जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अन्तर्वार्ता

सिर्जनाले नै स्रष्टा चिनाउने हो : बाबुराम श्रेष्ठ यात्री

सिर्जना दुवाल सिर्जना दुवाल
प्रकाशित ३० कार्तिक २०७९, बुधबार
अन्तर्वार्ता, जनमत वार्ता भित्र
0
सिर्जनाले नै स्रष्टा चिनाउने हो : बाबुराम श्रेष्ठ यात्री

कवि बाबुराम श्रेष्ठ यात्री कविताहरूमा सरल भाषाका साथ जीवन्तता बोकेका कविताहरू लेख्छन् । आम पाठकको मनमा छोइ हाल्ने कविता बाबुरामको कविताको मुख्य : विशेषता हो । तामा लामो समय देखि कलम चलाई रहेका यात्रीसँग जनमतको लागि पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी 

यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
कवि विमल निभाको जोकरको  बन्दुक कविता सङ्ग्रह पढी सके र अहिले कुमार नगरकोटीको मिस्टिका उपन्यास पढ्दै छु।

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
धेरै  छन् तर भन्नै पर्दा शिरीषको फूल, दि अल्केमिस्ट र हिन्दीमा  हाल्फ गर्लफ्रेन्ड र  फुटकर रूपमा कोर्सको किताब मा रहेको उल्था गरिएका कथा, कविता पढेको छु। सिक्ने क्रममै छु ज्ञानको दायरा बढाउँदै छु।

तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
निश्चित समय त छैन तर फुर्सद भएको बेला पढ्ने बानी छ ।

साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
साहित्यको सबै विधा मलाइ शक्तिशाली लाग्छ। अझ त्यसलाई गहिरो विषयवस्तु र परिपक्वताले शक्तिशाली बनाउँछ।

सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
सानोमा अलि साहित्यिक माहौल कमी नै थियो। साथीहरू मार्फत पाएको मुनामदन गोठालो जाँदा निकै पढे। मन छोयो पनि। अलि पछि  कोर्समा रहेको गुरु प्रसाद मैनाली को नासो र  विश्वेश्वर प्रसाद कोइरालाको दोषी चस्माको भित्रको  सङ्ग्रहित कथाहरू  पढ्ने अवसर पाए।

कस्ता पुस्तकहरू पढ्न बढी मनपर्थ्यो ?
अलि कति नाम चलेका, बजारमा चर्चा रहेका  र साथीहरूले आग्रह गरेका सामाजिक घटनाका विषयवस्तु समेटिएका र ज्ञान लिन सकिने साहित्यिक पुस्तक पढ्न बढी मन पर्थ्यो।

तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
जब गाउँबाट काठमाडौँ छिरेँ। साथ सङ्गत अलि साहित्यिक व्यक्तित्व  मन पराउन थालेँ । तब विशेष गरी एघार बाह्र र ब्याचलर पढ्दा काठमाडौँको थापा गाउँमा रहेको परिवेश प्रकाशन जहाँ वाट शब्द संयोजन मासिक साहित्यिक पुस्तक निस्कन्थ्यो । फुर्सदको समयमा त्यहाँ गएर पढ्थे र मन परेको  किताब चाहिँ पुस्तक पसलबाट किनेर पढ्थें।

धेरै पटक दोहोर्‍याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
मुनामदन र शिरीषको फूल दोहोर्‍याएर पढेँ। अझ शिरीषको फूल त बुझ्न गार्हो भएकोले धेरै पटक पढेँ।

दोहोर्‍याएर पढ्नुका कारण खासमा के थियो ?
खासमा यो सामाजिक परिवेशमा आधारित भएर लेखिएको  छ । विषयवस्तु निकै गहन र वास्तविकता र यथार्थपरक हुने।जति पढ्यो उति पढूँ पढूँ लाग्ने एउटा आम मानिसको प्रतिनिधि मुलुक कथा रूपमा आएको छ । एउटा गरिबी र प्रेम सेरोफेरोमा घुमेको साथै पात्रले भोग्नु परेको पीडा र त्यसबाट सिर्जित परदेशीको कहालीलाग्दो दुःखद स्थिति र महिला पुरुष बिचको भावनात्मक संवाद निकै मार्मिक लाग्छ। त्यही भएर होला, ती कृतीहरु दोहोराएर पढें ।

ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
हरेक एउटा स्तरीय पुस्तकहरूले  आफ्नो विशिष्ट पहिचान बोकेको हुन्छ। लेखकले आफ्नो परिवेशका कथा कलात्मक ढङ्गले पस्केका हुन्छन् ।जहाँ सानो भन्दा सानो कुराहरूको ख्याल गरेर शब्द चयन शैली, ठाउँ, उपर्युक्त पात्रहरू, सामाजिक परिवेशमा आधारित विषयवस्तु, सन्देश मुलुक,र  लेखनमा नयाँ प्रयोग गरेका हुन्छन् ।

पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
वास्तवमा एउटा लेखक बाचेको यही कारण हो। लेखक स्वयंले  त्यही पात्र र परिवेश अनुसार आफुलाइ ढाल्न नसकेमा त्यो सिर्जना  जिबन्त हुन सक्दैन। पाठकले अनि नयाँपन खोजिरहेको हुन्छ।यदि लेखक स्वयं पात्र र परिवेशमा भिज्न नसके त्यहाँ लेखनको मज्जा नै आउँदैन।

