जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज संस्कृति

होली (फागु)

डा. चुन्दा बज्राचार्य डा. चुन्दा बज्राचार्य
प्रकाशित २२ फाल्गुन २०७९, सोमबार
संस्कृति भित्र
0
होली (फागु)

चिल्लाथ्व अष्टमी अर्थात फागुन शुक्ल अष्टमीदेखि ठाउँ ठाउँमा चिर ठड्याई शुरु हुने होली चिल्लाथ्व पुन्ही अर्थात फागुन शुक्ल पूर्णिमाको दिन चिर ढालेर चीरदहन गरिसके पछि मात्र समाप्त हुन्छ । होली पर्वलाई राष्ट्रिय पर्वको रुपमा सरकारले एक दिन राष्ट्रिय छुट्टि नै दिँदै आएको छ । होली शुरु हुने दिन चिर ठड्याइने भएकोले त्यस दिनलाई चिर अष्टमी नै भनिन्छ भने होली समाप्त हुने दिनलाई होली पूर्णिमा भनिन्छ ।


चीर ठड्याउने
बसन्तपुरको बाटो बीचमा हनुमानढोका अगाडि र पाटनको कृष्ण मन्दिर अगाडि आदि ठाउँ ठाउँमा भनी तीन तहको गोलो छत्रमा रंगीविरंगी कपडाका टुक्राहरु झुण्डयाएर लिङ्गो ठड्याइन्छ । हेर्दा तीन तह भएको छत्र झै देखिन्छ । पाटनको कृष्ण मन्दिर अगाडि रुखमा रंगीविरंगी कपडा झुण्ड्याएर चीर ठड्याइन्छ । चीरको अर्थ कपडा हो। विशेष गरेर आइमाईहरुले लगाउने कपडा हो। वास्तवमा रङ्गी चङ्गी कपडा टुक्रा टुक्रा पारेर छत्र बनाउनु भन्दा रुखमा फरफराएको कपडा चीरसँग
मिल्दो जुल्दो हुन्छ । यसरी चीर उठाउनु भनेको कृष्णाको समयमा अर्थात बैदिक कालमा गोकुलमा कृष्णले देखाएका विभिन्न लीलाहरु मध्ये एउटा रास लीलासँग सम्बन्ध भएको हो। गोकुलका गोपीनीहरु एकदिन यमुना नदीमा नुहाउन आफ्ना लुगाहरु नदी किनारमा फुकाली पानीमा खेल्दै थिए । त्यसै वेला कृष्ण पनि गोपीनीहरु नुहाइरहेको यमुना नदीमा आइपुगे । गोपीनीहरु सबैले लुगा फुकाली नुहाइरहेको देखेर कृष्णाले ती सबै लुगाहरु रुखमा झुण्डयाइदिएर उनीहरुलाई जिस्क्याउन थाले। कृष्णलाई खुसी पारे पछि सबैले आफ्नो आफ्नो लुगा लगाए । कृष्णले गोपीनीहरुको लुगा रुखमा झुण्डयाएको नै चीर उढाइ कपडा झुण्ड्याएको हो भन्नेहरु पनि छन्। श्री कृष्णले गोपीनीहरु सित रसरङ्ग गरेका हुनाले नै होलीमा विशेष गरी लोग्ने मान्छेहरुले आइमाईहरुलाई र आइमाईले लोग्नेमान्छेलाई अवीर, रङ्ग छरेर लोला, बेलुन हानेर खेल्ने चलन भएको हो। महिला पुरुष बीच मात्र नभई
महिला–महिला र पुरुष–पुरुष मान्छे बीच पनि अवीर दलेर, पिचकारीबाट रङ्ग हानेर, लोला बेलुनमा रंग भरेर हान्ने गरी होली खेल्ने चलन छ ।

होलीको नामाकरण
फाल्गुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिनलाई होली भनी नामाकरण गरिएको छ । नामाकरण कसरी भयो भन्ने बारे एउटा धार्मिक अवधारणा यस प्रकार छ – हिरण्यकश्यपु नामक एकजना दैत्य थिए । उनी आफू देवताहरु भन्दा बलिया ठान्दथिए । देवताहरु उनका शत्रु हुन्। हिरण्यकश्यपुकी बहिनी होलिकाको विशेष गुण भनेको आगोले उनलाई छुन नसक्नु हो। हिरण्यकश्यपुका एकजना छोरा हुन् भक्त प्रल्हाद । यी भक्त प्रल्हाद भगवान बिष्णुका अनन्त उपासक थिए । यिनलाई बाबु हिरण्यकश्यपुले बिष्णु भगवान हाम्रा शत्रु हुन, उनको नाउँ नलेउ भनी अनेक सम्झाए पनि प्रल्हादले उनको कुरै सुनेनन्। त्यसकारण आफूले जन्माएका छोरालाई मार्ने विचार गरे। आगोले छुन नसक्ने बैनीको काखमा प्रल्हादलाई राखिदिएर वरिपरि आगो लगाइदिए । तर आगो बीचमा भएर पनि प्रल्हादले भगवान विष्णुको नाम लिन छाडेनन्। आगोले प्रल्हादलाई नछोई आगोले छुन नसक्ने भनेको होलिकालाई खरानी बनाइदिए । तिनै होलिकाको नामबाट होली भनी नामाकरण भएको हो। होलिका भन्ने आईमाई असत्य, पाप नराम्रा कुराहरुको प्रतिक हो। त्यसकारण होली भनेपछि शत्रुको अन्त भई, पापको माथि धर्मको विजय भएको अवसरको खुसियाली मनाउनु हो। अवीर छरी सिन्दूर जात्रा गर्नु पापी माथिको विजयको खुसियालीको अभिव्यक्ति हो । त्यसैले लिङ्गो ढाली निश्चित ठाउँमा लगि कपडा झुण्ड्याएको रुखको मूठालाई आगो लगाई खरानी बनाउने चलन छ । होलिकालाई जलाएर खरानी पारेकै प्रतीकको रुपमा चीर बालेर खरानी पारिने हो ।
एकदिन महादेव तपस्यामा लीन हुँदा तपस्या भंग गर्न कामदेवले विभिन्न लीला गरी जिस्क्याइरहे। पौराणिक कथा अनुसार यो देखी महादेव रिसाई आफ्नो तेस्रो आँखा खोली कामदेवलाई भष्म पारिदिए । त्यसरी नै चीर भष्म गरे झै रतिक्रिडालाई भष्म गरे अनुसार चिर दाह गर्नु हो।

गुरुमापालाई भात खुवाउने
होलीलाई विशेष रुपले मनाउने चलन नभए पनि नेवारहरुले इटुम्बहालका केशचन्द्रका मामा गुरुमापालाई भोज खुवाउने चलन भने छ । इटुम्वहालका मान्छेहरुले केशचन्द्रलाई आजु भनी सम्बोधन गर्ने चलन छ । केशचन्द्र धनी मान्छेका छोरा हुन्। उनको एउटा साह्रै नराम्रो बानी थियो। जुवा खेल्ने। जुवा खेल्दा –खेल्दा उनले आफ्नो घर खेत सबै सके। आफूकहाँ केही बाँकी नरहेपछि उ चकंद्य:लाई विहे गरिदिएको आफ्नी दिदीकहाँ भात खान जान थाले। चकंद्य: पनि साह्रै धनी भएकाले भाईलाई भात खुवाउँदा दिदीले सुनको थालमा पस्की भात खान दिन्थिन्। सुनको थाल भने केशचन्द्रले जुवा खेल्दै सक्याएछन्। यसरी सुनको थाल सकिँदै गए पछि पित्तल र काँसको थालमा खुवाउन थालिन्। त्यो पनि सकेपछि पातमा भात पस्किदिन थालिन्। दिदीले आफूलाई यसरी हेपेको देखी केशचन्द्र भात नखाई दिनदिनै भात जम्मा गर्न थाले। एकदिन आफूले यसरी जम्मा गरेको भात सुकाई बिक्री गर्नुपर्‍यो भात सुकाएर आफू पालो बस्न थाले। त्यसरी बसिरहँदा उनलाई त्यहीं झपक्क निद्रा लागेछ । पछि निद्रो खुलेर सुकाइराखेको भात उठाउनु पर्‍यो भनी हेर्दा त भातको एक सिदा पनि नरहने गरी जम्मे परेवाले खाइसकेको रहेछ । यो देखेर केशचन्द्र चित्त दुखाई रुन थाले। केशचन्द्र रोएको देखी भात खाइदिने सबै परेवाहरु आएर भातको सट्टामा सुनको दिशा गरिदिए । त्यही सुन बटुलिरहकै बेला केशचन्द्रलाई खान गुरुमापा नामको एउटा राक्षस त्यहाँ आइपुगे। तर केशचन्द्रले गुरुमापालाई मामा भनी सम्बोधन गरी मामासँग भलाकुसारी गरे। आफूलाई मामा भनेकोले केशचन्द्रलाई भान्जा नै ठानी उनलाई खाएनन्। बरु केशचन्द्रले परेवाहरुले दिशा गरिदिएको सुन उनै मामालाई बोकाई इटुम्बहालमा ल्याए । गुरुमापालाई पनि आफूसँगै राखे। तर राक्षस गुरुमापाले भने केशचन्द्रलाई थाहै नहुने गरी टोलका केटाकेटीहरू चोरेर खान थाले। यो देखी टोलवासीहरुले गुरुमापाको कर्तुत केशचन्द्रलाई बताइदिए । केशचन्द्रले गुरुमापालाई एकान्तमा लगी टँुडिखेलमा राखे। त्यहाँ गुरुमापालाई टुँडिखेलमा तीनवटा ईटा एकै ठाउँ परेछ भने छुट्याउने काम दिए । त्यस वापत गुरुमापालाई सधैँ मासु भात पुर्‍याइदिने वाचा गरे। त्यसकारण आजभोली पनि वर्षको एकपल्ट एउटा सिँगो राङ्गोको मासु, बाह्र पाथी चामलको भात र त्यसलाई सुहाउँदो अन्य परिकार बनाई होली पूर्णिमाको राति लगिदिने चलन छ । यसरी गुरुमापालाई राति भात लगिँदिदा सानो एउटा खाल्डे बत्ती बालेर छ पाथी खानेकुरा बोकेर इटुम्वाहालका गुठियारहरु टँुडिखेल जाने गर्दछन्। त्यहाँ पुगेपछि गुरुमापालाई भाग छुट्याइदिई बचेको खानेकुरा प्रसादको रुपमा खाई फर्कने गर्दछन् । केशचन्द्रलाई सुनको दिशा गरी धनी बनाइदिने परेवाहरुलाई गँुला भरि दिनदिनै धान खुवाउने चलन आजसम्म पनि कायम छ । गुरुमापालाई भात खुवाउने दिन जहिले पनि चीरदाह गर्ने राती नै सम्पन्न गर्ने चलन छ । यो काम ज्याठाको पंमा:हरुले गर्ने भए तापनि पछि गएर किलागलका ज्यापूहरुलाई जिम्मा लगाएको छ ।

चिरदाह गर्नु
फागुन शुक्ल पूर्णिमाको दिन ठाउँ–ठाउँमा ठड्याएको चिर ढालेर निश्चित ठाउँमा जलाउने गरिन्छ । काठमाण्डौंमा ठड्याएको चिर ढालेर टुँडिखेलमा जलाउने गरिन्छ । त्यस्तै पाटनको कृष्ण मन्दिर अगाडि ठड्याएको चिर बागमतीको किनारमा लगी जलाउने गरिन्छ ।चिर उभ्याउँदा वा ढाल्दा साइत हेर्ने परम्परा छ । चिर उभ्याएपछि होली खेल्न सुरु हुने भएतापनि पूर्णिमाको दिन सरकारले समेत सार्वजनिक छुट्टि दिने भएकाले धेरै जसो मानिसहरु यस दिन होली खेल्ने गर्दछन्। समुहमा मिली टोल–टोलमा खेल्ने गर्दछन्। यस सँगै एक ठाउँबाट अर्काे ठाउँमा गई बाटो–बाटोमै पनि होली खेल्ने गर्दछन्।होली नारी–पुरुषबीच हाँसखेल गरी मनाइने उत्सव नेवारहरुको निमित्त श्रीपञ्चमीको दिन सरस्वती पूजा गर्दै होली खेल्ने सुरु भइसकेको हुन्छ । यसदिनदेखि होली पूर्णिमासम्म होली खेल्ने गरिन्छ । तर होली पूर्णिमामा झैँ बाटो–बाटोमा निस्की होली खेल्दैनन्। बाटो हिँड्ने मानिसहरुलाई हाँसखेल गरी वा अनुरोध गरी अबीर लगाइदिने गर्दछन्। विशेष गरी प्रेम गर्ने स्त्रीपुरुषवीच एक अर्कासँग होली खेली आफ्नो प्रेम भावनालाई अभिव्यक्ति दिने गर्दछन्। फागुमा प्रेम अभिब्यक्त गरिएका गीतका केही अंश यहाँ उल्लेख गर्न चाहन्छु।
झ्यालमा भएको तोरी तरकारी
त्यही तरुणी चाहिन्छ मलाई
नत्रभने भातै खान्न म त ।
यी लहरहरु एकजना प्रेमी पुरुषको अभिव्यक्ति हो । यसरी नै प्रेमिकाले आफ्नो प्रेमीसंग भेट गर्ने कुरा अभिब्यक्ति भएको लोकोक्ती छ ।

डालो भरि चिउरा भर्छु

हाँसको दुईटा अण्डा तारिराख्छु
ज्वाँई आउँदा खापाबाट ठिचीदिन्छु ।
होली काठमाण्डौं वासी वा पहाडतिर बस्ने नेपालीहरुभन्दा तराई मधेशतिर बस्ने नेपालीहरु ठूलो चाडको रुपमा हर्ष उल्लासका साथ मनाउने गर्दछन्। जहाँसुकै पनि साथी बीच वा स्त्री पुरुषहरु आफ्ना प्रेमिलाई अवीर हालेर आफ्नो प्रेम जाहेर गर्दछन्। तराईमा कसै–कसैले विधवाहरुलाई अवीर वा रङ्ग हालिदिएर सधुवा बनाइदिएर अपनाउने चलन पनि छ ।होली पूर्णिमा बौद्धधर्म अनुसार पनि एउटा पर्व हो। राजकुमार सिद्धार्थले आफ्नो गृहस्थ जीवन छोडी बुद्धत्व प्राप्त गरिसकेपछि सबैभन्दा पहिले कपिलवस्तु क्षेत्रमा भिक्षाटन गर्न जानु भएको दिन पनि यही नै हो।

चकंद्य: जात्रा (सिंहसार्थबाहुको जात्रा)
चकंद्य:को जात्रा गरिने पूर्णिमालाई चकं पुन्ही भनी नामाकरण गरिएको छ । फाल्गुन शुक्ल पूर्णिमाको दिन बर्सेनी ठमेलस्थित भगवान बहालबाट रक्तवर्णका चकंद्य:को जात्रा गरी अवीर खेल्ने चलन छ । अन्वेषक मेरी एन्डरसनको भनाई अनुसार चकंद्य: भनिने सिंहसार्थबाहु हुन्। सिंहसार्थबाहु अर्थात चकंद्य: इटुम्बहालका केशचन्द्रका दिदीको लोग्ने अर्थात भिनाजु हुन् फागु पूर्णिमा चकंद्य: अर्थात सिंहसार्थबाहुको जात्रा यस प्रकारले सुरु भयो भन्ने थाहा पाईन्छ । सिंहसार्थबाहु ल्हासा गई व्यापारमा लागेका एकजना व्यापारी हुन्। यिनी आफ्ना सय जना व्यापारी साथीहरु लिई ल्हासामा व्यापार गर्न जाँदा त्यहाँका महिलाहरुले सबैलाई माया गरी पालेर राखेका थिए । एकदिन यिनले सुत्न ठिक्क परेका बेला करुणामयको जप गर्दा करुणामय प्रकट हुनुभयो। करुणामयले सिंहसार्थबाहुलाई आज्ञा गर्नु भयो, “हेर तिमीहरु यहाँ व्यापार गरी रहेका छौ। तिमीहरु सबैलाई आईमाईहरुले माया मोह गरी पालिराखेका छन्। उनीहरुले तिमीहरुलाई मोटो घाटो बनाई पछि खानुलाई हो। तिमीहरुलाई मोहमा पार्ने राक्षसनीहरु हुन् । त्यसकारण तिमीहरु यहाँ नबस, नेपाल फर्केर जाउ । ब्रम्हपुत्र नदीको किनारमा एउटा सेतो वर्णको वायुपंखी घोडा उभिरहने छ । तिमीहरु सबै त्यसमा चढी फर्केर जाउ । यसरी जाँदा ती राक्षसनीहरु तिमीहरुलाई लिन आउने छन् तर तिमीहरु फर्केर नहेर्नु। जसले फर्केर हेर्छ उसको तत्काल मृत्यु हुन्छ भनी आज्ञा गर्नुभयो र अलप हुनु भयो। करुणामयको आज्ञानुसार भोलिपल्ट सबै घर फर्कन ब्रम्हपुत्र नदीमा पुग्दा सेतो वर्णको वायुपंखी घोडा देखे। सबैजना त्यही घोडामा बसी नेपाल फर्किरहेको बेला राक्षनीहरु पनि पछि लागेर आपूmले माया मोह गरी पालेका मान्छेहरुको नाउँ काड्दै पछ्याएर आए । ज–जसले पछि फर्केर हेरे ती सबै एक–एक जना गरी घोडाबाट खसी मरे। सिंहसार्थबाहु एकजनाले मात्र पछि फर्केर हेरेनन् र उनी बाँचेर आइपुगे। यिनी ल्हासाका राक्षसनीहरुबाट बचेर घर आई पुगेका दिन यही फागुन पूर्णिमाको दिन परेको थियो। यसरी आफू राक्षसनीहरुबाट बचेर घर आइपुगेका कुरा सिंहसार्थबाहुले सबैलाई सुनाए । यसरी मृत्युबाट बचेर यिनलाई अवीर छरी सिन्दूर जात्रा गरी ठँहिटीको भगवान वहाल स्थित घरमा भित्र्याए । राक्षसनीहरुबाट बाँचेर आएका हुनाले फागु पूर्णिमाको दिन बाजा बजाई चकंद्य:को जात्रा गर्ने परम्परा बसेको हो।एक दिन औंसीको राति ल्हासाका राक्षसनीहरु सबैले दु:ख दिन आइपुगेको कुरा सिंहसार्थबाहुले थाहा पाए । अनि यिनले हातमा तरवार समाती करुणामयको आराधना गरी राक्षसनीहरुलाई भगाई सबैलाई बचाए । त्यसपछि सिंहसार्थबाहुले धर्म, न्यायको पक्षमा सदैव लागिरहनु भनी सबैलाई ज्ञान बाँडे। यसले गर्दा त्यस ठाउँका सबैले सिंहसार्थबाहुलाई चकंद्य: भनी राजा सरह मान्ने गरे। चकंद्य: जातीय समानताको विचार राख्ने व्यक्ति भनी भन्ने गर्दछन्

नेवा: सांस्कृतिक चाडपर्व

मौलिक कृति नेवा: भाय् (नेपाल भाषा) मा

डा. चुन्दा बज्राचार्य


Tags: जनमतडा. चुन्दा बज्राचार्यहोली (फागु)
अघिल्लो पोष्ट

इल्या भट्टराईको ‘मिसर’

पछिल्लो पोस्ट

लोकप्रिया पुरस्कारको घोषणा

डा. चुन्दा बज्राचार्य

डा. चुन्दा बज्राचार्य

सम्बन्धित पोष्टहरू

नेवारले किन छाडे उपत्यका
संस्कृति

नेवारले किन छाडे उपत्यका

२० माघ २०८२, सोमबार
संस्कार पद्धतिसित जोडिएको गाईजात्रा
संस्कृति

संस्कार पद्धतिसित जोडिएको गाईजात्रा

२६ श्रावण २०८२, आईतवार
आमा छोमेन
संस्कृति

आमा छोमेन

२८ पुष २०८१, आईतवार
प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब
संस्कृति

प्राचीन शहर दोलखाका बिम्ब प्रतिबिम्ब

२ पुष २०८१, मंगलवार
पछिल्लो पोष्ट
लोकप्रिया पुरस्कारको घोषणा

लोकप्रिया पुरस्कारको घोषणा

मोतिलक्ष्मी उपासिकाको जीवन–यात्रा

मोतिलक्ष्मी उपासिकाको जीवन–यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अर्को झ्याइँकुटीको परिक्रमा

अर्को झ्याइँकुटीको परिक्रमा

२३ फाल्गुन २०७८, सोमबार
बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

बोधिसत्त्व ग्यालरीमा पञ्चतत्वमा आधारित कला प्रदर्शनी

२३ फाल्गुन २०७९, मंगलवार
लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

लेभ तोल्सतोयका कृतिहरुमा मरणको चित्रण (१)

२४ फाल्गुन २०८०, बिहीबार
मधेश

मधेश

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक