ब्रिटिश उपन्यासकार जे.के. रोलिङको खास नाउँ जोनी रओलिङ हो । उनी रोबर्ट गल्ब्रेथको उपनाउँ बाट पनि लेख्ने गर्छिन् । उनी ३१ जुलाई १९६५ मा बेलायतको ग्लसेस्टरशायर प्रान्तको यटे शहरको यटे जनरल हस्पिटलमा जन्मेकी थिइन् । आन रओलिङ नाम गरेकी उनकी आमा विज्ञान प्राविधिक थिइन् भने बाबु पिटर जेम्स रओलिङ रोल्स रयस कम्पनीका एअरक्राफ्ट इञ्जिनीयर थिए । उनले स्थानीय सेन्ट माइकल्स प्राइमरी स्कुलमा प्राथमिक शिक्षा प्राप्त गरेकी थिइन् । उनी ९ वर्षकी हुँदा उनको परिवार साउथ वेल्सको चेपस्टोया बसाइँ सरेको थियो । उनी सानै उमेरदेखि केही न केही लेख्ने गर्थिन् । सिन नाउँ गरेको उनको एउटा मिल्ने साथीले कुनै दिन तिमी राम्रो लेखक बन्नसक्छ्यौ भन्दा उनी ज्यादै उत्साहित भएकी थिइन् ।
महिलाले लेखेको पुस्तक पाठकहरुले नरुचाउने हुन् कि भन्ने लागेर उनका प्रकाशकको अनुरोधमा उनले जोनी रओलिङबाट जे.के. रअलिङ उपनाम राखेकी थिइन् ।
उनी उपन्यासकार बाहेक एक मानवतावादी, फिल्म तथा टेलिभिजन प्रोड्युसर र स्क्रीन राइटर समेत हुन् । खास गरी केटाकेटी र युवाहरुको निम्ति लेखिएका स्वैरकल्पनामा आधारित (Fantasy) उपन्यास श्रृ◊ला ह्यारी पोर्टरबाट उनी प्रसिद्ध छन् । यस पुस्तक श्र◊लाले अनेकौँ पुरस्कारहरु जितेको छ भने यसका ५० करोडभन्दा बढी प्रतिहरु विक्री भैसकेको बताइन्छ । इतिहासमा यस पुस्तकलाई सबैभन्दा बढी विक्री भएको पुस्तक भनिन्छ । यसैको आधारमा उनको स्वीकृतिमा फिल्मका पटकथा समेत बनेका छन् ।
स्कुलको पढाइ सकेपछि उनलाई इङ्लिस पढ्ने इच्छा थियो, तर उनका आमा बुवाले युनिभर्सिटी अफ एक्सटरमा फ्रेञ्च पढ्ने सल्लाह दिए । प्यारिसमा एक वर्ष फ्रेञ्च पढेपछि सन् १९८६ मा उनी ग्राजुएट भइन् । सन् १९९० मा राओलिङ अंग्रेजी भाषा पढाउन पोर्तुगल गएकी थिइन् । त्यहाँ उनको पोर्तुगिज पत्रकार जर्ज अरान्तेसँग सम्पर्क भयो र ती दुबैको विहे भयो । उनी लण्डनमा विभिन्न कामहरु गर्न थालिन् । त्यसमध्ये एमनेस्टी इन्टरनेशनलको जागीर एक थियो ।
उनी एमनेस्टी इन्टरनेशनलमा शोधकर्ता तथा दोभाषेको रुपमा जागीर खान्थिन् । त्यसै बखत एकपटक सन् १९९० मा लामो यात्रामा म्यान्चेस्टरबाट लण्डन आउँदा ट्रेन ढिलो भएको अवस्थामा उनलाई ह्यारी पोर्टरको कथा सुझेको थियो । त्यसपछिका सात वर्षमा उनकी आमाको देहान्त भयो, सन् १९९३ मा उनको पहिलो सन्तान, छोरी जेस्सिका जन्मीे, उनले पहिलो श्रीमान जर्ज अरान्तेसबाट सन् १९९५ मा डिभोर्स लिइन् र उनको पहिलो श्रृ◊लाको उपन्यास ह्यारी पोट्टर र दार्शनिकको ढुङ्गा (Harry Potter and the Philosopher’s Stone) , 1997)) प्रकाशित नहुन्जेल उनले गरिबीको सामना समेत गरिन् । अरान्तेसँग डिभोर्स भएपछि उनी एडिनबर्ग बस्न थालेकी थिइन् ।
पहिलो पुस्तक लेखी सकेर प्रकाशनको निम्ति उनी प्रकाशकहरुहरुलाई भेट्न गइन् । बाह्रओटा प्रकाशकहरुलाई उनले भेटिन् । ती सबैले पुस्तक छाप्न अस्वीकार गरे । एउटा खासैै नाउँ नचलेको ब्लुम्सबेरी चिल्ड्रेन्स बुक्स भन्ने प्रकाशन गृहले चाहिँ २,५०० पाउण्ड रोयल्टी दिने शर्तमा छाप्न स्वीकार गर्यो । महिलाले लेखेको पुस्तक पाठकहरुले नरुचाउने हुन् कि भन्ने लागेर उनका प्रकाशकको अनुरोधमा उनले जोनी रओलिङबाट जे.के. रअलिङ उपनाम राखेकी थिइन् । २६ डिसेम्बर २००१ मा रओलिङले एकजना निल मर्रे नाउँ गरेका स्कटेली डाक्टरसँग दोस्रो विवाह गरिन् । हाल निल मर्रेपट्टिका दुई सन्तान डेभिड (२००३) र म्याकेन्जी (२००५) समेत उनीहरुका तिन सन्तान छन् ।
उनले ह्यारी पोर्टरका छओटा श्रृ◊ला पुरा गरिसकेकी छन् । अन्तिम श्रृ◊ला ह्यारी पोर्टर र साङ्घातिक पवित्रता (Harry Potter and the Deathly Hallows) को प्रकाशन सन् २००७ मा भएको थियो । त्यसपछि रओलिङले युवा र केटाकेहीहरुका लागि पाँच पुस्तकहरु लेखिसकेकी छन् । ती पुस्तकहरु हुन्ः आकस्मिक रिक्त पद (The Casual Vacancy, 2012) र रोबर्ट गल्ब्रेथ उपनाउँले लेखिएका अपराध उपन्यासहरु कुक्कुको कुहुँ कुहुँ (The Cuckoo’s Calling, 2013), रेशम किरो (The Silkworm, 2014), (Career of Evil, 2015 र साङ्घातिक गोरा (Lethal White, 2018) हुन् ।
एकजना सामान्य आर्थिक स्तरकी महिला बेलायतकी सबैभन्दा धनी लेखक बनिन् । उनले अनेकौँ परोपकारी संस्थाहरु, गरिव परिवार र अनाथहरुलाई आर्थिक सहयोग नगरेकी भए उनी विश्वकै अर्बपति महिला हुने थिइन् । फोर्बस म्यागजिनका अनुसार किताब विक्री गरेर सन् २०१७ मा ७२ मिलियन स्टर्लिङ पाउण्ड कमाउने उनी संयुक्त अधिराज्यकी सबैभन्दा बढी बिकाउ लेखक बनिन् । सन् २०१६ मा सन्डे टाइम्स म्यागेजिनले प्रकाशित गरेको रओलिङको सम्पत्ति करिव ६५० मिलियन स्टर्लिङ् पाउण्ड थियो । यसबाट उनको आर्थिक हैसियत यु के का धनी मानिसहरुको सूचीमा १९७ औँ नम्बरमा पथ्र्यो ।
जे.के. रोलिङ बामपन्थी राजनीतिमा संलग्न छन् । सन् २००८ सेप्टेम्बरको लेबर पार्टी कन्फेरेन्समा उनले १० लाख स्टर्लिङ पाउण्ड आर्थिक सहयोग गरेकी थिइन् तथा प्रधानमन्त्रीका बामपन्थी उम्मेदवार गोर्डन ब्राउनलाई समर्थन गरेकी थिइन् । (