जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

के तपाईंलाई पनि सुगर छ ?

विजय खरेल विजय खरेल
प्रकाशित १९ मंसिर २०७८, आईतवार
निबन्ध भित्र
0
के तपाईंलाई पनि सुगर छ ?

के तपाईंलाई पनि सुगर छ ….?
म हिजोआज अलिक मोटाएको छु, भुँडीमा पनि बोसो लागेको छ । त्यसैले नै होला यस व्याधिबाट पीडित मनुवाहरु मान्छे मोटाएको देख्यो कि सोधिहाल्छन् –‘के तपाईंलाई पनि सुगर छ …… ?’

यस्तो प्रश्न सामना गर्नु परेको मैले निकै भइसक्यो ।
‘आफूलाई पिरोलेको रोगले यसलाई पनि पिरोलेकै हुनुपर्छ, किनभने यो पनि निकै मोटाएको छ ।’
सम्भवत: यही धारणा बोकेर हिँड्नेहरुबाट नै यो बेलाबखत यस्तो प्रश्नको कठघरामा परेको छु म ।
अझ भनौं यस्ता प्रश्नकर्ताको संख्या मसित उल्लेख्य नै भइसकेका छन् । कहिले त रीस पनि उठ्छ, यस्ता प्रश्नदेखि ।
हैन मान्छे अलिक मोटाए पछि के सुगर (मधुमेह) को रोगी हुनै पर्छ र ….?

हुन त यस्तो प्रश्न त केही सहानुभूतिपूर्वक नै सोधेको पनि त हुनसक्छ । तर के मान्छे अलिक मोटाए पछि मधुमेह पीडित हुनु अनिवार्य नै हो त ….. .? यो कस्तो पीडित धारणा हो …. ?

मधुमेह सम्बन्धी विज्ञहरुको धारणा वा मान्यता छ कि एउटा निश्चित उमेर वा समयदेखि निश्चित समयसम्ममा शरीरमा मधुमेहको प्रकोपको सम्भावना रहन्छ । त्यसपछि भने यो शरीरको स्थायी पाहुनाको रुपमा रहिरहन्छ । हुन त यो वंशानुगत नै हुने पनि विज्ञहरुको धारणा छ ।
तर कसैलाई यस रोगले सताउँछ, कसैलाई सताउँदैन ।
आखिर यो रोग लाग्नै पर्ने कुनै अनिवार्यको नियम पनि त छैन होला ।
तर पनि कुनै चिनारुहरु वा आफन्त भनिएकाहरुबाट वा आफूप्रति बोक्रे सहानुभूति राख्नेहरुबाट नै बातचितको सन्दर्भमा प्रश्न आइहाल्छ — के तपाईंलाई पनि सुगर छ ….. ?

मान्छेको मानसिकताको कुरा न हो …. ! सधैं एकनास त रहदैन, कहिले त प्रश्न सुन्नासाथ मस्तिष्कमा सनक चढिहाल्छ ।
किन सोध्नु पर्‍या होला — यही प्रश्न … !
अरु कुरा नै सोध्या भए पनि हुने …. !

एकदिन आफन्तकहाँ बिहे खान वा निम्ता मान्न गएका थियौं : हामी माउ र बाउ । त्यस्तोमा हुने फाइदा भनेको आफन्त, नातागोता, विगतका चिनारुहरुसितको भेटघाट, कतै नयाँ परिचय, कतै परिचयको नवीकरण, अझ बर्षौंदेखि भेटन नपाइएकाहरुसँग नौलो भेटघाट, बस ! खान्ते पिन्ते भन्या त त्यस्तै हो, हुन त खाउ बहादुर र खञ्चुवा प्रसादहरुका निम्ति खानेकुरा नै महत्वको पनि हुने गर्छ ।
तर मेरो रुचि भनेको त त्यस्ता कार्यक्रमहरुमा भेटघाट नै महत्वपूर्ण हो ।
आफ्नी घरकी माउसित एउटी महिला बातचितमा मग्न रहेकै बेला म उनीलाई खोज्दै भित्र पुगें, घर फिर्नु जो थियो ।
उनीसित गफ गर्दै गरेकी महिलालाई देखाउँदै उनले भनिन् —‘उहाँलाई चिन्नु भो ?’
आफू उसै त बिर्सुवाको लालमोहोर प्राप्त भन्दा हुने प्राणी ठान्छु — आफूलाई र लाग्यो पनि मैले पहिले उनलाई देखेकै थिइन ।
भनेँ –‘अहँ……..! चिनिन ।’
उनले चिनाइन् —‘उहाँ फलानि…ढिस्कानी ….. ।’
‘ए ….. !’ मैले छर्लङ्गै चिने झैं गरें ।
उनीहरुका थपथाप अरु कुरा पनि हुँदै नै थिए, ती उनकी चिनारुले मतिर फर्केर भनिन् —‘के तपाईंलाई पनि सुगर छ ….?’
अचानकको यो प्रश्नले त म एकछिन तिल्मिलाएँ । पछि एकैछिनमा मनको एउटा जस्केलोबाट उत्तर फुर्‍यो ।
भनें — ‘अँ….छ नि…, किन नहुनु……! सुगर नहुने त कुरै भएन नि ….।’

म अनुमान गर्न सक्छु — म जन्मेको केही दिन पछि नै मेरी आमाले मलाई काखमा राखेर — ल…… नानी !….सू….गर…, बाबु ……सू…. गर…..सूगर….भन्दा भन्दा बानी लागेर होला अलिक ठूलो भएपछि पनि जाडोले गर्दा वा के भएर हो, ओछ्यान सू गरेको ऐले पनि याद छ, अनि अब बुढेसकालका छेउछाउ पुगियो, अब त सू नगरे बाँच्नै पो समस्या पर्ने रहेछ ।’

‘त्यसैले गर्दा यो कुरो त सोध्नै नपर्ने हो ।’
मेरो उत्तरले उनको प्रश्नको बातो बसेछ क्यारे, मुहार अलिक उता घुमाएर हाँसे जस्तो गरिन् र हाम्री घरकीलाई हेरिन् ।
हाम्री घरकीलाई त मेरो बानी बेहोरा त कण्ठै जस्तो भएकाले उनले पनि ती महिलालाई गहिरिएर हेरिन् ।
उनलाई केही सहानुभूति दिदै भनिन् — ‘खै…..’ इनको त बेहोरा नै……., म त्यहाँबाट बाहिर निस्कें ।
बिहेको कार्यक्रम त चलिरहेको थियो । सबै भेट्नु पर्ने र भेटेकाहरुसित एक सर्को कुरा गरिसकेकै थिएँ । म त्यहाँबाट बाहिर सडकमा निस्किएँ, उँभोतिर जाने गाडी ढुक्न थालें ।

त्यहाँ सडक छेउमा उभिएर उँभोतिर जाने गाडी ढुक्ता ढुक्तै अघिको प्रसङ्गसित मिल्ने एउटा पुरानो कथा सम्झनामा झुल्क्यो ।
एउटा ट्रक चालक थियो — पञ्जावी । प्राय: लामो दूरीमा भारवाहक सवारी साधनहरु हाँक्नेहरुमा मैले प्राय: पञ्जावीहरु नै देखेको छु । किनभने भारतमा पञ्जावीहरु या त सेनामा वा सवारी साधन हाँक्नेमा नै धेरजसो पर्दछन् ।

त्यो ट्रक चालक पनि निकै लामो समयसम्म ट्रक गुड्काए पछि भोकाएछ । उपवासको दिन पनि परेकाले जत्र तत्र होटलतिर खान पनि उसलाई समस्या र’छ ।
गुडकिंदा गुडकिंदै एउटा गाउँले हाट लागेको ठाउँमा पुगेछ । केही फलहरु भेटे लिनुपर्‍यो र भोक मार्नुपर्‍यो भन्ने लागेर उसले ट्रकलाई सडक छेउमा अड्याएछ र ओर्लेर बजारतिर लागेछ ।

केहीवेर घुमेपछि एउटी महिलाले कटहर बेच्दै गरेको ठाउँमा पुगेछ । ती महिलाले पाकेका कटहरका कोया पातका टपरीमा हालेर बेच्दै गरेको देख्यो । मान्छेहरु खुब स्वाद मानेर खाइरहेका थिए ।
उसले खाँदै गरेको मान्छेलाई सोध्यो — मीठो छ………?
एउटा कपाकप मुखमा घान लाइरहेको ग्राहकले भन्यो — बहुत मीठो छ ।

भोकको रनाहमा थियो ऊ । धेरै सोधी खोजी गरिराख्नु भन्दा एउटा सिङ्गो कटहरको सौदा गरे अघाइञ्जेल पनि हुने लागेर सिङ्गो कटहरको दाम सोध्यो ।
पाँच रुपियाँ एउटा ठूलो र सिङ्गो कटहरको दाम भयो । पैसा तिरेर ऊ त्यो कटहर काँधमा हालेर हिड्यो ।
गाडी उसले निकै पर पुर्‍याए पछि एउटा छोटो साँघु र मुनि पानीको खोल्सो देखेर उसले गाडी छेउ लगायो । ओर्लेर खोल्सामा पुग्यो र हात खुट्टा मुख धोयो । आएर गाडीमा भएको कटहर झिक्यो । बाटो छेउ रुखको सयलमा बस्यो ।
खुब भोक लागेको थियो ।
दुवै हातका औंलाले कटहरलाई दुई फ्याक पार्‍यो । भित्र रहेका खापैखाप कोया झिक्दै कपाकप खान थाल्यो । कटहर मज्जाले पाकेको हुनाले निकै स्वादिष्ट थियो ।

प्राय: सबै नै कटहरका कोया खाइसिध्याए पछि उ अघाएर टन्न भयो, डकार्‍यो ।
अनि हात पखाल्न खोल्सातिर लाग्यो । पानीमा हात मुख पखाल्दा पो उसलाई थाह भयो — मुखभरि जुँगा दारीतिर र हातभरि मज्जाले कटहरको चोप सबै टाँसिएछ । जति दलेर धोए पनि जाँदैन ।

उसले गाडी चलाउने हात जहाँ छोयो — जे समात्यो, त्यसैमा टाँसिने भयो ।
परेन अब पिरलो ?

निकैबेर सोचे पछि उसले पगरी फुकाएर केस र दारीमा बेस्सरी हात पुछ्यो । पूरै निख्रेन । पगरीमा हात घोटी घोटी पुछेर गाडी चलाउनसम्म हुने हात पार्‍यो ।
ठूलै चिन्तामा पर्‍यो ऊ ।
गाडीमा चढ्यो, हातले त केही काम गर्ने भयो, तर चोपले पुरै डल्लो जस्तो परेको कपालबाट भने उ धेरै चिन्तित भयो ।
एउटा बजार क्षेत्रमा गाडी फेरि छेउ लगायो । ओर्लेर हजामको पसल खोज्दै गयो । हजामकहाँ गएर उसले दारी कपाल दुवै सनक्कै खुर्केर फ्याँक्न भन्यो । सबै केश फ्याँकिसकेपछि उसलाई सञ्च भयो ।
चोपले डल्लिएको कपाल फ्याँकेर त सञ्च भयो तर यो चिण्डो टाउको देखेर अरु जाति भाइले के भन्लान्…..? यही चिन्ताले ऊ धेरै दिनसम्म पीडित रह्यो ।

निकै पछिसम्ममा उसको कपाल दारी त पलायो तर मनमा कटहर सम्वन्धी बडो विरोधी धारणाले घरजम गर्‍यो ।
त्यसपछि त के र …..? कुनै टाउको मुण्डन गरेको मान्छे देख्नै भएन — सोध्न पुगिहाल्थ्यो – क्या आपने भी कटहर खाएथे ?
अब भन्नोस् त ….?
ती तपाईंलाई पनि सुगर छ ? भन्ने र क्या आपने भी कटहर खाए थे ? भन्ने प्रश्नमा केही फरक छ त…..?


अघिल्लो पोष्ट

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

पछिल्लो पोस्ट

लुकामारी – चितवनसँग

विजय खरेल

विजय खरेल

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
लुकामारी – चितवनसँग

लुकामारी – चितवनसँग

तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

तीर्थकुमारी थापा र रत्न बेहोसीलाई ‘नारायण गोपाल स्मृति सम्मान’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

२३ फाल्गुन २०७९, मंगलवार
युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

२३ फाल्गुन २०७८, सोमबार
पारिजात स्मृति सभा – २०७८

पारिजात स्मृति सभा – २०७८

२३ फाल्गुन २०७७, आईतवार
दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक