राखेर साक्षी घाम र जून आकाश जिमीलाई
तरेर आएँ मनको साँघु भेटन तिमीलाई
फूलमा भेटेँ सुवास मीठो मगमग बसायौ
हृदयभित्र तिमीलाई छामेँ मुल भइ रसायौ
राखेर साक्षी नौ लाख तारा आकाश जिमीलाई
तरेर आएँ मनको साँघु भेटन तिमीलाई
गोरेटो टेकी पैतालाभरि तिर्सना मेटाएँ
थिएनौ तिमी नभए पनि झ–झल्को भेटाएँ
राखेर साक्षी इन्द्रेणी रङ्ग आकाश जिमीलाई
तरेर आएँ मनको साँघु भेटन तिमीलाई ।
–पोखरा