जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध सर्जक बिशेष

जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

प्रा.डा. शैलेन्दुप्रकाश नेपाल प्रा.डा. शैलेन्दुप्रकाश नेपाल
प्रकाशित ३ श्रावण २०८०, बुधबार
सर्जक बिशेष भित्र
0
जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

आधुनिक नेपाली कविता सृजन क्षेत्रका एक प्रबल कवि हुन् डा. बमबहादुर थापा ‘जिताली’ (२०१०, लमजुङ) । जितालीका कवितामा बहुवैशिष्ट्य निहित रहेको पाइन्छ । आफ्नो जन्मभूमिको ममत्वमा निरन्तर संवेदनशील भइरहनु, स्थानीयताको रङ्ग भर्न उत्साहित बन्नु, राष्ट्रवादलाई प्रमुखता साथ अभिव्यञ्जित गर्नु, विश्व–मानवतावादतर्फ आकर्षित हुनु, व्यङ्ग्यात्मकतालाई आफ्नो कवित्वशैलीको मूलप्रवाह बनाउनु जस्ता प्रखर सन्दर्भहरुलाई कवि जितालीले सदैव आत्मसात् गरेको भेटिन्छ । उनका कविता रचना सरल, सहज र सरस भइकन व्यङ्ग्यात्मकताले सिँगारिएका हुन्छन् । कवितामा कविको व्यक्तित्वको तीव्र छाप परेको अनुभूति हुन्छ । ओजपूर्ण ढङ्गमा आफ्ना वाणीहरुलाई प्रस्तुत गर्न उनी सिपालु छन् । उनका कविताहरुको पठन क्रममा लेखनाथ, सम, देवकोटा, घिमिरे, रिमाल र भूपिको पटक–पटक स्मरण हुनेगर्छ । जुन शैली र सन्दर्भ अँगालेर जिताली कविता लेख्छन्, वाचन र प्रकाशन गर्छन्, सम्भवत: नेपाली कविता फाँटमा त्यस्तै अर्को स्रष्टा उभ्याउन सहज छ जस्तो लाग्दैन । शास्त्रीय, लोक र मुक्त तीनै थरी लय वा शैलीमा कविता/गीत रचना गर्ने कवि जिताली हाइकु र सुसेली लेखनमा पनि तन्मय रहेको देखिन्छ । थोरै लेख्ने तर सुन्दर कविता सृजना गर्ने उनको स्वभाव बुझिन्छ । वसुन्धरा (२०४५), धोती न टोपी (२०४९), छत्तीस छन्दको छहरा (२०६७) लगायत दसवटा उनका कविता काव्यकृतिहरु प्रकाशनमा आएका छन् । समालोचना/अनुसन्धानतर्फ पनि उनको योगदान स्मरणीय रहेको छ । मूलत: उनी कवि हुन् । कवि बमबहादुर थापा ‘जिताली’को तेस्रो कवितासङ्ग्रह छत्तीस छन्दको छहरा मा केन्द्रित रहेर उनको कवित्वबारे सङ्िक्षप्त चर्चा गर्ने जमर्को यहाँ गरिएको छ ।

छत्तीस छन्दको छहरा कवितासङ्ग्रहको परिचय
अनुप्रासीय शीर्षक रहेको प्रस्तुत सङ्ग्रहमा जम्मा ५६ वटा कविता रहेका छन् । यी सबै कविताहरु विभिन्न शास्त्रीय छन्दमा संरचित छन् । विविध विषय, भाव र शैलीमा समेटिएका कविताहरुले कविको कवित्वगत वैशिष्ट्यलाई टड्कारो ढङ्गले सङ्केत गरेको पाइन्छ । यसमा राष्ट्रकवि माधव घिमिरे, कवि जिताली तथा मुकुन्दराज पथिकका गद्य शैलीका शुभकामना, लेखकीय र प्रकाशकीय अनि कवि पिता प्रेमबहादुर थापाको पद्यमय शुभकामना प्रारम्भमा रहेका छन् भने अन्त्यमा प्रह्लाद पोखरेलको लामो समीक्षा गद्यमा तथा रमेश खकुरेल, युवराज शर्मा गौतम, भुवनहरि सिग्देल, सीताराम अधिकारी, सोमनाथ सुवेदी, मेदिनी सुवेदी, रमा शर्मा, गिरिराज जोशी र राधेश्याम भट्टराईका पद्यमय शुभकामना समेटिएका छन् । यी शुभकामना एक श्लोकदेखि एघार श्लोकसम्म विस्तारित छन् । कवि स्वयम्ले प्रारम्भमा ‘सादर समर्पण’ शीर्षकमा तीन श्लोक प्रस्तुत गरेका छन् ।

कविताको लयगत अवस्था
लय कविताको अपरिहार्य तत्व हो, परिचयात्मक मूल आधार हो । नेपाली कविता मूलत: शास्त्रीय, लोक र मुक्त लय/छन्दमा रच्ने गरिन्छ । शास्त्रीय लय/छन्दका मात्रा, वर्णको निर्धारित मापदण्डमा कायम रहेका मात्रिक र वर्णमात्रिक छन्दहरुमध्ये वर्णमात्रिक छन्द/लयमा कवि जितालीको कवित्व सृजन स्वाभाविक, सहज र आकर्षक रहने गरेको छ । शुद्ध भाषामा छन्दगत प्रयोगलाई सहजता प्रदान गर्नु कविको विशेष खुबी हो, विशिष्टता हो । सहज र सुललित भाषाशैलीमा आफ्ना सहज विचार अनि मर्मस्पर्शी भावनालाई अभिव्यक्ति दिन सक्नुमा कविको पुरुषार्थ ठहरिन्छ । यो कला र दक्षता कवि जितालीमा टड्कारै देख्न सकिन्छ । विवेच्य सङ्ग्रहभित्रका ५६ कविताहरु तीन दर्जन छन्दमा रचिएका छन् । लामा/छोटा दुवै खाले छन्द प्रयोगमा कवि जिताली सिद्धहस्त छन् । यहाँ कविले बहुप्रचलितदेखि कम प्रचलित अनि लामोछोटो दुवै खाले चौडाइयुक्त छन्दको सफलता साथ प्रयोग गरेको पाइन्छ ।

भावानुकूल शब्द चयन र छन्दगत सुमधुरता दुवैको समीकरण जितालीका कवितामा भेटिन्छ । जस्तै :
सकल शिल्पका चातुरी खुलून्
सरस लोकका चाँचरी बजून्
प्रकृतिनाचमा रम्दछिन् धरा
सलल बग्न द्यौ छन्द इन्दिरा ! (इन्दिरा छन्द)

आमा हे ! सबकी अपार महिमा वात्सल्य वर्षाउने
आफ्नो धर्म, कला र संस्कृतिसँगै सन्तान हुर्काउने
नेतादेखि तमाम जन्म–जननी नेपालआमा बनी
हामी कोटि सुधा जहान सबको रच्ने नयाँ जीवनी ! (शार्दूलविक्रीडित छन्द)

कवि जितालीले सर्वाधिक कविता शार्दूलविक्रीडित छन्द (२१ वटा) र अनुष्टुप् छन्द (२० वटा) मा रचेका छन् । सङ्ग्रहमा उपजाति, मन्दाक्रान्ता, शिखरिणी, पञ्चचामर, वसन्ततिलका, मालिनी जस्ता बहुप्रचलित तथा मणिमाला, मौक्तिकमाला, ललिता, मत्तमयूर, मञ्जुभाषिणी, मन्दाकिनी, प्रभावती जस्ता कम प्रचलित छन्दका रचना पनि छन् । कतिपय छन्दमा त एक–एक श्लोक मात्रको प्रस्तुति पाइन्छ । छन्द प्रयोगका दृष्टिले कवि जितालीको कवित्व उल्लेख्य तथा स्मरणीय रहेको भेटिन्छ ।

