पोति देऊ मलाई तिम्रो मन पर्ने रंगहरुले
सजाइ देउ मलाई तिम्रो मन भित्र
गुम्सिएका रहरहरुले
मेरो लागी तिमी खास
अनि तिम्रो म
यति धेरै माया देऊ
कहिले उत्रन नसक्ने गरि
तिम्रो मायामा डुब्न सकु
पोखियोस् मायाका थोपा थोपा
बन्न सकोस् मायाको सागर
म तिम्रो
म माथी तिम्रो पूरा अधिकार
माया दिने
मलाई रंगीन बनाउने
मलाई सजाउने
किन कि
म तिम्रो मन भित्र सजिएको क्यानभास हु
सजाउन सक्छौ तिमीले मलाई
कोर्न सक्छौ तिमीले मेरो मान चित्र
तिम्रो लागी खाली कागज हु म