सन् १९४५ मई १२ मा तानसेन पाल्पामा जन्मेकी गङ्गा लिगल सिर्जनशील नारी स्रष्टा हुन् । साहित्यका कविता विधामा सशक्त रुपमा कलम चलाउँदै आएकी लिगलको गङ्गाका तरङ्गहरु प्रकाशित पाँचौँ कृति हो । उनका हालसम्म बिहानी, गङ्गाको लहर, आमा, गङ्गाका तरङ्गहरु, सङ्गीतको आभास, सागरपारि जस्ता कवितासङ्ग्रहहरु, युगज्योति धार्मिक लेखरचनाको सङ्गालो, ऐना कथासङ्ग्रह, ममताको खास्टो र सखीवियोग खण्डकाव्य, पत्रमञ्जुषा पत्रसाहित्य र लालीगुराँस गीतिसङ्ग्रह प्रकाशित छन् । यसरी उनले साहित्यका विभिन्न विधामा कलम चलाएको देखिन्छ । यहाँ उनको गङ्गाका तरङ्गहरु कवितासङ्ग्रहभित्रको ‘ईश्वर प्रेम हो’ कविताको संरचनात्मक अध्ययन गरिएको छ ।
अहिले उनी ह्युस्टनमा अनेसासको च्याप्टरको संस्थापक अध्यक्ष भई भाषा कक्षा चलाउने र लेखन प्रकाशनलाई अगाडि बढाइरहेकी छिन् ।
० हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
मैले अर्को एउटा उपन्यास लेख्न शुरु गर्न लागेको छु । र यसैगरी एउटा नयाँ अनि छोटो विद्या “बाछिटा” लेख्न शुरु गर्दैछु । यो बाछिटा छोटो, मिठो र थोरै अक्षरमा धेरै कुरा समावेश गर्न मिल्ने भएकोले मलाई मन पर्यो ।
० प्रत्येक स्रष्टाको साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नो किसिमको दृष्टिकोण हुन्छ तपाईको दृष्टिकोण के हो ?
मलाई लाग्छ सबभन्दा पहिले अक्षर, शब्द र वाक्यको संयोजन कस्तो छ ? त्यसपछि सुन्दर अक्षर पनि एउटा आकर्षण हो । अर्को लेखाइको व्रmमबद्धता कस्तो छ त्यसलाई पनि हेरिन्छ । सुन्दर शब्दको संयोजनले लेखलाई सुन्दरता झल्काउन मद्दत गर्दछ । यही नै सबै कुरा भएकोले यसैलाई पछ्याउने प्रयास गर्छु ।
० तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नु हुन्छ ?
जसमा भावपूर्णता, सान्दर्भिकता अनि शुद्धता पनि होस् साथै व्यङ्ग्यात्मकता नभएर शुद्ध आचरणको प्रवेश, जसमा देशप्रतिको अगाध माया पनि झल्किएको होस् । साथै राष्ट्रप्रेमको भावना ओतप्रोत भएर सबैको मनलाई आकर्षित गर्न सकोस् ।
० साहित्यकारहरुको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रष्ट पारिदिनुहोस् ।
साहित्यकार भनेको केवल आफ्नो स्वार्थ र फाइदाको लागि लेख्ने नभएर परिवार, समाज र राष्ट्रको आवश्यकता र चाहनालाई आफ्नो दायित्वको रुपमा लिन सक्नु ठूलो उपयोगिता र दायित्वबोध हुनेछ । जसमा सम्पूर्ण गुणकारी कर्तव्यहरु निहित हुन्छन् । यस्तै खालको दायित्वबोध हुनुपर्छ जस्तो मलाई लाग्दछ ।
० हालसालको साहित्यलाई तपाईले कसरी हेरि रहनु भएको छ ?
हालको साहित्य पहिलेभन्दा फरक पाइन्छ । पहिलेको लेखनमा अक्षर, शब्द छुट्टिनु केही बेमेल हुनुमा फरक मानिन्थ्यो । भाव सरल अनि अध्यात्म पनि बढी जोड दिएर लेखिन्थ्यो तर आज शुद्ध अक्षरमा बढी ध्यान दिनुका साथै बढी व्यङ्ग्यात्मकतामा लेखिने गरेको पाइन्छ । साथै राजनैतिकताको बढी मिश्रण भएको पाइन्छ ।
० तपाई कुन कुन साहित्यकार चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
म बढी त लक्ष्मीप्रसाद देवकोटा, साथै भानुभक्त आचार्य र सिद्धिचरण श्रेष्ठबाट प्रभावित छु भने अरु साहित्यकारहरु पनि सबै मन पर्छन् ।
० तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? तपाईको साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुन विधाको लेख, रचना उल्लेख गर्नुहोस् ।
मेरो लेखकीय जीवन ९, १० वर्षको बाल्यकालदेखि नै शुरु भएको हो । मेरा अति मिलनसार बालशखा श्री लक्ष्मी मल्लको अचानक तानसेनको रानीघाट (गण्डकी नदी) मा भुँवरीले तान्दा देहावसान भएको खबरले म स्तब्ध भएँ । अचानक मलाई “सखी वियोग”को शब्द आयो मेरो मनमा । म घर कसरी पुगेँ थाहा भएन । कोठा पुगेर हातमा कलम कापी च्यापेर “सखी वियोग” शीर्षक राखेर खुरुखुरु पाँच पाराग्राफको कविता तयार गरें । त्यही काम जीवनपर्यन्त रह्यो । एकदिन पनि नलेखी सुत्न नसक्ने भएँ । लेख्दालेख्दा धेरै लेखेँ । साथी जो मेरो साहित्यकी पे्ररणा पनि हुन् उनको स्मृतिमा पुस्तक नै लेख्ने प्रण गरेँ ।
मेरो जन्म पाल्पा तानसेन पछि कर्मथलो भैरहवा सिद्धार्थ नगर भयो । त्यही द्य।ब्। गरेँ त्।ग्। बाट :।ब्। गरेँ, क्याम्पसमा पढाएँ । उप प्रध्यापक भएपछि अमेरिका पुगेँ । सम्पूर्ण साहित्य साधना त्यहीँ गर्ने मौका मिल्यो । मेरो लेखनको पहिलो विधाको रुपमा कविता नै बन्न गयो । मेरो पहिलो कवितासङ्ग्रह बिहानी हो । त्यसपछि मैले सखी वियोग (खण्डकाव्य) लेखिसिध्याएँ । अनि वासिङ्गटन डिसीबाट उक्त पुस्तक विमोचन भयो ।
० तपाईलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताई दिनु हुन्छ कि ?
मेरो प्रेरणाको स्रोत मेरी बालसखा लक्ष्मी मल्ल हुन् । उनको अचानक देहावसानले ममा अचानक साहित्य सिर्जना हुन गयो, जसको शीर्षक बन्न गयो “सखी वियोग” ।
० तपाईंले विविध विधामा कलम चलाउनु भएको छ । कुन विधाको लेखनमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
म कविता विधामा नै अत्यन्त सन्तुष्ट छु । किनभने यो मेरो पहिलो र अति मिलनसार साथीको प्रेरणाप्रदत्त विधा हो जस्मा उसको माया अनि छायाँ पनि छ । म यो कहिले पनि भुल्न सक्दिनँ ।
० साहित्यकारको रुपमा तपाईको सही मूल्यांकन भएको छ कि छैन ?
सायद भएको छैनजस्तो लागेको छ । समाजमा आफ्नो या आफ्नो नजिककाहरुको मूल्यांकन मात्र भएको र गर्न तत्पर रहेको जस्तो मैले महसुस गरेको छु ।
० साहित्य र राजनीतिमा कस्तो समानता वा असमानताको अनुभव गर्नु हुन्छ ?
मलाई पूर्ण रुपले लाग्छ साहित्य एक अति पवित्र शब्द हो तर राजनीति धेरै फरक लाग्छ । किनकी त्यसमा विविध ओल्टेकोल्टे भावनाहरुले स्थान लिएको हुन्छ ।
० कृपया तपाईको शब्द संयोजनको यात्रा र साहित्यिक सृजनाका जीवनयात्राहरु बताई दिनुहोस् ।
शुरुमा शब्द संयोजनको त्यत्ति महत्व थिएन त्यसैले सरासर लेखिन्थ्यो । पछिल्लो समयमा यस्को महत्वले यो यात्रा गर्न सजिलो पनि भयो ।
० लेखक स्वतन्त्र हुनुपथ्र्यो, तपाईको विचार के छ ?
हो वास्तवमा लेखक स्वतन्त्र हुनुपर्छ । उसले आफ्नो भावना र विचार प्रष्ट्याउने सुअवसर प्राप्त गर्न पाउनुपर्छ । यदि देश र समाजको हित चाहेर ऊ लेख्न खोज्छ भने उसलाई लेख्न स्वतन्त्र छोड्नुपथ्र्यो ।
० एकजना सफल लेखक हुन, के के गुणहरु आवश्यक हुन्छ ? तपाईको विचार राख्नु होस् ।
सबभन्दा पहिले संयमता, निश्चल भावनाको जागरुकता अनि लगनशीलता र परिश्रम ।
० तपाई एकजना साहित्यका वरिष्ठ लेखक हुनुहुन्छ । राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा तपाई आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ ?
उच्छृङ्खलता होइन, म आफूलाई संयमता, उदारता अनि भावुकताको प्रदर्शनबाट साहित्यको गहनता प्रस्तुत गर्न चाहन्छु ।
० नेपालका प्रज्ञा प्रतिष्ठानहरु लेखक कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्याे । तर त्यसो नभई नेपाल सरकारको कार्यालयजस्तो भयो । यस भनाइप्रति तपाईको टिप्पणी के छ ?
हुन त हो प्रत्येक विषयको आ–आफ्नो क्षेत्र हुन्छ । स्वतन्त्रतापूर्वक काम गर्ने मानव अधिकार पनि हो । तर त्यस्तो प्रणाली हाम्रो समयले अवस्थाले साथ नदिएर हो वा यो क्षेत्रलाई जस्तो गरे पनि हुन्छ भन्ने हो वा स्थिति र व्यवस्थाको चयन गर्न पूँजीले नपुगेर हो नेपाल सरकारको कार्यालयजस्तै भएको छ पनि ।
० जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
जीवनमा निराशापन आए पनि म त्यसलाई सजिलैसँग पखालेर सलल बगाई दिन्छु । तर लेखकीय जीवनबाट त म कहिल्यै पनि निरास भिœयाउने गरेको छैन । कुनै पनि समयमा कुनै पनि अवस्थामा कुनै पनि कष्टमा सबैलाई समेटी यो जीवनलाई निरन्तरता लगाएर उभ्याएरै छोड्छु भन्ने लाग्थ्यो । म कहिल्यै निराश भइनँ बरु खुशी पस्केर लेखनमा आनन्द लिन्छु ।
० दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरु बारे कही भनी दिनु हुन्छ कि ?
जीवनका समकालीन क्षणहरु भन्नुपर्दा बाल्यकालको क्षण आनन्दमय नै हुन्छ । सबैलाई त्यसपछिको समय एउटा जिम्मेवारी र दायित्वको बोध समय आउँछ । त्यसमा कतिपय कष्टप्रद बाटाहरु दर्दघुलित घटना सबैको जीवनले पार गर्नैपर्छ । म त्यो समयलाई कुनै ठोस ठानेर सरलताको बोध भन्ने मर्म दर्शनतिर लाग्थँे किनकी मेरो साथमा मेरो प्रिय साथी साहित्य साथमा हिँड्थ्यो । मसँग साहित्य कहिल्यै अलग हुन चाहन्नथ्यो । ठूलो परिवारमा कतिपय कष्टबोध भए तापनि त्यसलाई निलेर यसैमा आनन्द लिने बानी बसिसकेको थियो ।
० तपाईको व्यक्तिगत र साहित्यिक जीवनका तीता मिठा अविस्मरणीय क्षणहरु छन् ? छन् भने बताई दिनु होस न ।
जीवनमा तीतामिठा घटनाहरु अवश्य आए, हुन्छन् पनि । ठूलो परिवारमा रातको १ बजे ओछ्यानमा पुग्नुपर्ने बेला पनि मैले आफूलाई धिक्कारिनँ । बरु सदाझै एउटा कविता लेखेरै आनन्द लिएर सुत्ने गर्थे । यो मेरो जीवनको तीतो क्षणको सत्य हो । यही साहित्यबाट आफूलाई जागरण दिएर खुशी तुल्याउँथे । यसरी मैले तीता क्षणलाई आनन्दमा बदल्थेँ । मिठा अविस्मरणीय क्षण भन्नुपर्दा अमेरिका पुगेपछि मजाले साहित्य साधना गर्ने मौका पाएँ । म बस्ने ठाउँमा साहित्य संस्था नहुँदा म वासिंटन डिसी पुग्थँे । २ वर्षमा मलाई ूँबmयगक एयभतभककू को उपाधि दिएर सम्मान गरे । त्यसपछित्भहबकमा नयाँ च्याप्टर खोलेर अ.ने.सा.स. ज्यगकतयल ऋजबउतभच को नामले संसारभरिको साहित्य कार्यक्रममा मलाई चुनेर संस्थापक अध्यक्ष बनाए । २ वर्षको अध्यक्षले ६ वर्ष चलाउन पर्दा नेपाली भाषा पाठशाला पनि खोलेर चर्चित बनाएँ ।
सबैले साहित्यकार भन्दा म आफैं के म साहित्यकार हो र भन्थें ? जब दुई पटकसम्म सर्वोत्कृष्ट पुस्तक पुरस्कारले विभूषित गरी सम्मान गरे त्यसपछि मात्र मैले म पक्का साहित्यकारै रहेछु भनी आनन्द लिएँ ।
० भविष्यमा तपाईको के योजना छ ?
विद्यावारिधि गरेर अझ यो साहित्यलाई जीवनको एक प्रमुख अंग बनाउने इच्छा थियो तर समयले साथ दिएको छैन । तर पनि यसैबाट जीवनको यश, कीर्ति अनि साहित्य जीवनको जीवन्तता हो, यसलाई अटल राख्ने विचार र योजना छ ।
० तपाईको खास केही अम्मल छ ?
मेरो खाने अम्मल त सधंै चाहिने नै फलफूल प्रिय हो । त्यसबाहेक मुख्य अम्मलचाहिँ साहित्य नै हो योविना एक क्षण पनि रहन मुस्किल हुन्छ ।
० तपाईको चाख कस्तो किसिमको हो ? खासगरि खानपिन र साथीसंगाती सबन्धमा ?
खासगरी म सबै प्रकारको भोजन गर्छु । शाकाहारीमै बढी, मांसाहारी कम मात्रामा अनि बढी फलहरु नै बढी खान्छु । त्यसबाहेक मलाई सत्सङ्घ अति मनपर्छ । भगवानप्रतिको आस्था, मूर्ति स्थापना, गीता अध्ययन यस्को सार दैनिक पठनपाठन र गुरु ज्ञान लिने गर्छु । बेला बेलामा कार्यक्रममा प्रमुख आतिथ्यता गर्नुपर्दा, ज्ञान, सत्सङ्घसम्बन्धी वाचन सुनाउन र शिक्षासम्बन्धी ज्ञान दिन मनपर्छ । म भन्ने गर्छु “ज्ञान संसारको अथाह सागर हो, ज्ञान परिपक्क साक्षात दर्शन हो, अज्ञानता शत्रु हो भने ज्ञान जीवनको आदर्श हो ।
०अन्तमा, जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
साहित्यकारहरुलाई विविध भाषा र तरिकाबाट सतर्क र उत्थान गर्ने योजना लिएर मलाई या साहित्यकारहरुलाई यसैगरी जागृत गर्ने अनि उत्थानका उपायबाट प्रश्नावलीले झंकृत पार्न खोज्नु जस्तो महान कार्य जुन गर्नुभएको छ यो त ठूलो महायज्ञ हो । जस्ले म जस्तोलाई जागरणको विगुल फुकेर मलाई विशेषमा ल्याउनुभएर हौसला दिनुभयो । यसले मेरो सामर्थमा अरु बल प्रदान गरिदिएजस्तो भयो । यो भन्दा ठूलो कुरा के हुन सक्छ र ? यस कार्यले मेरो जीवन कर्मलाई उत्थानको लागि प्रोत्साहन, प्रेरणा र जागरण थपिदिनुभएकोमा हार्दिक धन्यवाद छ ।