राष्ट्रवादी चेतना
कवि बमबहादुर जितालीको कवित्वको मूल चुरो प्रबल राष्ट्रवादी चेतना हो । यसभित्र आफ्नो जन्मभूमि, संस्कृति, भाषा, जातीयताका गौरवमय पक्षहरुलाई सुन्दर शब्दशैलीका माध्यमबाट प्रस्तुत गरिएका रचनाहरु पर्दछन् । आफ्नो जन्मस्थलको सौन्दर्य र ममत्वलाई प्रमुखता साथ अभिव्यञ्जित गर्ने कवि जितालीले स्थानीयताको रङ्गलाई उल्लेख्य रुपमा प्रस्तुत गरेको पाइन्छ । ‘मेरो जिताको ममता’, ‘स्रष्टाको सङ्कल्प’, नेपाल र नेपाली’, ‘माटाको माया’ ,जीवन्त मुटु हो देश शीर्षकका कविता यस दृष्टिले महत्त्वपूर्ण लाग्दछन् ।
हामी स्वच्छ हिमालका शिखर हौँ उच्चा छ हाम्रो शिर
हाम्रो पौरख पोखियो यदि भने बन्छन् कला–मन्दिर
नेपाली जनता खटे प्रगतिमा सिर्जिन्छ मोती–मुगा
हाम्रो उन्नत कर्मको शिखरले स्यूरिन्छ लाली–थुँगा ।

राष्ट्रवादी चेतना कवि जितालीको विशिष्ट पहिचान पनि हो । राष्ट्र निर्माणको चाहना, यसको गौरवमय परम्परा र पुर्खाहरुको योगदानको वर्णन गरेर कवि थाक्तैनन् । अग्रजहरुको स्मरण गरेर कविले श्रद्धा र आस्थाको अभिव्यक्ति दिएका छन् । कविताका विविध प्रसङ्गमा ‘राष्ट्रिय एकताका नायक’, ‘अतीतको गीत’, श्रद्धाका नौ थुँगा, ‘सहिदको सम्झना’, ‘युद्धप्रसादप्रति, भानुमोतीको खोजीनिती, श्रद्धाको गुरुभेटी जस्ता कविताले कविभित्रको श्रद्धाभाव मुखरित गरेको पाइन्छ ।
आफ्नै पौरखमा गरेर रचना चाका मिलाएसरि
साझा घारसमान आर्जित भयो नेपाल सर्वोपरि
इन्द्रेनी बहुरङ्गको मिलन हो सौन्दर्य साझा हुने
त्यस्तै कर्म, कला र संस्कृति बन्यो आकाश–धर्ती छुने ।

व्यङ्ग्यात्मकता
कवि जितालीको कवित्वको अर्को प्रखर पाटो हो व्यङ्ग्यात्मकता । यस सन्दर्भमा जितालीलाई ‘व्यङ्ग्य–प्रवीण कवि’को संज्ञा दिँदा अन्यथा ठहर्दैन । कवि जितालीको नेपाली काव्य जगत्मा व्यङ्ग्यवाण प्रहार गर्न दक्ष स्रष्टाका रुपमा प्रसिद्धि छ । व्यक्तिका अङबाङ्गे स्वभाव, चरित्र र प्रवृत्ति अनि नेताका विडम्बनापूर्ण विधि, व्यवहारप्रति तीक्ष्ण शैलीमा व्यङ्ग्य गर्नु कवि जितालीको व्यङ्ग्यात्मकताको चुरो देखिन्छ । नेपाल र नेपाली जातिको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, जातीय, सामाजिक क्षेत्रका गौरवमय सन्दर्भलाई तथा परापूर्वदेखिको मर्यादा, आदर्श, सभ्यता र गरिमालाई उपेक्षा गरेर विदेशीका इसारामा चल्ने अनि राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत, पारिवारिक र दलगत स्वार्थमा लिप्त हुने नेता, कार्यकर्ता लगायतका व्यक्तिको प्रवृत्तिप्रति उछित्तो काड्न कवि जितालीको कलम सदैव सशक्त रुपमा क्रियाशील रहने गरेको पाइन्छ । यस्ता सन्दर्भबाट कविभित्रको राष्ट्र, जाति र संस्कृतिप्रेम नै ध्वनित भइरहेको यथार्थता उद्भासित हुने गर्छ ।
गोरुहरु हलो छोडी नीति–निर्माण गर्दछन्
भेडाहरु भजाएर भकारी टन्न भर्दछन् ।
गधा गदा उठाएर लोकतन्त्र चलाउँछ
गाईले कष्ट भोगेर जिन्दगानी चलाउँछ ।।
(चुसाहाको चर्तिकला)
आफ्नै मात्र भुँडी भर्ने धन्दामा जीवनै बित्यो ।
(भ्रष्टाचार)
हामी जँघार तारेर तिमीलाई पठाउँछौँ
तिमी जँघार तर्छो र लौरीलाई दबाउँछौ ।
(फरक)
कवि जितालीले राष्ट्रिय परिप्रेक्ष्यमा गतिशील भइरहेको भ्रष्टाचार, अनाचार, दुराचार, विडम्बना, विसङ्गति, विकृति अनि जनता र राष्ट्रप्रतिको उदासीनता, पदलोलुपता जस्ता टड्कारा पक्षको धज्जी उडाउन सशक्त शब्दशैलीको प्रयोग गरेको पाइन्छ । यस सन्दर्भमा चुसाहाको चर्तिकला, नेता यता न उता, पूर्वमन्त्रीको पुर्पुरो, फरक, हाँसको चाल न कुखुराको चाल, देशै चपाऊँ भनी, भ्रष्टाचार जस्ता कविता उल्लेखनीय रहेका छन् ।

