यसरी टोलाएँ म कि
सबैमा हराएँ म
आफ्नो व्यथा र हर्ष बिर्सदैं
प्रकृतिको स्पर्शमा समाएँ म
कलियुगको ताप भुल्दै
मोह र मायाको जाल छल्दै
अस्तित्वको अस्तित्व नै हराउँदा
चोखो ऊर्जामा डुबेँ म
डुब्दा डुब्दै पुगेँ
यस्तो ठाउँ
जहाँ अहंम र अहङ्कारको
कुनै स्थानै थिएन
यसरी टोलाएँ म कि
सबैमा हराएँ म
आफ्नो र अर्काको कुनै भेदै नराखी
प्रकृतिको काखमा निदाएँ म ।