जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

सबै विधा उतिकै शक्तिशाली छन्, जुन रचनामा चुरो हुनुपर्‍यो, कुरो हुनुपर्‍यो : यशु श्रेष्ठ

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ९ पुष २०८०, सोमबार
अन्तर्वार्ता भित्र
0
सबै विधा उतिकै शक्तिशाली छन्, जुन रचनामा चुरो हुनुपर्‍यो, कुरो हुनुपर्‍यो :  यशु श्रेष्ठ

यशु श्रेष्ठ अहिलेका चर्चित बाल साहित्य सर्जक हुन् । नेपाली बाल साहित्यका क्षेत्रमा उनको विशेष योगदान छ । बाल साहित्यका पुस्तकहरू ३ सय भन्दा बढी प्रकाशित गरिसकेका सर्जक यशुलाई बाल साहित्यमै रमाइलो लाग्छ । 

बाल साहित्यकै विकासका लागि विभिन्न अभियानमा समेत सक्रिय उनी पठन संस्कार र संस्कृतिको विकासका लागि पनि बाल्यकालदेखि नै पहल हुनु जरुरी ठान्छन् । उनका अनुसार बालबालिकाहरूका लागि राम्रो लेखियो भने उनीहरू यसतर्फ आकर्षित हुन्छन् । पढ्ने बानीले मानिसलाई चेतनशील, विवेकशील, धैर्यवान्, कल्पनाशील, सृजनशील, क्षमतावान्, नेतृत्व र तर्क गर्न सक्ने शैलीको विकास हुने उनको तर्क छ ।  हुन पनि बालबालिकाको चौतर्फी विकास हुनु भनेको हरेक क्षेत्रमा चौतर्फी विकास र समुन्नतिको ढोका खोलिनु हो । जिल्ला जिल्लाहरुमा बालकथा लेख्ने लेखाउने, बाल कथा वाचन गर्ने गराउने, किंवदन्तीहरु सङ्कलन गर्ने काम समेत उनी ब्यस्त छन् ।

बाल साहित्यमा निरन्तर लागि रहेका यशु श्रेष्ठ अहिलेका पुस्ताहरू इन्टरनेटको लतमा बढी सक्रिय भएकोमा चिन्तित छन् । ती इन्टरनेटमा रमाएका पुस्तालाई पठन संस्कृतिमा ढाल्न उनी हरदिन लागि परेका छन् । यशु भन्छन्, ’खुला आँखामा सपना ती मानिसहरूले देख्छन् जसले पुस्तक पढ्छन् ।’ उनको फुर्सद हुना साथ पुस्तकहरू पढी हाल्ने बानी छ । पुस्तक पढ्न र लेख्न रमाउने बाल साहित्य सर्जक यसु श्रेष्ठसँग पठन संस्कृति र पुस्तककै सेरोफेरोमा रहेर गरिएको कुराकानी :

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

म यतिखेर ‘द वल्ड म्यान एन्ड द सि’ को नेपाली अनुवाद पढिरहेको छु । अङ्ग्रेजीमा पहिला नै पढेको थिएँ । अब नेपालीमा पढ्दै छु तर म यो मात्र पढिरहेको छुइन किनकि म जिल्ला जिल्लाहरूमा बालकथा लेख्ने लेखाउने, बाल कथा वाचन गर्ने गराउने, कतिपय किंवदन्तीहरू सङ्कलन गर्ने तथा लेखनका अन्य कामहरू गर्नका लागि हिँडिरहेको छु । यस क्रममा आवश्यक पर्ने विभिन्न पुस्तकहरू पढिरहनुपर्छ । कहिले ‘मिथक कोश’ त कहिले ‘स्थानामकोश’ वा कहिले केही सिद्धान्तका पुस्तक त कहिले अनुसन्धानका पुस्तकहरू पनि पढ्नु पर्ने हुन्छ । यसैले यस्ता पुस्तकहरू पनि पढ्दै यो उपन्यास पढ्दै छु । एकै पटक धेरै पुस्तक पनि पढ्नु पर्ने हुन्छ कहिलेकाहीँ । अहिले पनि कतिपय बाल चित्र पुस्तकहरू फटाफट पढ्नु परिरहेको छ । दिनमै दुईचार वटै बाल चित्र पुस्तकहरू पढिरहेको छु । यसरी भन्दा ठ्याक्कै यही पुस्तक पढिरहेको छु भन्न गाह्रो भएको हो ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?

पढेका पुस्तकहरू सबै मलाई मन पर्छन् । चाहे त्यो आई ल्यान्ड अफ द ब्लु डल्फिन होस् वा द गिभिङ ट्रि वा तोत्तोचान वा खबुज होस् या सुम्निमा वा मैले देखेको नेपाल होस् । एउटा मात्र पुस्तकको नाम म लिन सक्दिनँ किनकि पुस्तकहरू मेरा अभिन्न मित्र हुन् । असल साथी हुन् । एउटाको मात्र नाम लिनु भनेको धेरै साथी छुट्नु जस्तो हो । यसैले सबै पुस्तक मैले मन परेरै पढेको हुँ र सबैको नाम याद नभए पनि सबै मन पर्छन् मलाई । 

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?

मेरो त्यस्तो उपयुक्त समय भन्ने छैन । जतिखेर मनमा आयो, जतिखेर समय भयो म लेख्छु र पढ्छु । हल्लाहरूका बिच चाहिँ लेखपढ गर्न अलि असजिलो हुने भएकाले शान्त स्थान चाहिन्छ । तर म बाटैमा उभिएर पनि पढ्छु, कसैलाई कुर्नुपर्दा पनि पढ्छु । यही नै समय भन्ने छैन । लेखिरहन्छु अनि पढिरहन्छु ।

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई कुन लाग्छ ?

खै यसमा म के भनौँ ! मन छोएर मस्तिष्क हल्लाउने रचनाहरू जुनसुकै विधाका पनि शक्तिशाली लाग्छन् । भूपीका ‘मेरो देश’ पढ्छु वा अन्य कविता वा विश्वेश्वरका ‘दोषी चस्मा’ पढ्छु वा अन्य कथा वा देवकोटाका ‘मुनामदन, कुञ्जिनी, पुतली’ वा अन्य रचनाहरू वा डायमन्ड शमशेरको ‘सेतो बाघ’ वा अन्य उपन्यास वा माधव घिमिरेका ‘गौरी, बाला लहरी’ वा अन्य कविताहरू, कृष्णहरि बरालका ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौँ’ गीत वा अन्य, शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ निबन्ध वा अन्य । सबै विधा उतिकै शक्तिशाली छन्, जुन रचनामा चुरो हुनुपर्‍यो, कुरो हुनुपर्‍यो । सबै शक्तिशाली नै हुन्छन् ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनुभयो ?
सानो छँदा मैले पुस्तक पढ्न पाइनँ । पाठ्यपुस्तक बाहेक अरू पुस्तकको मुहार नै देख्न पाइएन । १३ वर्षमा कविता प्रतियोगितामा भाग लिएर एक भारी पुस्तकहरू पुरस्कार पाएपछि पुस्तक पढ्नमा टक बसेको हो । यति बेलाचाहिँ देवकोटा, भूपी, पारिजात, चाँदनी शाह, माया ठकुरी, डायमन्ड शमशेर, विश्वम्भर चञ्चल, जनकप्रसाद हुमागाईँ, देवकुमारी थापा धेरै धेरैलाई पढियो । त्यसपछिको पढाइ निरन्तर छ र रहने छ ।  

कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
जति पाइन्थ्यो पुस्तक, सबै पढिन्थे । कथा र उपन्यासका पुस्तकहरू बढी मन पर्दथ्यो । कविता पढ्दा उति सारो बुझ दिन थिएँ । यसैले कविता धेरै पढिनँ । कथाका पुस्तक नै बढी पढेँ ।

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
तेह्रको भएपछि मैले धेरै पुस्तकहरू पढ्न पाएँ । १६ वर्षको हुँदा त आफूले जम्मा गरेका पुस्तकहरूबाटै ज्ञान विकास पुस्तकालय नामको पुस्तकालय नै सञ्चालन गरियो । यसबाट धेरै कार्यक्रमहरू पनि गरियो । पुस्तक किनेर पुस्तकालय भर्ने र बसेर पढ्ने काम गरियो । 

धेरै पटक दोहोराएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
मलाई पुस्तकहरू दोहोर्‍याएर पढ्न धेरै मन पर्छ । अघिल्ला पटक पढ्दा नबुझिएका कुरा फेरि फेरि पढ्दा बुझिन्छ । मैले धेरै पुस्तक दोहोर्‍याएर पढेको छु । म एकै पटक धेरै पुस्तकहरू पनि पढ्छु । यसैले कुनै कुनै त बिचैमा रोकिएका हुन्छन् । अनि फेरि सुरुदेखि पढ्छु । नामै भन्नुपर्दा द वल्ड म्यान एन्ड द सि, आइल्यान्ड अफ द ब्लु डल्फिन, द गिभिङ ट्रि, तोत्तोचान, सुम्निमा, म र बुद्ध, गुलाफको फूल, मेरो कथाको एलियन, आमाले सक्नुहुन्छ, जहाजी सिन्दबाद, सिक्लेसको ठिटो, सोताला, कर्णाली ब्लुज, आधा बाटो आदि जस्ता धेरै पुस्तक मैले दोहोर्‍याएर पढेको छु ।

दोहोराएर पढ्नुका कारण खासमा के थियो ?
एक त पुस्तक पढ्दा पढ्दै बिचमा रोकिएको हुन्छ अनि फेरि सुरुदेखि पढ्छु । अर्कोचाहिँ पुस्तकका पात्र, परिवेश, लेखन शैली, कौतुहलता मजाका हुन्छन् अनि फेरि पढ्दा मजा पनि आउँछ र पढ्छु । अर्को कुरा म पुस्तक कि बिस्तारै पढ्दै जान्छु कि दोहोर्‍याएर पढ्छु । किनकि मलाई पुस्तकलाई बुझेर, केलाएर पढ्न मन पर्छ । 

ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
लेखन शैली, पात्र, कौतुहलता र मनोरञ्जन, उद्देश्य आदि मन परेका पक्ष हुन् ।

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
बेस्सरी पछ्याउँछ । कति पुस्तक त म पढ्दा पढ्दै रोकिन्छु किनकि त्यस भन्दा अघि पढ्दा मेरो मुटु नै बेस्सरी धड्किन थाल्छ । सास फेर्न गाह्रो भएको जस्तो पो हुन्छ । कतिपय गीत म सुन्दा सुन्दै रोकिन्छु किनकि त्यसका पात्र र परिवेशमा आफूलाई ढालेको हुन्छु । जब पात्रले दुख पाउँछ वा असाध्यै फरक तरिकाले बाँच्छ वा मन भक्कानिने हुन्छ । तब त म रोकिहाल्छु । गौरी शोककाव्य पढ्न मैले कयौँ दिन लगाएको छु । उलार पढ्दा पनि मैले तीन पटकमा पढिसकेको हुँ पहिलो पढाइ । एउटा प्राथमिक शिक्षकको डायरी, दिवास्वप्न पनि यस्तै धेरै दिन लगाएको हुँ । 

तपाईँको विचार पढ्नु केका लागि हो ?
जीवन र जगत् बुझ्नका लागि हो , कल्पना शक्तिको विकास गर्न , मस्तिष्कको एउटा मजाको कसरत गराउन पनि हो । वास्तवमा पढ्नाले धेरै चिजको विकास गर्छ ।

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
जीवनमा कथा, अनुसन्धान र सिद्धान्तका पुस्तकले बढी सघाए । तर यसो भन्दैमा कविता, निबन्ध र अन्य गैर आख्यानले नसघाएका होइनन् । पुस्तकहरूले जीवन सहज बनाउन धेरै सघाएका छन् । यिनीहरू त मेरो लागि असल मित्र नै हुन् । 

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
म सिफारिस गर्न सक्दिनँ । मात्र भन्न सक्छु, “पढ्नुस् ।” किताबै पढिरहनुस् मात्र पनि भन्दिनँ । पढ्नु भनेको किताब पढ्नु मात्र होइन । समाज पढ्नु पनि हो । यी सबै पढ्नुस् र असल चिज जीवन र समाजमा लागु गर्नुस् । वर्षमा कम्तीमा १२ वटा नयाँ किताबहरू चाहिँ पढ्नुस् । 

तपाईँसँग कति जति पुस्तकहरूको सङ्कलन होला ?
म सँग तीन हजारभन्दा बढी पुस्तकहरू सङ्कलन छन् । यिनमा बाल साहित्यका पुस्तकहरू बढी छन् । 

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्तो कुनै पनि पुस्तक छैन । मलाई चाहिएको पुस्तक म जताबाट मगाएर भए पनि पढ्छु । 

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
पुस्तक असल साथी हुन् । असल साथीलाई जन्माउनेहरू सबै मेरा अभिभावक हुन् । यसैले मेरा अभिभावकहरू धेरै छन् । नाम लिएर साध्य छैन । 

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
भ्रमण गर्नु, समाजमा सेवा गर्नु, सृजनशील क्लबहरू स्थापना गर्नु यस्तै यस्तै रहेका छन् ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
पढ्नुस् । नपढी अघि बढ्न गाह्रो छ । यसैले मात्र भन्न चाहन्छु, “पढ्नुस् ।” किताब रोजाइ आआफ्ना होलान्, मैले भनेर हुने होइन । यसैले पढ्नुस् पढ्नुस् भन्न चाहन्छु । 

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
बाल साहित्यको क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै छन् । गाउँ गाउँ र विकटका बस्ती बस्ती बाल साहित्य पुर्‍याउनु छ । पुस्तकालयहरू पुर्‍याउनु छ । बाल पुस्तकको प्रदर्शनी र मेलाहरू होउन् भन्ने चाहना छ । यसमा कामहरू गरिरहेका छौँ । नयाँ नयाँ तरिकाका पुस्तकहरू लेख्नु छ । पुस्तक लेखेर मात्र हुन्न, पाठकसमक्ष पुर्‍याएर त्यसलाई सफल बनाउनु छ । पठन सिप, पठन संस्कार र संस्कृतिको विकास गर्नु छ । बाल साहित्यको क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म चहकिलो बनाउनु छ । धेरै छन् हौ योजनाहरू त । 

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
स्रष्टा बिना सिर्जना हुँदैन र सिर्जना बिना स्रष्टा हुँदैन । यिनको सम्बन्धलाई वर्णन गर्नुपर्ला र रु

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरी आमा नै मेरो जीवनको पहिलो आदर्श हुन्, जसले क अक्षर नपढी मलाई क ख ग घ ङ सिकाउनुभयो । दह्रो गरी उभिन बल दिनुभयो । अनि मेरा विद्यालयका प्रधानाध्यापक ध्रुव मोहन अधिकारी, जसले कथा सुनाएर कक्षामा पढाउनुभयो । उहाँहरूकै प्रेरणाले म यस क्षेत्रमा आएँ र केही राम्रो गरौँ भन्ने कोसिसमै छु । 


Tags: यशु श्रेष्ठ
अघिल्लो पोष्ट

१२खरी कथाको विजेता घोषणा र उत्कृष्ट कथा–२०८० लोकार्पण

पछिल्लो पोस्ट

मरिण महोत्सव – २०८० सम्पन्न

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
मरिण महोत्सव – २०८० सम्पन्न

मरिण महोत्सव – २०८० सम्पन्न

स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चराहरूको पहाड चढ्दा

चराहरूको पहाड चढ्दा

२२ फाल्गुन २०७८, आईतवार
खोयाबिर्के, खोया र हाम्रो समाज

खोयाबिर्के, खोया र हाम्रो समाज

२२ फाल्गुन २०७८, आईतवार
गुप्तवासको चिठीजनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

गुप्तवासको चिठी
जनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

२२ फाल्गुन २०७८, आईतवार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

२३ चैत्र २०८१, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक