छटपटीमा रात वित्छ किन आऊॅछ साँझ यो
निदाए पो तिम्रो सपना देख्थें निदाऊनै दिन्न याद त्यो
गाजलू ति तिम्रा आँखाहरू लोलाएझैँ लाग्छ
निदाऊॅ भन्छु तिम्रो टीका जूनझैँ चम्कि दिन्छ
वादलुको घुम्टो जस्तै तिम्रो कालो केश त्यो
चस्सचस्स घोंचिरन्छ नौनी जस्तै मन यो
चाँदीको घण्टी जस्तै तिम्रो स्वर लठ्ठिएझैं लाग्छ
निदाऊॅ भन्छु छम्छम् तिम्रा पाऊजू बज्न थाल्छ
बिर्सनै सकिन कसैगरि आईरन्छ सॅझना त्यो
निष्ठुरी तिमीले माया मार्यौ धाँजा फाट्यो दिल यो ।