प्रश्न गरूँ शून्यमा शून्य थप्दा कति हुन्छ ? यद्यपि म गणितको विद्यार्थी होइन, छात्रजीवनमा हिसाबका कुरा मात्र गर्दा पनि पिसाब लाग्न खोज्थ्यो तर शून्यबारे म त्यति ज्ञानशून्य छैन र शून्यको अङ्कीय गणना त्यसैले शून्य एकाइमा जब अर्को शून्य एकाइ थपिन्छ, तब यति मात्र उत्तर दिनेछु – दुई शून्य । यदि गणितीय सिद्धान्तमा अर्को कुनै मान्यता भए क्षमा चाहन्छु – म गणितको निर्धो हुँ ।
देवकोटाले भनेका थिए – म शून्यमा शून्यसरी बिलाएँ । मलाई डर लागिरहेको छ मेरो हिसाबको उत्तर पक्कै बिग्रियो, किनभने देवकोटा विज्ञानका छात्र हुन् क्यारे । विज्ञान अर्थात् गणित ! इन्द्रनाथ अर्याल देवकोटासाहित्यको आलोचना र विश्लेषण गणितीय सिद्धान्तका आधारमा गर्न रुचाउँछन् । उनी गणितका शिक्षक । रातदिन गणित खानु गणितै प्यूनु छ – नगरून् पनि किन । म गणितमा साहित्य अथवा साहित्यमा गणित अन्वेषण गर्ने देवकोटा हुन सकिनँ न त देवकोटासाहित्यमा गणित अन्वेषक अज्र्याल नै हुन सकेँ । यी दुर्ईप्रति नतमस्तक छु ।
समले भनेका थिए – अगाडि एकको शून्य अज्ञान र असत्य हो । साँचो हिसाब यहाँनिर आयो – आईएस्सी पढेकाहरूले हिसाबकै फित्ताले साहित्य पनि नाप्न खोज्दा रहेछन् । मलाई देवकोटा शून्यमा शून्यसरी बिलाएको औधि मनपर्छ तर समलाई शून्य अज्ञान र असत प्रतीत भएको देख्दा आईएस्सीको हिसाब पढ्दा कतै मलाईझ्ैं पिसाब त लाग्न खोजेको होइन ? यो कस्तो अकल्पनीय तर्क ? अनि त्यत्रो दर्शनशास्त्रका पण्डित, बुद्धिवादका प्रयोक्ता समलाई शून्यप्रति कसरी भ्रान्ति पैदा भएको ? किन भनेको हो – ब्रह्म सत्यं जगन्मिथ्या ? अनि फेरि किन भनियो – खम्ब्रह्म ? शून्यको अर्थ आकाश हो, जसको व्यापकता घाम–जूनझ्ैं छर्लङ्ग छ । त्यस्तो सर्वव्यापक शून्य तŒव कसरी अज्ञान र असत्य सम्भव हुन्छ ? म त समज्यूलाई अझ्ै भन्न चाहन्छु – जुन कुरा सत्य हो त्यसैको छेउमा रहेको वस्तु नै सत्य र अज्ञान कसरी हो ? घुम्दै–फिर्दै हृदयमा लेखनाथको स्वरलहरीले हल्का हल्लाउन थाल्छ –
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झ्ल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी ।।
– शरद्, २५ श्लोक
हेर्दाहेर्दै सूर्यका वरिपरि घुम्ने बादल पो असत्य र अज्ञान रहेछ जस्तो लाग्न थाल्यो । तर शून्य कहाँ हुनु अज्ञान र असत्य ? त्यो शून्य नै वास्तविक सत्य रहेछ – खम्ब्रह्म भनेझ्ैं शून्यको पछाडि आउने प्रत्येक अङ्क मजस्ता हिसाबको निर्धालाई असत्य र अज्ञान हो समले भनेझ्ैं ठीक विपरीत । अत: ०१ मा रहेको एक हो अज्ञान र त्यही नै हो असत्य पनि । वस्तुत: शून्य आकाशमा देखिने जुन बादल हो, त्यस्तै हो १ । अनि भएन त एक उपाधि ? उपाधि पहिले पनि असत्य नै हुन्छ, जसले सत्य वस्तुलाई ढाक्छ र सारा वेदान्त जसका पर्दा हटाएर तत्वदर्शी बन्न चाहन्छ । जसरी घटाकाश र मठाकाश महाकाशका सामु अज्ञान र असत्य हुन्छन् । किनभने घैँटो फुटेपछि र घर भत्केपछि घटाकाश र मठाकाशको अस्तित्व असत्य भएकाले रहँदैन, त्यसरी नै शून्य र एकलाई पनि लिन सकिन्छ । एक एक थपिँदै जाँदा जब यसले अनन्तको स्वरूप लिन्छ तब स्वत: शून्यमा परिणत हुनुपर्छ । यसैले तŒवदर्शीहरू शून्यमा ब्रह्मतŒव देख्न चाहन्छन् । सत्य जे छ त्यही नै सदा–सर्वदा स्थिर हुन्छ । झ्ट्टै समजी किन यस्ता कुरामा चुकेका हुन्, मलाई ठम्याउन अप्ठ्यारो परिरहेछ ।
म त भन्छु शून्य शृङ्गार रसको सखा हो । रसलाई वेदान्तीहरूले निकै सराएका छन् – रसो वै स: । रस नै परब्रह्म हो । म यसलाई मान्छु किनभने शृङ्गार रसका निम्ति एकान्त, निर्जनता या शून्यता अपरिहार्य छ । विशेषत: सम्भोग शृङ्गारका निम्ति । शून्य वासगृहं विलोक्य – साहित्यिक रस परब्रह्म नै त होइन, तर ब्रह्मास्वादसहोदर हो, अझ् भनूँ करिब–करिब ब्रह्मतत्व नै पनि । यसैले शून्य शृङ्गार रसको उद्दीपक हो । अत: शून्य न भ्रम हो, न अज्ञान हो, न असत्य नै । जुन सत्य स्वरूप शून्यका वरिपरि घुम्ने हामी छौं, असत्य हामीभन्दा पृथक् के हुन सक्छ ? तर शृङ्गार शृङ्गार नै हो, जुन विना सृष्टिको परिकल्पनासम्म गर्न सकिँदैन । सृष्टिको ज्वलन्त उदाहरण मान्छे वा यावत प्राणीको फोक्सोमा रहेको आकाश वा शून्य तत्व नै हो, विनाआकाश कहाँ सम्भव छ जीवन ? जहाँ आकाश छैन, त्यहाँ वायु बहँदैन र जीवन पनि रहँदैन । आकाशबाट वायु अलग्गिनु त्यही हो शून्य र सत्य पनि त्यही नै हो । किनभने हृदयाकाश गएर महाकाशमा मिल्छ र महाकाशमा मिलेको हृदयाकाश घटाकाश र मठाकाशझ्ैं असत्य हो जस्तो मलाई लाग्दैन । किनकि चैतन्यको अशून्यता सर्वत्र प्रसिद्ध भएकै कुरा हो । अब गहिरिएर पाठकवृन्दलाई यस अलमलले वेदान्तको कखरा पढाउनुपर्ने बाध्यता सिर्जना हुने भयो । हुन पनि यसै बहानामा दर्शनको स्पर्शन हुन सके जीवनको सफलता खोज्न अन्त धाउनु पनि पर्ने भएन, फाइदै छ । सम एक विशिष्ट साहित्यकार भएर पनि शून्यमा सत्यता देख्न सकेनन् । यो सायद उनको क्षणिक चिन्तनको परिणाम हो कि ! उनले शून्यमा ज्ञानको लेश पनि पाएनन्, वेदान्ती आँखाले हेर्ने उनको त्यो गम्भीर दृष्टि यति बेला कता लर्खरायो, किन लर्खरायो ? अहिले म उनैले भनेझ्ैं अज्ञानताका दासताका कारण उनलाई सम्झ्न्छु कि आश्चर्यमा पर्छु ।
शून्यमा शून्यझ्ैँ बिलाउने सिद्धान्तका प्रवर्तक देवकोटामा लादिएको ज्ञानभन्दा सहज ज्ञान र आभ्यान्तरिक ऊर्जाको खोलो बग्दथ्यो र नै उनी सत्यमा सत्यझ्ैं बिलाएका हुन्, दर्शन साहित्य र गणितको त्रिकोणात्मक ताल मिलाएका हुन् । लेखनाथले उपाधिशून्य शून्य आकाशलाई कल्पनाशून्य योगीको शून्य हृदयसँग तुलना गरे पनि लेखनाथ, देवकोटा र समको तुलनामा म आफ्नो गणितीय ज्ञान र दार्शनिक चिन्तनका कमी–कमजोरीलाई उजागर गरेर कुख्यात बन्न चाहन्नँ । बरु शून्य एकको अगाडि वा पछाडि जहाँ जसरी रहे पनि शून्यकै बलले एकको अस्तित्वबोध भएझ्ैं शून्यलाई नै सदा–सर्वदा सत्य र ज्ञानमय नै पाउँछु, मेरा पूर्वजको अस्तित्व शून्यमै त छ – शून्यमादाय लोकोयं वेदान्तमधि गच्छति ।