नेपाली कविता काव्य तथा समीक्षानुसन्धानतर्फ विशेषत: कलम चलाउने स्रष्टा डा. बमबहादुर थापा जितालीको मुख्य पहिचान कवित्व क्षेत्रमा रहेको छ । राष्ट्रिय चेतनाको व्यापकताले भरिएका कविता रचनामा सक्रिय रहने जितालीको कवित्वमा राष्ट्रवादी भावना, मानवतावाद र व्यङ्ग्यात्मकता तीव्र रुपमा अभिव्यञ्जित भएको पाइन्छ । उनको प्रतिनिधि कवितासङ्ग्रह छत्तीस छन्दको छहरामा केन्द्रित रहेर उनको कवित्वकलाको अध्ययन गर्दा उपर्युक्त तथ्यको पुष्टि हुन्छ । निष्कर्षत: शास्त्रीय छन्दमा सिद्धहस्त रहेका कवि जितालीले प्रत्यक्ष तथा परोक्ष रुपमा आफ्नो राष्ट्रवादी चेतनालाई, नेपाल र नेपालीप्रतिको निष्ठा र श्रद्धाभावलाई प्रमुखता साथ ध्वनित गराएको पाइन्छ । व्यङ्ग्यात्मकताले भरिएका उनका कविता स्मरणीय रहने गरेको देखिन्छ । भाव र शैलीका दृष्टिले सशक्त रहेका उनका कविताहरु नेपाली काव्य जगत्का महत्त्वपूर्ण उपलब्धिका रुपमा स्वीकृत रहेका छन् । तसर्थ, कवि जितालीको कवित्व राष्ट्रवादी तथा व्यङ्ग्यात्मक चेतले परिपूर्ण रहेको पुष्टि हुन्छ ।


Tags: प्रा.डा. शैलेन्दुप्रकाश नेपाल
अघिल्लो पोष्ट

गुन्जनले विभिन्न स्रष्टा सम्मान

पछिल्लो पोस्ट

१९५ देशका राष्ट्रगान नेपालीमा

प्रा.डा. शैलेन्दुप्रकाश नेपाल

प्रा.डा. शैलेन्दुप्रकाश नेपाल

सम्बन्धित पोष्टहरू

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित
सर्जक बिशेष

दोस्रो जीवन साहित्यमा रमाउँदै प्रा.डा. हेमाङ्ग दीक्षित

३ बैशाख २०८२, बुधबार
शब्दबिम्बमा हरिराम जोशी
सर्जक बिशेष

शब्दबिम्बमा हरिराम जोशी

२ चैत्र २०८१, आईतवार
वसन्तको बहाव
विविध

वसन्तको बहाव

२६ मंसिर २०८१, बुधबार
यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल
समालोचना

यात्रा निबन्धकारका रूपमा लैनसिंह बाङदेल

१८ भाद्र २०८१, मंगलवार
पछिल्लो पोष्ट
१९५ देशका राष्ट्रगान नेपालीमा

१९५ देशका राष्ट्रगान नेपालीमा

अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

अनेसास न्यूह्यामसायरले मनायो २१०औँ भानुजयन्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

२३ फाल्गुन २०७९, मंगलवार
नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

नेपाली कला साहित्य डट कम प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

२३ फाल्गुन २०७८, सोमबार
कवि जुनू रानाको ‘रातो नदी’ विमोचन

कवि जुनू रानाको ‘रातो नदी’ विमोचन

२४ फाल्गुन २०८०, बिहीबार
प्राचीन १५ लिपिको एउटै तालिका

प्राचीन १५ लिपिको एउटै तालिका

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक