हिमालहरू हेरेर पहाडहरू हेरेर
तिमी आफ्नो आँखाहरूलाई के सोध्दैछौ ?
भन ती सेता पहाडहरूलाई देखेर के भन्छन्
ती तिम्रा आँखाहरू, चञ्चले आँखाहरू
शायद तिमी खुसीले पागल भएका छौ
र ओँठहरू तिम्रा मुस्कुराएका छन् ।
दाँत निच्च लाएर हाँसेका छौ ।
के तिम्रा आँखाहरूले ती खरका छाप्रोहरू पनि देख्यौ ?
अप्ठेरो आलीहरूमा उक्लेर जानुपर्ने ती गोठहरू
देखेर के तिम्रा आँखाहरू नाच्यो त ?
ल नढाँतिकन भन गोरुसाँढे झैं खेतहरूमा जोतेर
एकपेट पाल्न, एक आँग ढाक्न नसक्ने
अथवा सधैं अप्ठेरो जीवनयापन गरेका
ती गाउँलेहरूलाई देखेर कस्तो सहानुभूति व्यक्त ग¥यौ
खास त तिनीहरु सहानुभूतिमा बाँच्नै सक्दैनन्
त्यस्तो कठोर जीवन
त्यस्तो कठोर जीवन
तिमी जिल्लिएका छौ
तैपनि हाँसोको फोहरा छ त्यहाँ
नढाँटीकन भन स्पञ्जदार कुर्सीमा लेटेर तिमी
कहिल्यै त्यसरी हाँस्न सक्या थियौ ?
अनौठा अनौठा बोटबिरुवाहरू देखेर÷सुँघेर
अञ्जान पन्छीहरूको कलबल, चिरबिर सुनेर
अहो तिमी खुसीले उफ्रेका छौ
हर्षविभोर भएर छलांग लगाएको छौ, भावुकता
भावुकता कति सस्तो
के तिमीले अनुभव गर्न सक्छौ ?
ती अञ्जान पन्छीहरूको, अञ्जान विरुवाहरूको
व्यथाहरू, दुःखपूर्ण कथाहरू
हेर्नसक्छौ अश्रुपूर्ण आँखाहरू ?
तिम्रो त्यस्तो तेस्रो आँखा पनि छ होला
नव्यक्ताउ तिम्रा खुसीका प्रसंगहरू त्यसै
नडढाउ ती जलेका मुटुहरु
सिरेटोमा फरफराएको आफ्ना नरम केशहरु सम्हालेर
कति खुसी छौ तिमी वताससँग त्यो हावासँग
सेता हिउँका टलकमा उह ! कति रमाएको तिमी
त्यो भट्किन आँटेको छाप्रो हेरेर पनि त हाँस्यौ नि तिमी
माटोमा सरोबरी भइ बसेका गाउँलेलाई हेरेर
अमिल्दो सिंचाइका कुलोहरु देखेर
घर स्वास्नी छोडेर आफु बेच्न टाढा गइरहेका सिपाहीहरु देखेर
होटलमा चिसो खपी गिलास माझ्ने केटाहरुको मैलो मुहार देखेर
रुञ्चे मरन्च्यासे बुढी देखेर पनि त हाँस्यौ ।
यसरी ती सबै सबैमा हाँसेका छौ
हाँसेका छौ, हाँसेका छौ ।
नढाँटीकन भन
तिम्रा हाँसोहरु कुनै सहानुभूति हो वा
खिसिट्यूरी हो । हाँसो हो या खिसिट्यूरी हो ।
वास्तविक हाँसो ज्यादै सस्तो छ
एउटा घायल पन्छीले
तिखो दर्दलाई लुकाएर मिठो हाँसो दिन्छन्
हाँसोभित्र कति रोदन छ ? यो भन्नै सक्दैन
मलडोको बोकेका आइमाइहरुको
कपालमा टाँसेको गोबर देखेर तिमी हाँस्यौ
उनीहरु पनि हाँस्दैछन्
हाँसोको भिन्नता कुनै उदाहरणले नाप्नै सक्दैनौ
तिमी यहि थान्छौ होला उनीहरु तिमीदेखि खुसी छन्
यति छिटो निष्कर्षमा नपुग तिमी
हिमालहरु देखेर, माटोको थुप्रो, गोबरको थुप्रो देखेर
उनीहरु खुसी छन् नभन्ठान
किनकि । किनकि उनीहरु त आँसु लुकाइ गहमा हाँस्छन्
सस्तो दार्शनिक नबन तिमी
जिन्दगी भावुक प्रेमी–प्रेमिकाको गाँठो मात्र हैन । त्र
(मूल नेपालभाषाबाट अनुदीत कविता)