जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ४ माघ २०७९, बुधबार
अन्तर्वार्ता भित्र
3
पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ : जनक कार्की

पाल्पामा जन्मिएका जनक कार्की कविता, कथा, समीक्षा र साहित्यिक पत्रकारितामा कलम चलाउँछन् । उनका सिर्जनाहरू विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनको संयुक्त कविता सङ्ग्रह `अनुहारको भीड´ प्रकाशित छ । बाह्रखरी उत्कृष्ट कथा २०७९ र बौद्ध कथा प्रतियोगितामा उत्कृष्ट कथाको रूपमा पुरस्कृत भएका छन् । भरतपुर प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना गरिएको कविता प्रतियोगितामा प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । कार्की सँग पुस्तक अध्ययनकै सेरोफेरोमा रहेर गरेको कुराकानी :

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
मैले एक पटकमा एउटा मात्र किताब कहिले पढ्दिन । प्राय दुई वा दुईभन्दा बढी किताबलाई सुरु गरेको हुन्छु । मैले अहिले पढ्दै गरेको किताब बाह्रखरी उत्कृष्ट कथा २०७९´र असीम सगरको कविता सङ्ग्रहक´हो ।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
एउटै कुरासँग मात्र प्रेम गरेर कहिल्यै जीवन चल्दैन र सम्भव पनि नभएको कुरा हो । पुसको ठिहिर्याउने जाडोमा घाम जति प्यारो हुन्छ जेठको उखरमौलो गर्मी उत्तिकै घाँडो लाग्छ । प्रश्नकै लागि भनेर जवाफ दिने कोसिस गर्नेछु । नेपाली विचार विज्ञान´, हिन्दीचित्र लेखा´ र अङ्ग्रेजी `हाउस फर मिस्टर विश्वास।´

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
लेखन त प्रक्रिया हो । जुनसुकै बेला पनि यो लेखन प्रक्रियाबाट गुज्रिएको हुन्छु । विभिन्न दृश्य, परिवेश,घटना आदिले विचारको उद्घाटन गराइरहेको हुन्छ । त्यसैले लेखन त निन्द्रामा पनि सपनाहरूको माध्यमबाट पाकिरहेको हुन्छ । पढ्ने उपयुक्त समयको कुरा गर्न पर्दा बाँकी तमाम कुराहरूबाट फुर्सद मिल्दा नै हो ।

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
थोरै शब्दमा धेरै कुरा भन्न सकिने विधा कविता भएकोले यो नै शक्तिशाली विधा हो भन्न पनि सकिन्छ तर कविताले मात्र मान्छेको चेतनालाई माझ्न सक्दैन । त्यसैले अन्य विधाको सहयोग नलिईकन पूर्ण भइँदैन । इमानदार भएर, साधना गरेर, अध्ययनको दायरा ठुला भएका, कला र विचारको सन्तुलन मिलाएर लेखियो भने सबै विधा शक्तिशाली नै हुन्छन् ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
सानोमा त धेरै कोर्सका किताब नै पढियो । म्याथ, साइन्स, नेपाली, अङ्ग्रेजी, गुलमोहर, मोरल साइन्स हा ,, हा,, हा ,, अँ मुना खुब पढियो । कमिक्स पढियो ।

कस्ता पुस्तकहरू पढ्न बढी मन पर्थ्यो ?
खासमा त्यति बेला पुस्तकभन्दा खेल्न मन पर्थ्यो । चउर मन पर्थ्यो । रुख चढ्न मन पर्थ्यो । लुकामारी मन पर्थ्यो । किताबसँग एक किसिमको एलर्जी नै थियो । कोर्सबुक र होमवर्कको लोडले गर्दा होला ।

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
पहिलो पटक `मन´उपन्यास पढेपछि किताबले अर्कै संसारमा पुर्याउने रहेछ भन्ने लाग्यो । अनि त्यो अदृश्य संसार मन पर्न थाल्यो । एसएलसी दिएपछि कम्तीमा श्वास फेर्दा सम्म हातमा एउटा किताब चाहिँ टुट्न हुन्न भन्ने लाग्थ्यो । त्यसैले एसएलसी पछि निरन्तर पढिरहेको छु । एक दशक जति विदेश बस्ने क्रममा किताब उपलब्ध नभएर त्यति पढिएन तर पनि नेपाल आउँदा लगेजमा किताब बोकेर फर्किने आदत चाहिँ टुटेन ।

धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
मलाई किताब दोहोर्याएर पढ्न मन लाग्दैन । यद्यपि मन परेका केही अंश जुन हाइलाइटेड हुन्छ त्यो पढिन्छ । वा समीक्षा वा टिप्पणी लेख्न पर्यो भने मुख्य बुँदालाई दोहोर्याएर हेरिन्छ । अनि कवितालाई चाहिँ एक-एक वर्षमा दोहोराउनु मन लाग्छ । प्रायः कविताहरू दोहोर्याएको हुन्छु ।

दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
कवितालाई मात्र दोहोर्याएर पढ्ने हुनाले यसको कारण के हो भने कविता प्रत्येक चोटि पढ्दा नयाँ अर्थ खुल्छन् । हिजो आफूमा भएको परिपक्वताले नबुझिएको कुरा केही समयपछि पढ्दा थप अन्य कुरा बुझिन्छ जस्तो लाग्छ ।

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
लेखकले पछ्याएको त अनुभव छैन तर पात्र र परिवेशले निकै पछ्याउँछ । साबिती उपन्यासको अराजक पात्रले मलाई झङ्कृत बनाएको छ । सर्प दंशको बालक कम्मुको स्पर्श र सुगन्धको लगावले बेला बेलामा सर्प दंश गरिरहन्छ मलाई पनि, पागल बस्तीको परिवेशले मलाई अस्थायी बासिन्दा नै बनाएको छ । पारिजातको तिउरीको फूल, पायरियाको गन्धले मलाई लाटी पात्रसम्म पुर्याएर बिथोली रहन्छ ।

तपाईँको विचार पढ्नु केका लागि हो ?
मान्छे यस्तो प्राणी हो जसलाई हरेक पल आनन्द चाहिन्छ । आनन्दको खोजीमा हुन्छ । हरेक मान्छे आनन्द प्राप्तिको लागि सङ्घर्षरत हुन्छ । त्यसैले पढ्नुको पहिलो लक्ष्य भनेको आनन्द प्राप्त गर्नु नै हो । मान्छेहरू आनन्द प्राप्त गर्न कुलतमा पनि फसेका छन् । पढ्नु पनि एउटा लत हो तर यो निकै सुन्दर लत हो । अन्य लतले हाम्रो स्वास्थ्य, समय, समाज भत्काउन पनि सक्छ तर किताब पढ्ने लतले सबैभन्दा बढी एउटा व्यक्तिलाई बनाउन सहयोग गर्छ । एउटा व्यक्ति बन्नु भनेको एउटा समाज बन्नु पनि हो । पढ्ने लतले एक्लोपनको सिकार हुनपर्दैन । किताब पढ्ने बानीले सही र गलत छुट्ट्याउन सक्ने गुणको जन्म गराउँछ । हाम्रो जीवन निकै छोटो छ । सबै कुरा आफैँ एक्लैले अनुभव गर्न सकिन्न । त्यसैले किताब पढ्नेहरूले अरूले बाँचेका जीवन, सीप, विचार, समाज आदि कुरा नभोगीकन प्राप्त गर्न सक्छ । किताब पढ्नु एउटा जीवनमा अनेकौँ जीवन जिउन सक्नु हो ।

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
किशोर अवस्थामा कर्ण शाक्यको सोचले जीवनमा हरेक नकारात्मक कुरा भित्र सकारात्मकता खोज्न सक्नुपर्छ भन्ने सिकायो । ओशोका पुस्तकहरूले आध्यात्मिकता भित्रको क्रान्तिकारी स्वरुप सिकायो । गीताले रहस्यावदाको चिन्तन गर्न सिकायो । मार्क्सवादी साहित्यले व्यक्ति होइन वर्गको कुरा गर्नपर्छ भन्ने सिकायो र सत्ता, शक्ति र दमनका कारण आम मान्छे कसरी दमनमा परिरहन्छ भन्ने द्वार खुलायो, गुलजारका कविताले संवेदनाको गुलियो चखायो, कविताहरूले लो भएको ब्याट्रीलाई चार्ज गरिरह्यो, रूमीका कविताले प्रेमको ईश्वरीय रूप देखायो । त्यसैले कस्ता पुस्तकभन्दा पनि हरेक पुस्तकले सिकाउँछ । झूर पुस्तकले पनि पुस्तक यतिसम्म झूर हुनसक्छ भन्ने सिकाउँछ ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
व्यक्तिको रुचि,सिद्धान्त,पृष्ठभूमि अनुसार किताबको स्वाद फरक फरक हुन्छ । म : म मन पर्ने पनि छन् । चाउमिन मन पर्ने पनि छन् । एउटा उमेरमा चाउचाउ मन पर्छ तर बिस्तारै कोदो,फापर र मकैको भात मन पराउने दिन आउँछ । त्यसैले सुरुमा पढ्ने बानी लगाउन जे भेट्यो त्यहीँ पढ्ने हो । एउटा उमेरमा सत्य कथाको रूपमा आउने अश्लील साहित्य पनि खुब मन पर्थ्यो । भारतमा मस्तराम भन्ने लेखकको किताब अन्डर द टेबल निकै बिक्थ्यो । अन्त्यमा त अश्लीलभन्दा असली साहित्य नै कालजयी हुने हो । दश वटा पढ्नै पर्ने भन्दा पनि मलाई मन परेका पुस्तकहरूको नाम चाहिँ दिन सक्छु :
१- महाभारत
२- आमा (म्याक्सिम गोर्की)
३- वार एन्ड पिस
४- पागल वस्ती
५- सुम्निमा
६- साबिती
७- सर्प दंश
८- शिरीषको फूल
९- लक्ष्मी निबन्ध सङ्ग्रह
१०- मोदिआइन

तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
मसँग खासै कलेक्सन छैनन् । गनेको पनि छैन । गन्नलाई जे होस् समय लाग्छ ।

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
हिन्दी कविका कविता सङ्ग्रहहरूको धेरै किताब पाएको छैन । जुन भारत भ्रमणमा गए भने खोज्ने विचार छ ।

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
विश्वेश्वरप्रसाद कोइराला, पारिजात, लक्ष्मीप्रसाद कोइराला, गुलजार र विनय कुमार शुक्ल ।

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
सङ्गीत सुन्न र गुनगुनाउन मन पर्छ, हिँड्न मन पर्छ, पहाडको टाउकोमा पुगेर आँखा चिम्म गरेर बस्न मन पर्छ, आम मान्छेका जीवन र भोगाइ बुझ्न मन पर्छ र केटाकेटीको निर्दोषपनलाई टोलाएर हेरिरहन मन पर्छ ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
यही पुस्तकभन्दा पनि सकारात्मक सोचको विकास गराउने पुस्तक, जीवन र दर्शनको महत्त्व बुझाउने पुस्तक, कहीँ पुग्ने दबाब भन्दा जहाँ छौँ त्यहाँबाट उत्कृष्ट काम के गर्न सकिन्छ भन्ने ज्ञान दिने पुस्तक साथमा मानवीय धर्म र नैतिकताको जग बसाल्ने विषयहरूका पुस्तक खोजी खोजी पढ्न सुझाव दिन्छु ।

तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
योजना केही छैन । साहित्य भनेको यात्रा हो ।कहीँ पुग्नु भन्दा पनि कहीँ नपुग्नुको यात्रा गर्न मन पर्छ । केही हुनुभन्दा पनि केही नहुनु असल लाग्छ । योजना भनेको राम्रो साहित्य सिर्जना गर्न सकूँ । बाँकी समयको माग अनुसार योजना बन्दै जान्छ ।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
स्रष्टा र सिर्जनाको सम्बन्ध धेरथोर त हुन्छ । हाम्रो समाजमा स्रष्टाको व्यक्तिगत आचरणको आधारमा सिर्जनाको मूल्याङ्कन गर्ने प्रचलन छ । यो भने गलत हो जस्तो लाग्छ । कुनै उच्च पद र पावर भएका मान्छेले लेखेको सिर्जना असल नै हुन्छ भन्ने हुन्न । कुनै सर्जकले अपराधीक क्रियाकलाप नगरेसम्म उसको केही समाजले खराब मानेका आचरणको आधारमा मात्र बलियो सिर्जनालाई पनि कमसल भनेर व्याख्या गर्न पनि हुँदैन ।

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
रोल मोडल भनेको समय अनुसार फरक पर्ने रहेछ । बच्चामा रेस्लिङका खेलाडीहरू आदर्श व्यक्ति लाग्थ्यो । अनि फुटबल खेलाडी रोल मोडल लाग्न थाले । कहिले फिल्मका नायक जस्तो बन्न पाए हुन्थ्यो जस्तो पनि नलागेको होइन । कहिले नारायण गोपाल रोल मोडल लाग्यो होला । आज आएर सोच्दा सबै व्यक्तिको असल गुण नै रोल मोडल हुन् । त्यो व्यक्ति एकदमै चर्चित हुनपर्छ भन्ने छैन । सामान्य आम मान्छे पनि रोल मोडल हुनसक्छ । मुख्य कुरा मानवीय गुण रहेछ ।


Tags: जनक कार्की
अघिल्लो पोष्ट

नेपाल मुक्तक प्रतिष्ठानको विशेष भेला

पछिल्लो पोस्ट

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

परम्परागत कलामा आफ्नै पहिचान बनाएका समुन्द्रमान सिंह श्रेष्ठ

श्रवण मुकारुङको कविता  स साना शब्दहरू सित

श्रवण मुकारुङको कविता स साना शब्दहरू सित

प्रतिक्रिया 3

  1. निर्मल आग्रह says:
    3 years ago

    जनक कार्की समकालीन नेपाली साहित्य लेखन क्षेत्रमा विशेष गरि कविता,आलेख,वार्ता आदि मलाई रुचेका औ रेगुलर फलो गरीरहने लेखकहरु मध्ये एक प्रभावशाली,होनहार र परिपक्क सूझबूझ भएका सर्जक हुन । तिनको साहित्यिक यात्रा सम्बन्धमा थोरै जानकारी राख्ने हुनाले पनि वार्ता आलेख उपयोगी लागेको हो ।अपितु हालसम्म एउटा कृति प्रकाशन आए तापनी सो महत्वपूर्ण ठहरदैन ।विशेष उनको अध्ययनको घेरो निस्चय पनि सीमित नरहेको तथा हिन्दी साहित्यका नामचीन हस्तीहरूको गहिरो प्रभाव रहेको उनको लेखन शैली तथा तथ्यांकहरुले प्रमाणित गरेको कुरा मलाई लागेको हो।
    प्रत्येक प्रश्नका उत्तरहरु आफैमा परिपक्क ,इमान्दार तथा विचारणीय रहेको सो आलेखले पनि
    जनकजी समकालीन नेपाली कविता लेखनको युवा पुस्तामा एक अध्ययनशील ,परिश्रमी,जोशीला तथा प्रभावशाली कवि हुन भन्ने परिचय दिन्छ ।यसैले पनि यो वार्ता मेरो लागि पठनीय ठहरेको हो।।

    जनकजीलाई शुभकामना तथा धन्यवाद जनमतलाई ।।

    Reply
    • Janka Karki says:
      3 years ago

      यदि मीठो प्रतिक्रियाले झन् उर्जाशील बनाएको छ । धन्यवाद 🙏

      Reply
  2. Radhika kalpit says:
    3 years ago

    एक जिज्ञासु अध्येता, निष्पक्ष समालोचक र कुशल कवि जनकजिलाई उहाँका रचना मार्फत नै चिनजान गर्न पाइएको हो। आजको नेपाली साहित्यमा अनेक तिकडम गरेर आफ्नै रचनाको प्रचारप्रसार, पुरस्कारको होडबाजी र बलजफ्ती समीक्षा लेखाउने प्रवृत्तिका बिचमा उक्त महामारीबाट एकदमै टाढा रहेर आफुलाई साहित्यसँग अक्षुण्ण राख्न सफल कवि, समालोचक र कुशल अनुवादक जनक कार्कीले यो कुराकानीमा पनि निकै इमानदार भएर जवाफ दिएको पाइयो। उहाँको समकालीन साहित्य प्रतिको चासो, अग्रजको चिरफार र अनुज लेखकलाई प्रोत्साहन गर्ने शैली उहाँका थप परिचय हुन् यहाँ उल्लेखित कुरा बाहेक।
    बधाई छ दुबै श्रष्टाहरुलाई।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

राष्ट्रिय कविता महोत्सव

राष्ट्रिय कविता महोत्सव

१० बैशाख २०७९, शनिबार
छटपटी

छटपटी

११ बैशाख २०८१, मंगलवार
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

११ बैशाख २०८१, मंगलवार
काठमाडौँ

काठमाडौँ

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक