‘नो विन्टर होलिडेज’ले अल्टरनेटिभा फिल्म अवार्ड जितेको छ । अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ राजन कठेत र सुनिर पाण्डे निर्देशित ७९ मिनेटको डकुमेन्ट्रीले जितेको हो ।
साउथ एसिया र युरोपका इन्डिपेन्डेन्ट फिल्मकर्मीको निर्णायक मण्डलले अवार्ड विजेता घोषणा गरेको हो । यो डकुमेन्ट्रीको नेपाली नाम ‘ढोरपाटन’ हो ।
बेलायतको ‘शेफिल्ड डकफेस्ट’मा वर्ल्ड प्रिमियर भएको यो डकुमेन्ट्रीलाई बबिन दुलाल र शिशिर विशंखेले खिचेका हुन् । ‘अल्टरनेटिभा फिल्म अवार्ड २०२३’ नेपालसँगै किर्गिस्थान, कजाकिस्तान र उज्वेकिस्तान लगायतको देशलाई दिइएको हो । नेपालले अवार्डसँगै अमेरिकी डलर २० हजार प्राप्त गरेको छ ।
‘साउथ एसियाको थुप्रै फिल्महरु यहाँ परेको थियो । तर हाम्रो डकुमेन्ट्रीले उनीहरुलाई उछिन्दै अवार्ड नै जित्यो । खुसी लागेको छ,’निर्देशक कठेतले जनाए ।