तपाईँको विचार पढ्नु केका लागि हो ?
मेरो विचारमा पढ्नु एउटा मानिसले जीवन जगत् बुझ्दै आफूलाइ सीमितताको दायराबाट माथि उठाउनु हो । जसले देश, समाज,काल, परिस्थिति बुझ्न सहयोग गर्दछ। यसरी पढ्दा ज्ञानको निर्माण हुन्छ। अनि भाषा धर्म संस्कृतिको बुझ्न अझ धेरै मदत गर्दछ। पढ्ने बानी भएपछि मानसिक सन्तुलन कायम राख्न एउटा थेरापीको  काम गर्दछ।

कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
आफ्नै भोगाइ र  सुखदुख सँग मेल खाने पुस्तकले जीवनमा बढी सघाए जस्तो लाग्छ।

पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
मलाई लाग्छ म त्यो हैसियतमा छुइन किनभने पहिला आफूले गहन अध्ययन गर्नु पर्छ अनि मात्रै सिफारिस गर्न सकिन्छ। बजारी हल्लाको भरमा सिफारिस गर्दा लेखक र पाठक दुबैलाई  न्याय नहोला कि।

तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
धेरै त छैन पढ्न बाकी नै छ। देश विदेशी साहित्य बुझ्ने प्रयास  गर्दै छु। सकेसम्म फुर्सद मिलेसम्म धेरै  भन्दा पुस्तक किन्ने र पढ्ने सोच छ। अहिले करिब तीन सय जति पुस्तक होला।

पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
त्यस्ता धेरै पुस्तक छन् जुन चाहेर पनि पढ्न र किन्न पाएको छुइन। जागिर र पढाइमा अलि नै व्यस्त छु।

मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
गोपाल प्रसाद रिमाल , लक्ष्मी प्रसाद देवकोटा, भूपी शेरचन, भैरव अर्याल, पारिजात र बानिरा गिरी र विदेशीका रवीन्द्रनाथ टगौर, लियो  टोल्सय, विलियम शेक्पियर, रबर्ट बर्न र ज्याक रोलिङ  आदि हुन् ।

अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
फुर्सद मिलेमा देश विदेशका विभिन्न ठाउँहरू  घुम्ने रहर छ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
यो गाह्रो कुरा हो। जसरी हामी मानिस एउटै छैनौ त्यसरी नै सबैको एउटै रुचि हुन सक्दैन। कति आफूलाइ मन पर्ने पुस्तक अरूलाई मन नपर्न सक्छ। यो व्यक्तिगत रुचिमा भर पर्ने कुरा हो।
 
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
खासै अहिले साहित्यिक योजना छैन। आफू सँग भएका पुस्तक नै पढिरहेको छु केही विदेशी पुस्तक खरिद गर्न बाकी छ। दुई महिना अगाडि मेरो दोस्रो कविता सङ्ग्रह  बूढो समय(२०७९) बजारमा आएको छ। यसमा अग्रज र साथीभाइहरूको सुझाव/ प्रतिक्रिया लिइरहेको छु।

स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
यिनीहरू एक अर्काका परिपूरक हुन। एउटा राम्रो स्रष्टा हुन राम्रो सिर्जना हुनुपर्छ। सिर्जनाले नै स्रष्टा चिनाउने हो। 

तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
हामीलाई थाहा भएकै कुरा बुबा आमा जीवनको पहिलो रोल मोडेल हुन। उहाँहरूकै सकारात्मक सोच प्रेरणाले 
हामीलाई अघि बढ्न सहयोग मिलेको छ। पछि जब जान्ने बुझ्ने भइयो आफ्नो रोल मोडेल आफै भए जस्तो लाग्छ किनकि हामी कस्तो बन्ने भन्ने कुरा  त्यो हाम्रो हातको कुरा हो। जब कर्ममा विश्वास गरिन्छ तब कर्म अनुसारको फल पाक्दछ।


Tags: बाबुराम श्रेष्ठ यात्रीसिर्जना दुवाल
अघिल्लो पोष्ट

जनमत कविता – डा रजनी ढकाल

पछिल्लो पोस्ट

विप्लव प्रतीक

सिर्जना दुवाल

सिर्जना दुवाल

सम्बन्धित पोष्टहरू

तुलसी दिवस – अन्तर्वार्ता
अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

१ श्रावण २०८२, बुधबार
साधना र सिर्जनामा समर्पित रमा शर्मा
प्रोफाइल

साधना र सिर्जनामा समर्पित रमा शर्मा

२ फाल्गुन २०८१, शुक्रबार
साहित्य आँखा हो भने राजनीति गाजल हो  रमेश श्रेष्ठ
अन्तर्वार्ता

साहित्य आँखा हो भने राजनीति गाजल हो रमेश श्रेष्ठ

१५ माघ २०८१, मंगलवार
स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी
अन्तर्वार्ता

स्रष्टा नभई सिर्जना हुँदैन : रिमा केसी

१८ पुष २०८१, बिहीबार
पछिल्लो पोष्ट
विप्लव प्रतीक

विप्लव प्रतीक

दुर्गालाल श्रेष्ठका बाल कविताहरु

दुर्गालाल श्रेष्ठका बाल कविताहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

साहित्यकार पन्तलाई पुरस्कार

साहित्यकार पन्तलाई पुरस्कार

२३ फाल्गुन २०७९, मंगलवार
चाडपर्वमा रमाएको अमेरिका

चाडपर्वमा रमाएको अमेरिका

२३ फाल्गुन २०७९, मंगलवार
मनका स्वरहरूभित्र मन, समय र कविता

मनका स्वरहरूभित्र मन, समय र कविता

२३ फाल्गुन २०७८, सोमबार
‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मंसिरमा

‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मंसिरमा

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक