जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

जनमत जनमत
प्रकाशित ५ मंसिर २०७८, आईतवार
अन्तर्वार्ता, मनोभावना भित्र
0
कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

० तपाईंको साहित्यलेखनको थालनी कसरी भयो, कृपया बताइदिनुहुन्छ कि ?
बाबाको स्वर्गबासपछि असाध्य एक्लो महसुस गर्थे र रोइरहन्थें । त्यही वर्ष विद्यालयमा आयोजित कविता प्रतियोगितामा सहभागी हुँदा प्रथमपटक रचित प्रथम कविताले प्रथम पुरस्कार प्राप्त गर्‍यो जसमा पुरस्कारमध्ये राष्ट्रकवि माधव घिमिरेज्यूको शोककाव्य ‘गौरी’ पनि थियो । पितृशोकमाथिको ‘गौरी’ले मलाई यसरी घोत्ल्यायो लेखनतिर, तत्पश्चात लेखिरहेको छु। सानैदेखिको कथा, कविता विविध पत्रपत्रिका खोजी–खोजी पढ्ने बानीले लेखनमा ऊर्जा थप्दै रह्यो । आज पनि त्यही प्रक्रिया चलिरहेको छ ।


० साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र कोबाट प्राप्त गर्नुभयो ?
शिक्षाको उज्यालोतिर लम्कँदै सधैं स्वाबलम्बन बाँँच्न घच्घच्याउनु हुने स्वर्गिय बाबा हरिप्रसाद सुवेदी नै मेरो साहित्य सिर्जनाको प्रथम र अह्म प्रेरणाको स्रोत हुनुहुन्छ । टाढाका आफन्तलाई हालखबरको हेतु पठाउने चिठ्ठीचपेटा मलाई उतिबेला दुई क्लास पढ्दा बखत नै जानिनजानी लेख्न लगाउनुहुने मेरो पूजनीय बाबाले नै लेखनतिरको भोक मेरो अन्तष्करणमा उमारिदिनुभयो। त्यसका अलावा अध्ययनको बानीले पनि मलाई थप ऊर्जा प्रदान गर्‍यो । विद्यालयमा हुने हरेक खाले क्रियाकलामा सहभागी हुन्थें। पछि कलेजमा हुने भित्तेपत्रिका लेखनमा पनि लेख्थें र अलिक पछि आएर मैले लगभग दुईवर्ष एउटा साप्ताहिक खबरपत्रिकामा काम गरें । त्यो पनि मेरो लेखनको एक मजबुत मेरूदण्ड साबित भयो । त्यसका अलावा उसबेलाका र हाल ‘युवामञ्च’, ‘साधना’, ‘मधुपर्क’, ‘गौरी’, ‘मुनामदन’जस्ता लोकप्रिय पुस्तक पत्रिकाहरूले निरन्तर प्रेरणा दिइनै रह्यो । साथै नेपाली वाङ्मयका अग्रज दिग्गज साधकहरूका सिर्जना सधैं प्रेरणाको स्रोत बनिरहेको छ ।


० साहित्यसेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
सिर्जनाको हिसाबले आँफैमा सन्तुष्ट हुने बेला त अझै धेरै टाढाको कुरा हो । अझै त म एक शिशु सर्जक हँु, परिष्कार र परिमार्जनको हिसाबले सन्तुष्ट हुन मैले अझै धेरै लामो साधनाको यात्रा पार गर्नुछ साथै सङ्ख्याको हिसाबले पनि सुरूवातमा छु । लागि परेको क्षेत्रको हिसाबले भन्ने हो भने साहित्य मेरो पूजा हो । साहित्यका विद्यार्थी भएको नाताले मेरो रूचिको उतुङ्ग आनन्द लेख्नु, पढ्नु नै हो । त्यसको साथै साहित्य समाजको मार्गनिर्देशक मात्र नभएर ऐना पनि भएको हुनाले समाज र जीवन बुझ्न र बुझाउन साहित्य लेखिंदिंदा अर्काको लागि त्यो खुराक बन्छ भन्ने मलाई लाग्छ । मेरो निमित साहित्य भनेको हार्दिक सन्तुष्टिको विन्दु हो ।


नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिताका सम्बन्धमा तपाईं कस्तो धारणा राख्नहुन्छ ?
पहिलेको तुलनामा अहिले आएर महिला लेखिकाहरूको अग्रसारिता नेपाली साहित्यमा उल्लेखनीय हिसाबले बढेको छ । यो अत्यन्त स्वागतयोग्य र सुलक्षण कुरा हो । समाजको आधा हिस्सा आधा प्राणरूपी महिलाहरूले नलेख्दासम्म कुन समाजको साहित्य पूर्ण होला ? यो सवालमा हामी अहिले आएर खुसी हुने अवस्था बन्दै छ । यसो हुनुमा पछिल्लो समयमा आएर समाजमा बढ्दै गएको चेतनशीलता, शिक्षाको प्रभाव र अवसरका साथै महिला स्वयम्मा आएको जागरूकताले भूमिका खेलेको छ । समाज निर्माण र साहित्यको नविन खाका कोर्नमा महिलाहरूले पनि हर समस्या र अप्ठ्याराहरूसँग जुध्दै लेखनमा तिव्रता र निरन्तरता दिनै पर्छ । समाजको परिवर्तन र प्रवद्र्धनमा महिलाहरूको भूमिका निभाउन एउटा अहम क्षेत्र साहित्य रहेको हुँदा महिला लेखकका सङ्ख्या अझै धेरै बढ्नु पर्छ र यसो हुनेमा म विस्वस्त छु ।


० ‘साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिक रूपमा जनसमक्ष पुर्‍याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यका साथ प्रस्तुत गरिन्छ ।’ यस भनाइप्रति तपाईंको धारणा के छ ?
यो भनाइमा सहमत हुनुभन्दा पनि यो भनाई नै मेरै अभिव्यक्ति जस्तो लाग्यो । विचार र दृष्टिकोणलाई कलारूपी शीतले लपक्कै भिजाएर पाठकसम्म पुर्‍याउने कोमल प्रस्तुति नै साहित्य हो । कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ। सडकका भाषण, एकाध बसाइमा व्यक्त अभिव्यक्तिहरू जति नै नीतिगत र उपयोगी भएतापनि समयका कालखण्डमा चिरस्थाई रहन सक्दैन किनकी ति कोरा हुन्छन पैह्रोमा लडिरहेको रूखको जराजस्तो । तिनै अभिव्यक्तिलाई साहित्यकारले जब कलाको लेप लगाएर सौन्दर्यपूर्ण पाठक समक्ष पेश गर्छ तब नविन उद्गार कोही कुशल कलाकारको मिहिन साधनापछि निर्मित आकर्षक मूर्तिजस्तो लाग्छ । नित्य नविन सोचहरू युगीन विचारहरू शब्दका संस्कारीस्वरूप युगबोध दर्शन र चिन्तनहरूलाई साहित्यले कलात्मक कोमलता र सुन्दरता प्रदान गरी पाठकको मन छाम्न सक्छ ।


० हालका विभिन्न साहित्यक प्रतिष्ठानका साहित्यिक गतिविधि र साहित्यिक धाराका सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
साहित्य प्रवद्र्धन हेतुले खोलिएको सबैखाले प्रतिष्ठानहरूलाई स्वागत गरिनुपर्छ, यसरी प्रतिष्ठानहरू बढ्नु भनेको साहत्यप्रतिको चासो र जिम्मेवारी बोध बढेको सङ्केत देखिनु हो । तर यस्ता गतिविधिहरू निस्वार्थ साहित्यमा समर्पित हुनुपर्छ न कि कुनै सीमित व्यक्ति वा समुहको स्वार्थसिद्दी अखडा होस् । जहाँसम्म साहित्यमा धार र वादका कुरा छन्, बदलिँदो विश्वपरिवेश, जीवनशैली र सामाजिक आवश्यकताअनुरूप साहित्यले पनि स्वत:अनुहार फेर्दै जान्छ नै । यो समयको माग पनि हो । अबका साहित्य सधैं कोक्रोमै लोरी सुन्ने उमेरका नानी जतिको हैसियत राख्ने मात्र हुने हो भने हामीलाई विश्व साहित्यले धेरै पछाडि छोडेर फड्को मारिसक्नेछ । तर परिवर्तन सधैं समाजको निमित सकारात्मक हुनुपर्छ जसका माधयमबाट आउने हरेक नयाँ पिँढिले अर्को माथिल्लो खुड्किलो टेक्न सकोस् ।


० तपाईंलाई सधैँ सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्काे नमानीकन उल्लेख गरिदिनुहोस् ।
२०५८ मा हुनुपर्छ, एकजना प्रसिद्ध समाजसेवी, साहित्यकार, चिकित्सकज्यूको जीवनी सम्पादनको शिलशिलामा प्रसिद्ध लेखक साहित्यकार डायमण्ड शमशेरज्यूलाई पहिलोपटक भेट्ने सौभाग्य जुरेको दिन म ललितपुरस्थित उहाँको निवासमै पुगेको थिएँ । फराकिलो अतिथिकक्षको सफा भुइँमा सेतो चकटिमा घुँडा मारेर बसेर शमशेरज्यूले – ‘लेख्दै र लेख्दै गर्नु नानी ! लेखाई नै जीवन हो र सम्पत्ति पनि हो !’ भनेर शिरमा छोएर आशिर्वाद दिनुभएको क्षण मेरो हरेक पटकको लेख्ने क्रममा अाँखा वरिपरि घुमिरहन्छ ।


० तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये मन पर्ने रचना कुन हो ?
ठ्याक्कै सम्झना राख्न सकिनँ, यसमा मलाई ठूलो अफसोस छ तर जहाँसम्म लाग्छ मेरो पहिलो प्रकाशित रचना ‘विद्या’ शीर्षकमा शिक्षाको महिमासम्बन्धी थियो । स्वभावैले सर्जकलाई आफ्ना सबै सिर्जना सर्वप्रिय रहिआएको छ । कवितामा पनि हालसम्म सिर्जितमध्ये पछिल्लो समयमा रचित ‘एक रात माग्दैछु’ शीर्षकको कविता मलाई खास चित्त बुझेको छ जो मेरो भर्खरै प्रकाशित सङ्ग्रह ‘आगो’मा सङ्ग्रहित छ । तर समग्रमा सबै सिर्जना प्यारा लाग्छन् ।


० यसबाहेक तपाईंको साहित्यसम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
म एक शिशु सर्जक हुँ, यही बाटो हुँदै हिँड्दै जाँदा वयस्क र परिपक्व भैसकेर यही बाटोमै बिलाएर जानेबेला सम्म नेपाली साहित्यलाई केही दिएर जान सकुँ । हाम्रा सबै साधक, साहित्यप्रेमी कलमजीवीहरूको लेखकीय ध्येय भनेको साहित्य सिर्जना मात्रै नभएर विश्वसाहित्यको फाँटमा उभिएर लहलहाउन सकिने हैसियतको साहित्य सिर्जना गर्ने हो र यसमा हाम्रो प्रयास र साधना सफल रहोस् ।
(जनमत १५९)


Tags: जनमतदीप्स शाह
अघिल्लो पोष्ट

नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल

पछिल्लो पोस्ट

शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

इन्दिरा दीक्षितको कथाकृति ' परदेशी मित्र ' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

१० बैशाख २०७९, शनिबार
नर्थ क्यारोलिनामा नेपाली साहित्य : एक सिंहावलोकन

नर्थ क्यारोलिनामा नेपाली साहित्य : एक सिंहावलोकन

१० बैशाख २०७९, शनिबार
ती सबैमा सलाम

ती सबैमा सलाम

१० बैशाख २०७९, शनिबार
उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

उपन्यास ‘मनु’लाई कविडाँडा आख्यान पुरस्कार

११ बैशाख २०८१, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक