तैपनि वैचारिक दृष्टिले त्यो र त्यस्ता रचनाहरू प्रश्रितको बुर्जुवा मानवताप्रेमी वर्तमानका निम्ति आफ्नै अतीतको कलङ्क भएका छन् । समयको क्रममा सके ती रचनाहरू रचनाकार आफैबाट उग्रवादमा दरिएलान् । बिडम्बना के छ भने माक्र्सवादको परित्यागलाई बन्धन मुक्ति ठान्ने मजंलहरूको लाममा प्रश्रितजी आफै उभिन पुग्नुभएको छ । जीवनका गम्भीर र जटिल प्रश्नहरूलाई उपेक्षा गरी भाषण गर्ने मञ्च सजाउने विधिबारेमा छलफल गर्नु र अर्ती दिनु कठोर यथार्थलाई यथार्थकै रूपमा उद्घाटन गर्ने क्रान्तिकारीहरूको साहसमा उग्रवाद देख्नु र व्यक्तिवादी आवेसद्वारा यर्थाथलाई छलछाम गर्ने रहर गर्नु प्रश्रितजीको वैचारिक रिक्तताका डरलाग्दा उदाहरणहरू हुन् ।

पारिजात र प्रश्रित प्रगतिवादी आन्दोलनका आदरणीय अगुवा हुनुहुन्छ र पददलित जनताका अमूल्य सांस्कृतिक निधि पनि । जन आन्दोलनको ज्वार उठेका बेला जनताको जयगान गर्ने धेरै हुन्छन् । तर सक्कली र नक्कली अनुहार प्रतिभाको परीक्षा इतिहासले तब लिन्छ जब वैचारिक र व्यावहारिक आन्दोलन सामू संकट देखापर्छ । आज हामी इतिहासको त्यस्तै संकट झेलिरहका छौं । पारिजात र प्रश्रितका सम्बन्धमा यति गम्भीर चिन्तासाथ यति कठोर शब्दहरू उसैले मात्र लेख्न सक्छ जसले उहाँहरूको गौरवमय अतीत र प्रखर प्रतिभालाई सम्मान गर्छ । चिप्ला वचनले खोक्रो तारिफ गर्नुभन्दा कठोर वचनले सत्य कुराको उद्घाटन गर्नु र बरु आफू अप्रिय हुनु मेरोलागि प्रिय कुरा हो ।

पारिजातको निजी र सार्वजनिक जीवन मृत्युविरुद्धको अथक धावमा रचिएको जीवनको गौरवगाथाको रक्षा र सम्बद्र्धन गर्ने मूल दायित्व पनि पारिजातकै हो । जीवन दुइपटक बाँचिदैंन । अर्को जुनीमा पत्यार नगर्नेहरूको निम्ति यो जीवन नै सर्वस्व हो । वीरहरूको बलिदानले आज लेखकहरूको मगज, जिब्रो र कलमलाई फुक्का तुल्याइदिएको छ । पाएको हकको रक्षा गर्दै श्रमिक जनगणको मुक्ति सङ्ग्राममा चेतनाको ऊर्जा थप्न हामीले मृत्युको उपासना हैन, नयाँ जीवनको सिर्जना गर्नुछ । बिना मुलाकाज पारिजातका बारेमा यति कुरा लेख्न पाउँदा मेरो तनावग्रस्त मन हलँुगो भएको छ

जनमत पारीजात स्मृति ग्रन्थमा समावेश


Tags: खगेन्द्र संग्रौलाजनमतपारिजात
अघिल्लो पोष्ट

सम्झनाको दहभित्र बल्छी हान्दा

पछिल्लो पोस्ट

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै  : पारिजात

प्रत्येक रचनाको सृष्टिपछि क्षणिक सन्तुष्टि हुन्छ नै : पारिजात

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

साहित्यकार पारिजातको ९१ औं जन्मजयन्तीमा परिसंवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भारतको बिहार संग्रहालयमा २९ देशका कला प्रदर्शनी

भारतको बिहार संग्रहालयमा २९ देशका कला प्रदर्शनी

२३ फाल्गुन २०७९, मंगलवार
वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

वियोगी बुढाथोकीको ‘काठमाडौंलाई महासागरको पानी’ 

२३ फाल्गुन २०७९, मंगलवार
इल्या भट्टराईको ‘मिसर’

इल्या भट्टराईको ‘मिसर’

२३ फाल्गुन २०७९, मंगलवार
रित्तोपनको आभाष

रित्तोपनको आभाष

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक