जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज समालोचना निबन्ध

पानी परमेश्वर

डा. नारायणप्रसाद खनाल डा. नारायणप्रसाद खनाल
प्रकाशित २६ पुष २०७९, मंगलवार
निबन्ध भित्र
0
पानी परमेश्वर

धेरै दिन भयो, पेट्रोलियम पदार्थ सहजै पाइन छाडेको छ । भन्नु नपर्ला, हामी नेपाली प्राकृतिक दृष्टिले सम्पन्न छौं तर त्यही एउटा तेल र अर्को समुद्री सीमा स्पर्श हुन नसकेकोले नै असम्पन्न पनि छौं । हामीसँग के छैन ? यत्रो विशाल प्रकृति छ, केही अनपेक्षित विकृति पनि त छ । यी दुवैभन्दा अझ् असल हाम्रो राष्ट्रिय संस्कृति छ । प्रकृति, विकृति र संस्कृति यी तीन कुराले हामी गर्व गर्न सक्छौं – हामीजस्तो अर्को को छ हँ यस संसारमा ?

हामीलाई धनी गराउने नेपालको सबभन्दा महŒवपूर्ण कुरो भू–सौन्दर्य नै हो । हामी प्राकृतिक सौन्दर्यले सम्पन्न छौं, बेस्मारी धनी छौं । बाटोघाटो धेरै घुमाउरो छैन । नदी–नालाको बहाव आनन्ददायी छ । पहाड–पर्वतले सौन्दर्यराशि छचल्काउँछन् । भीरपाखाले पनि फलफूल उब्जाउँछन् । डाँडाकाँडा हर्षले नै हरिया देखिन्छन् । खोँच–टारले पाहारिलो पारिदिन्छन् । तालतलैयाले अतिथि देवो भवः भन्न मन पराउँछन् । वनजङ्गलले बाघ–गैंडाद्वारा स्वागत गर्न लगाउँछन् । हिउँकुहिरोले यथासमय हामीलाई स्वच्छ आवरणको आदेश दिन्छ । तराई–भावरहरू आफ्ना उत्पादनले फुलेल छन् । हाम्रा घाँसेढलो, पातपतिङ्गर आफैँमा सौन्दर्यबोधक छन् । फलफूलको स्वागत यहाँ बाह्रै महिना भइरहन्छ । लहरा–पहराको चुरीफुरीले पर्यटक तानिन्छन् । म यी गौरवका विषयहरूप्रति चिम्म आँखा चिम्लिन सक्दिनँ । यी सबैमा चोखो नेपालीपन छिपेको छ, नेपालीको जीवन–धन लुकेको छ । हेरी–हेरी नथाकिने समतल, विषमतल र तुषारतल हाम्रा भूतलीय सम्पदा हुन् । यिनको रसरसायन खाएर हाम्रो जीवन सार्थक भएको छ – सारा नेपाल र नेपालीको चरणतल, कबन्धतल र शीर्षतल हृष्टपुष्ट छन् । यिनलाई माथ गर्ने अर्को एउटा हाम्रो प्राकृतिक वैभव छ – जलसम्पदा । हो, पानीसम्पत्ति, पानीरूपी सम्पत्ति वा पानी नै हो सम्पत्ति । तर विश्वका जुनसुकै मुलुकलाई हामी स्वच्छ पानी बेच्न सक्दैनौं, हामी टाढा छौं । जति पानी हामीसँग छ, उति पेट्रोलियम पदार्थ उनीहरूसँग छ, तैपनि उनीहरू विपन्न छन्, किनकि शुद्ध पानी मात्र खान पाउनु पनि धेरै कुराले सम्पन्न नै हुनु हो ।

हामी स्नान गर्छौं र शारीरिक एवं मानसिक स्फूर्ति भर्छौं । यो सम्पन्नताकै विशिष्ट लक्षण हो । असम्पन्नहरू पानी देख्दा डराउँछन्, कन्जुसहरू पानीको सदुपयोग गर्नुपर्ला कि भनेर आत्तिन्छन् । पानीले नै होइन र हरेक प्राणीको तिर्खा मेटाइदिने पनि ? अतः सन्तोषको पनि सन्तोष यदि कहीँ छ भने त्यो नेपाली भू–धरातलमा नै छ । यसको श्रेय पनि नेपालीहरूलाई नै छ । पानी खाने र पानी प्यूने हरेक नेपालीको हृदय सफा छ । किनकि ऊ पानी खान पनि बहादुर छ, पानी प्यून पनि बहादुर – नेपालीको बहादुरीको ख्याति अन्तर्राष्ट्रिय नै हुने गर्छ । त्यो अरूले होइन, पानी खाएर नै भएको हो । सत्य कुरा के भने नेपाली यथोचित बहादुर छन् । अङ्ग्रेजहरूले नालापानीको युद्धमा पानी बन्द नगरिदिएको भए हाय ! नेपाली नै विजेता हुने थिए । किनकि जन्मजात जितुवा बहादुर नेपाली पानी पिएर वा पानी खाएर मात्र पनि लड्न सक्ने बल प्राप्त गर्थे । आज विश्वभरि नेपालीको जुन डायस्पोरिक पहिचान हुन्छ, त्यस बेजोड बहादुरीको परिचय नै पानी हो, पानी ।

पानीलाई अमृत भन्ने सम्बोधन पनि छ । एउटा स्वर्गलोकमा हुने गर्छ, जो नमरी संसार देखिन्न भन्ने उखानमा निहित रहन्छ र जो कसैले देखेखाएको छैन । अर्को पृथ्वी लोकको अमृत जो हामी सबैले खाएका पिएका छौं र त स्टिलका हड्डीकरङ बनाएर सगरमाथा र ऊजस्ता तमाम हिमशिखरको पहरेदारी गरिरहेछौं । आओस् त कोई पानीमरुवा भुत्ते ? त्यसलाई त्यहीँ पानी देखाइदिन्छौं हाम्रा आँतको, नेपाली जातको । ठीक यही गर्व खाडीवासीलाई छ र यहाँको सारा जीवनरस पानी भएर त्यहाँ पुग्छ, आफूसँगै सारा रसरसायन खानी भएर त्यहाँ पुग्छ, आफूसँगै सारा रसतŒव बोकेर त्यहाँ खाडीमा नपुगुन्जेल त्यो क्षारीय, तैलीय, अम्लीय आदि गुणमा मिश्रण भई अर्कै तŒव तयार हुन्छ, जसलाई हामी पेट्रोलियम पदार्थ भन्छौं । चाहे यसको उत्पत्ति पानीबाट नभई अन्य कुनै खानीबाट भएको किन नहोस् । यो जीवन पनि हो समग्र प्राणीवर्गको । पानीविना जीवन असम्भव छ । यसैले स्वतः पानी जीवन हो । यति मात्र होइन, पानी भुवन वा वन पनि हो । के पानीविना, भुवनविना, वनविना एक–आपसी अस्तित्व रहन्छ त ? तैलीय दृष्टिले हाम्रो देश मरुभूमि हो भने हामी मरुभूमिका जहाजजस्ता बनेकाले हामीलाई कस्तो उपयुक्त नाम दिने ? पानीविना प्राणीको जीवन कष्टकर हुँदाहुँदै पनि धेरै दिनसम्म आफ्ना पेटमा पानी सञ्चय गरेर त्यसबाट बाँच्ने कला सिकेको जनावर हो ऊँट । भनिन्छ ऊँट छ महिनासम्म आफ्नो पेटमा भरिएको पानीले जीउन सक्छ । हामी कति निकम्मा ? हामी त्यही ऊँटले जति पनि पानी जगेडा राख्न सक्दैनौं आ–आफ्ना उदरगर्तमा । के हामी पानीआन्द्रे रहेछौं त ? तर ऊँटको शरीर–विज्ञान र मानव–शरीरविज्ञानमा अवश्य ताŒिवक अन्तर छ, नत्र त्यो कुरूप प्राणी सदासर्वदा पानीका दृष्टिले सुरुप प्राणीसरह मानव भारवाहक मात्र किन भइरहन्थ्यो होला र ? सिक्नुपर्छ मानवले ऊँटबाट पनि पानीप्रयोग पद्धति ।

जुन दिन समग्र सृष्टि पूर्वीहरूका दृष्टिमा पानीमय थियो, मधुकैटभजस्ता राक्षसका अङ्गप्रत्यङ्गबाट धर्तीको काया तयार भयो तैपनि तीन भाग पानी अझ्ै छ । चार–चारवटा महासमुद्रमा पानी नै पानी छ जसमा जलचर, स्थलचर, गगनचर र उभयचर प्राणीको जिन्दगानी निर्भर छ । पृथ्वीको परिधान नै समुद्र भइदिएको छ, बगेको पानी नै कपालको चुल्ठो रहेको छ । पानीका दृश्य अदृश्य कीरा नै हामी हौं । दृश्यमान कीटपतङ्गको जनसङ्ख्या तोकिएला तर अदृश्य प्रतीयमान वा अनुमानित कीटतिर कहीँ कतै जनसङ्ख्याविद्को नजर अहिलेसम्म गएको छैन न त सरकारी चासो नै देखिएको छ । सात अर्ब मानवीय जनसङ्ख्याको अनुपातमा जलचर वा उभयचरको जनसङ्ख्या लिने योजना बनाउन कसलाई टाउको दुखाइ छ र ?

पानीको मुलुकमा जन्मन पाएका हामी पर्याप्त मात्रामा पानी उत्पादन त गर्छौं तर त्यो पानी बेमौसमी बनिदिएको छ । फलतः न समयमा खेती हुन सक्छ, न समयमा फसल भित्रिन सक्छ तैपनि हामी काकाकुल होइनौं, जो पानीका निम्ति गुहार लगाउँदै आकाश थर्काउँछ । हाम्रा पानीका स्रोत असङ्ख्य छन् तर यो पानी रोकेर वा बोकेर राख्न हामी सक्दैनौं । पानीको धर्म हो बगाउनु । पानीको कर्म हो बचाउनु । पानी समग्रमा एक विशाल शक्ति, जलशक्ति हो । तपाईं चाहनुहुन्छ भने पानीलाई सर्वत वा अमृत बनाउन सक्नुहुन्छ, मद्य वा विष बनाउन सक्नुहुन्छ । चाह्यो भने शिवजीका जटामा चुहाउन सक्नुहुन्छ, रुद्राभिषेक गरेर अथवा सोझ्ै कुइगन्धे शरीर नुहाउन सक्नुहुन्छ तर नेपालीहरू अब कसैलाई राज्याभिषेक गर्ने छैनन् । किनकि हाम्रो देशमा गणतन्त्र आइसक्यो अर्थात् राजारहित । वीरेन्द्र नै राज्याभिषेक हुने अन्तिम सौभाग्यशाली राजा हुन्, उनलाई सुवर्ण कलशद्वारा अभिषेक गरेर राजगद्दीमा बसाइएको थियो तर यो सुनौलो अवसर ज्ञानेन्द्रलाई उहिले पनि मिलेन, अहिले पनि मिलेन । यिनलाई त्यो सौभाग्य भने प्राप्त भइछोड्यो कि उनी दुई–दुईपटक राजा पनि भए, नेपालको राजतन्त्रका अन्तिम सामन्त पनि भए । यो सब पानीप्रधान मुलुकको विशेषताबाहेक केही होइन ।

हाम्रो ध्यान आज पनि नेपाली जलशक्तिमा केन्द्रित छ । मलाई पानीले घट्ट चलाएर पीठो पिसिन्छ भन्दा आश्चर्य लागेको थियो । त्यो घट्टको संरचना र पानीले शक्तिको काम गरेको देखेर ढिकी पनि चल्न सक्ने कल्पना गरेको थिएँ, केही वर्षपछि नेपालमा पानीढिक्की चल्न थाल्यो भन्ने सुनेपछि मलाई धेरै गौरवबोध भएको छ । हावा पनि पानीजस्तै अर्को भरपर्दो एक शक्ति नै हो, धेरै ठाउँमा हावाबाट विद्युत उत्पादन हुन लागेको छ तर पानी नै अहिले विश्वमा विद्युत–उत्पादनको प्रमुख माध्यम बनेर रहेको छ । हामी हाम्रा बोटमा फुलेको फूल र फलेको फल चाहेका बेला खान पाउने गरी सुरक्षित राख्न सक्दैनौं – पानी त जति छ जे छ त्यो सबै बग्छ, बगेर छिमेकीको भूमिलाई खूब राम्ररी सिञ्चित गर्छ । तैपनि आफ्नो धर्म पूरा गर्छ । मलाई पानीबाट बिजुली निस्कन्छ भनेको सुन्दा त्यति आश्चर्य लागेको थिएन । किनकि दुई ढुङ्गा आपसमा ठोक्किँदा त्यहाँ आगाका झ्ल्किा देखेको थिएँ । मेघदूत पढ्दा धूमज्योतिः सलिल मरुतां सान्निपातः क्व मेघः ? पनि बुझने कोसिस गरेको थिएँ । आकाश कराएको र चट्याङ परेको पनि देखेसुनेकै थिएँ । यस्तो लाग्थ्यो — यो संसार शक्ति–शक्ति मिलेर बनेको महाशक्ति हो । शक्तिको खातैखात हो । सौर्यशक्तिले कम्ती ऊर्जा प्रक्षेपण गर्दैन, त्यो जम्मा गरेर कार–मोटरमा भर्ने प्रविधिको विकासमा नेपाली युवाहरू किन लाग्दैनन् ? हामीसँग ढङ्ग छैन । हामी अझ्ै त्यस्तो कला सिक्न सक्ने भइसकेका छैनौं, हाम्रो सरकार त्यस्तो शिक्षापद्धति लाउन सक्दैन । अब साँच्चै नयाँ नेपाल बनाउने हो भने पानीलाई पेट्रोलमा बदल्ने प्रविधिको विकास हुनु जरुरी छ । किनकि नेपालको दुर्भाग्य भनेको पेट्रो–हीनता र समुद्री बन्दरगाहको अभाव हो । यदि हामीले हावा, सूर्य, पानीलाई धर्ती र आकाशका कस कसमा गरिने कविगोष्ठीमा होइन देशविकासमा गरिने महान् ज्ञानयज्ञमा मुख्य आचार्य बनाउन सक्यौं भने अवश्य पनि शक्तिलाई यथामति, यथारुचि, यथावश्यक, यथेच्छा, आ–आफ्ना यातायातका साधनमा वा मेसिनरीहरूमा प्रयोग गर्न सक्नेछौं । यी महŒवाकाङ्क्षी कामकुरालाई यथार्थमा परिणत गर्न सक्यौं भने मलाई लाग्छ, त्यो दिन नेपालको मात्र होइन, विश्व इतिहासमा नै सम्पूज्य कार्य हुन सक्नेछ । म कामना गर्छु – हाम्रा इन्जिनियर, त्यसका प्रयोक्ता, उपभोक्ता, अभियोक्ता वा कार्यकर्ता, भ्रातृसङ्गठन, भूमिगत, अर्धभूमिगत, विक्षिप्त वा विशिष्ट सबले सोचून् – किन हामी संसारमा अरूले गर्न नसकेको काम पूरा गरेर देखाइदिन सक्दैनौं ? धेरै कुरा चाहिएको होइन, पानीऊर्जाबाट अथवा सौर्यऊर्जाबाट अथवा हावाऊर्जाबाट यातायातका साधन चल्ने र बिजुली बल्ने हो भने विश्वबाट लोडसेडिङ पनि खतम हुने थियो । यस चिन्तनका अर्थमा मानिस किन मौन ? विद्युत्को वैकल्पिक ऊर्जा आजको आवश्यकता हो कि होइन ? यो राज्यको निर्देशक सिद्धान्तभित्र त पर्दैन नै । यदि हामी जनताले पनि त्यसै गर्ने हो भने हामीलाई त्यही पानीले बगाएर मार्नेछ । हामी काना कौडीका रहने छैनौं । यस मानेमा विदेशिन सक्ने युवाशक्ति किन मौन ? स्वदेशलाई स्वर्ग बनाउन सक्ने युवा हातहरू खोई कहाँ छन् ? सत्ताको भागबण्डा र राजकीय शक्ति हत्याउन तल्लीन त्यो वर्ग कुन मुसाका दुलामा लुकेको छ र आत्मनिर्भरताको राजमार्ग निर्माणमा ढिलाइ भइरहेछ ? ज्ञानेन्द्रका ठाउँमा जोसुकै आए पनि र जस्तासुकैले राज्य चलाए पनि जबसम्म हामी आत्मनिर्भरताको मार्गमा अग्रसर हुन सक्दैनौं, तबसम्म सदनको गर्जनले सडकमा गाडी पनि गुड्दैन, राजनीतिक इच्छाशक्तिले पेट्रोलियम पनि आपूर्ति हुन सक्दैन । यस दृष्टिले आज जे आवश्यक छ, त्यसतिर नलागेर दुनियाँका आँखामा छारो हाल्नेतिर लाग्नु बेइमानीको पराकाष्ठा हो । नागरिकहरूले स्वविवेक, स्वविचार र स्वयोग–क्षेमलाई पानीलाई पेट्रोलमा बदल्ने प्रक्रियामा खर्चिनु जरुरी छ ।

खोई हाम्रा वैज्ञानिक ? खोई नेपालीले विज्ञानका क्षेत्रमा प्रगति, गौरव र गर्व गर्ने ठाउँ ? खाली मेरो सगरमाथा र मेरो धरहराको उचाइ यति र उति छ भनेर कहाँ बिजुली बल्छ ? कहाँ गाडी चल्छ ? यस्ता कुराले देशविकास पनि असम्भव छ । विज्ञान अध्ययन संस्थान भनेको अर्काले परीक्षण गरेका र पत्ता लगाएका कुरालाई रट्ने र रटाउने मात्र त होइन होला । विज्ञान र प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) भनेको अर्थहीन दौड लगाउने संस्था बन्यो भने त्यो नेपालीका निम्ति ठूलो विडम्बना हुनेछ । जबसम्म विज्ञान जगत् तात्दैन, बीँड तातेर मात्र केही पनि हुनेवाला छैन । विज्ञान मन्त्रालयको रवैया यस्तै हुँदै जाने हो भने विशाल मूत्रालय बनाइदिए हुन्छ । मन्त्रीहरूलाई त्यसैका जन्ती । देशका वैज्ञानिकहरूलाई प्राज्ञिक भत्ता, योजना, अवसर प्रोत्साहन र प्रेरणा दिएर खोज–अनुसन्धानमा निरन्तर लाग्नुपर्ने वातावरण तयार हुने हो भने लाग्छ हामी पराधीनता र परनिर्भरताबाट नितान्त मुक्त हुने थियौं । हाम्रो पानी नदीहरूबाट त्यसरी नै बग्दै–बग्दै जानेछ र विदेशीहरूलाई धनी र सम्पन्न गराउन मात्रै हामी तल्लीन रहेनेछौं भने हाम्रो अवस्था जहाँको तहीँ चिसिइरहनेछ र हामी सधैंका पानीमरुवाका पानीमरुवा । अब एक मुठी पानी हातमा लिएर सङ्कल्प गर्नुपर्ने भयो किनकि विनासङ्कल्प हामी केवल विकल्पमा मात्र रहने भयौं । अरबको तेल पिएर हाम्रा घोडा कदापि बलिष्ठ हुन सक्दैनन्, हाम्रा युवा स्नातक बन्न सक्दैनन् । विदेशीको प्रविधि प्रयोग गरेर स्वयं स्वतन्त्र बन्न सकिँदैन । किनकि त्यो आयातीत प्रविधि हो । मौलिक संस्कृति नै वस्तुतः आफ्नो हो र त्यसमा हाम्रो धुकधुकी सन्निहित छ । हामी गणतन्त्रमा गएर देशमा पेट्रोलको खानी फुट्ने पनि होइन, सङ्घीय राजनीति गरेर पनि डिजेलको अभाव आपूर्ति हुने होइन । त्यसले हाम्रा देशमा पेट्रोलको छहरो खस्ने पनि होइन । यदि यस्तै नै हो भने फेरि पनि हामी अघोषित दास नै हुनेछौं र हाम्रो पहिचान कानो कौडीको भन्दा कम रहनेछ । पानीमरुवाको देश र त्यहाँका निवासी हामी बाहेक कोही हुने छैन । हामीलाई त्राण चाहिएको छ बाँच्न कमसेकम पानी परमेश्वरको कृपाबाट एक मुठी हावा, एकबित्ता धरती र एक लौरो आकाश अनि फेरि चाहिएको छ एक लर्को उज्यालो । – भरतपुर, चितवन


Tags: डा. नारायणप्रसाद खनाल
अघिल्लो पोष्ट

मदन–शिला साहित्यिक पत्रकारितावाट दुवाल र पन्त सम्मानित हुने

पछिल्लो पोस्ट

नेपाली कविहरूका कविता उर्दु भाषामा

डा. नारायणप्रसाद खनाल

डा. नारायणप्रसाद खनाल

सम्बन्धित पोष्टहरू

देवीको वास खयर भारानी ताल
निबन्ध

देवीको वास खयर भारानी ताल

१३ भाद्र २०८१, बिहीबार
शून्य नै अन्तिम सत्य
निबन्ध

शून्य नै अन्तिम सत्य

२७ बैशाख २०८१, बिहीबार
अतिरिक्त मूल्य
निबन्ध

अतिरिक्त मूल्य

९ चैत्र २०८०, शुक्रबार
प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो
निबन्ध

प्रगतिवाद भनेको वैज्ञानिक चिन्तन हो

१४ माघ २०८०, आईतवार
पछिल्लो पोष्ट
नेपाली कविहरूका कविता उर्दु भाषामा

नेपाली कविहरूका कविता उर्दु भाषामा

बङ्लादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन

बङ्लादेश नेपाल फ्रेण्डसिप सोसाइटीको पुनर्गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

नाटक ‘क्लेशाः’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन

२३ फाल्गुन २०८०, बुधबार
चाबी

चाबी

२२ फाल्गुन २०७७, शनिबार
बाह्रखरीलाई कथा आह्वान

बाह्रखरीलाई कथा आह्वान

२२ फाल्गुन २०७८, आईतवार
जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२३ बैशाख २०८२, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक