जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउन  पुस्तक पढ्नुपर्छ : डा. पुष्करराज भट्ट

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित २१ चैत्र २०७९, मंगलवार
अन्तर्वार्ता भित्र
0
जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउन  पुस्तक पढ्नुपर्छ : डा. पुष्करराज भट्ट

नेपाली साहित्य, समालोचना, बाल साहित्य, लोक साहित्य एवम् अनुवादका क्षेत्रमा विगत दुई दशकभन्दा बढी समयदेखि सक्रिय व्यक्ति हुन् , डा. पुष्करराज भट्ट।  विशेषतः नेपाली आख्यान एवम् समालोचनाका क्षेत्रमा विशेष दखल राख्ने डा. भट्टका दुई दर्जन जति पुस्तक प्रकाशित छन् भने चार दर्जन जति पत्रिका एवम् पुस्तकको सम्पादनको अनुभव छ । 
उनले ‘नेपाल विद्याभुषण क’, ‘क्षेत्रीय प्रतिभा पुरस्कार’, ‘युवा वर्ष मोती पुरस्कार’, ‘भानु स्वर्ण पदक’, ‘प्रश्रित प्रतिभा सम्मान’, ‘लघुकथा सम्मान’, ‘मनुमुक्त मानव लघुकथा गौरव सम्मान’, ‘मनुमुक्त मानव अन्तर्राष्ट्रिय लघुकथा सम्मान’ लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका उनले केही समय अघि मात्रै भाषा आयोगको सदस्यको पदभार सम्हालेका थिए ।  
त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा नेपाली लघुकथामा युग चेतना शीर्षकमा विद्यावारिधि गरेका हुन्  । उनका कर्म योद्धा, मुक्ति दूत , एक थोपा सागरको लघुकथा सङ्ग्रह, आस्था नायकको अवसान  कथा सङ्ग्रह, नेपाली लघुकथाका प्रवृत्तिहरू, सिर्जनाको सौन्दर्य समालोचना सङ्ग्रह, युग धारा निबन्ध , सुदूर पश्चिममा मातृभाषा साहित्य , नेपालका प्रदर्शनकारी कला भाग सात अनुसन्धान , जुनकिरीको उज्यालो बाल कथा तथा सुनौलो बिहानी गजल सङ्ग्रह प्रकाशित छन् भने थुप्र संयुक्त कृतिहरू पनि प्रकाशित छन् ।
नेपाली लघुकथामा प्रथम पटक अक्षयकोष सहित पुरस्कार स्थापना गर्ने व्यक्ति हुन्  । उनी ३ दर्जन भन्दा बढी संस्थामा आबद्ध छन् भने उतिकै सम्मान र पुरस्कार पनि पाएका छन् । पढ्न र लेख्न मै रमाउने डा. भट्टसँग जनमतले गरेको कुराकानी :  

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
यतिखेर म अशोक जैनको हिन्दी लघुकथा पुस्तक जिन्दा मै पढिरहेको छु ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपाली भाषाको रमेश विकलको उपन्यास अविरल बग्दछ इन्द्रावती र हिन्दी भाषाको राहुल सांकृत्यानको भोल्गा से गङ्गा तक पुस्तक मलाई मन पर्दछ । म अङ्ग्रेजीमा पोख्न नभएकोले अङ्ग्रेजीका पुस्तक पढेको छैन । 

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
म बिहान र बेलुका लेखपढका लागि उपयुक्त समय मान्दछु । दिउँसो कोठामा भएको बेला पनि अध्ययन कार्यक्रम संलग्न हुन्छु । 

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई आख्यान र कविता बढी सशक्त हो जस्तो लाग्दछ । 

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
सानोमा हिन्दीका कार्टुन पुस्तक पढ्न पाएँ । किशोरावस्थामा कैलाली जनपुस्तकालयमा रहेका कथा, कविता, उपन्यास विधाका पुस्तक पढ्न पाएँ ।  

कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
प्रारम्भमा ज्ञानवर्धक, जानकारीमूलक सामान्य ज्ञान पाइने पुस्तक पढ्न मन लाग्थ्यो । त्यसपछि जासुसी उपन्यास, ऐतिहासिक उपन्यास हुँदै भाषा–साहित्यका पुस्तक पढ्ने क्रम जारी रह्यो । 

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
मैले १५ वर्षको उमेरदेखि २५ वर्षको समयमा धेरै पुस्तक अध्ययन गरेँ । 

धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
चित रञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल (इतिहास), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (उपन्यास), विनय कसजूको थोपा थोपा (लघुकथा) मैले धेरै पटक दोहर्‍याएर पढेको छु ।

दोहोर्‍याएर पढ्नुका कारण खासमा के थियो ?
पुस्तकमा रहेको विचारको गहनता, जनजीवनको कथा व्यथाप्रति सूक्ष्म दृष्टि, लेखनगत उत्कृष्टताका कारण मैले यी पुस्तक दोहर्‍याएर पढेँ । 

ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
शासन सत्ताको विचारभन्दा सामान्य जनताको पीडालाई स्वर प्रदान गरिएका कारण असाध्य मन परेको हो ।
धेरै पछ्याउँछ । पात्र अनुकूलको भाषा, लेखकको सामाजिक दृष्टि र कृतिमा अभिव्यक्त सांस्कृतिक परिवेशले मलाई कृतिप्रति आकर्षित गर्दछ । 

तपाईँको विचार पढ्नु केका लागि हो ?
कृति पढ्नु जीवनलाई पढ्नु हो । जीवनप्रतिको दृष्टिकोण फराकिलो बनाउन  पुस्तक पढ्नुपर्छ भन्ने मलाई लाग्दछ ।

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
जन सामान्यको पीडाप्रति सहानुभूतिका साथै जीवनप्रतिको अग्रगामी चेतना बोकेका कृतिले मलाई असल बाटोमा लाग्न प्रेरित गरेको छ ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
पाठकलाई पढ्नका लागि सिफारिस गर्नुपर्दा पारिजातको तोरी बारी, बाटो र सपनाहरू              (उपन्यास), महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, वि.पी. कोइरालाको दोषी चस्मा            (कथा सङ्ग्रह), मोदनाथ प्रश्रितको देवासुर संंग्राम (ऐतिहासिक काव्य), म्याक्सिम गोर्कीको आमा (उपन्यास), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (उपन्यास) विनय कसजूको थोपा थोपा (लघुकथा), राहुल सांकृत्यानका भोल्गा से गङ्गा तक (उपन्यास), प्र्रेमचन्दको गोदान (कथा), नारायण ढकालको इरफान अली (कथा) पुस्तकलाई प्रस्तुत गर्दछु ।    

तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
मसँग धनगढीमा रहेको घर र कीर्तिपुरमा रहेको गरेर ८ हजार जति पुस्तक रहेका छन् ।

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
धेरै छन् । नेपाली र हिन्दी साहित्यका सिर्जना र समालोचनासँग सम्बन्धित धेरै पुस्तक पढ्न पाएको छैन । पुस्तकको अप्राप्यता एक पक्ष हो भने अर्को पक्ष धेरै पुस्तक किनेर पढ्न सक्ने अवस्था नहुने अर्को पक्ष हो ।

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
मलाई मन पर्ने स्वदेशी र विदेशी लेखकमा रमेश विकल, विनय कसजू, प्रेम चन्द, राहुल सांकृत्यायन, मेक्सिम गोर्की हुन् ।

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
भ्रमण, गीतसङ्गीत श्रवण, फिल्म हेर्नु, खेलकुद हेर्नु मेरो रुचि हो ।  

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
नयाँ पुस्ताले ज्ञान विज्ञानका क्षेत्रमा भएका प्रगति, वाङ्मयका विभिन्न विधाका साथै भाषा साहित्यका नयाँ–नयाँ कृति अध्ययन गर्नुपर्दछ ।

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
अधुरा रहेका कृतिलाई पुरा गर्नु, केही अनुवादका कार्य गर्नु र समालोचनाका क्षेत्रमा नयाँ कृति लेख्नु मेरो अगामी साहित्यिक योजना हो ।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
स्रष्टा र सिर्जनाको सम्बन्ध नङ र मासुबिचको सम्बन्ध जस्तै हुन्छ ।

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरो जीवनमा सानैदेखि मेरो आमाबुवा रोल मोडेल हुनुहुन्थ्यो जसले विपरीत अवस्थामा पनि धैर्यता राखेर निरन्तर आफ्नो कर्तव्य पथमा लागिरहन प्रेरणा दिनुभयो ।


Tags: डा. पुष्करराज भट्ट
अघिल्लो पोष्ट

बसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल’

पछिल्लो पोस्ट

आज जनमत सम्मान हुँदैं

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर
प्रोफाइल

प्रा.डा. चन्दा कार्की : साहित्यमा नारी हस्ताक्षर

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
आज जनमत सम्मान हुँदैं

आज जनमत सम्मान हुँदैं

जनमत सम्मान तथा पुस्तक विमाचेन

जनमत सम्मान तथा पुस्तक विमाचेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

संगीतकर्मीहरूलाई ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ प्रदान 

संगीतकर्मीहरूलाई ‘नातिकाजी राष्ट्रिय पुरस्कार’ प्रदान 

४ जेष्ठ २०८०, बिहीबार
परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

४ जेष्ठ २०८०, बिहीबार
बालसाहित्यकार रामबाबु सुवेदी सम्मानित 

बालसाहित्यकार रामबाबु सुवेदी सम्मानित 

४ जेष्ठ २०८०, बिहीबार
देशको नक्सा

देशको नक्सा

४ जेष्ठ २०७८, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक