कृष्णप्रसाद पराजुली

कृष्णप्रसाद पराजुली

जन्मः वि० सं० १९९२ असार २४; जुलाई ८, १९३५, भमरकोट, काभ्रे । निधनः वि० सं० २०७० चैत २० गते; शिक्षण अस्पताल, काठमाडाैँ ।

बाबुआमाः पशुपतिप्रसाद पराजुली, महादेवी पराजुली । परिवारः श्रीमती नीरा पराजुली, छोरीहरू शारदा अधिकारी, शान्ता शर्मा, शाम्भवी पौडेल, छोरा शाश्वत र सौजन्य ।

अध्ययन-अनुभवः २००६ सालमा निजामती मध्यमा (११ पास), २०१० सालमा प्रवेशिका (स्वणर्पदक), २०१३ सालमा विशारद, २०२० मा साहित्यरत्न (प्रथम श्रेणी), कृतिगत आधारमा त्रि०वि० मा प्राध्यापन, विविध कार्यशालामा सहभागी एवं विशेषज्ञ, विभिन्न शोधपत्र तथा सृजनात्मक पत्रको निर्देशन, सयौँ-सयौँ प्रतिभालाई मार्गनिर्देशन ।

कार्य र सेवाः २००५-०६ सालदेखि स्वतन्त्र शिक्षण, २००७-०८ सालदेखि साहित्यिक-शैक्षिक अभियानमा सक्रिय, गाउँ-जिल्लामा विद्यालय-पुस्तकालय आदिको स्थापना र सञ्चालन, नेपाल पुस्ताकालय सङ्घ, साहित्यिक परिवार, नेपाल प्रगतिशील लेखक सङ्घ आदिमा पदाधिकारी तथा कार्यकारी सदस्य । २०५७ सालदेखि विभिन्न रोगले आक्रान्त रहँदै आएको समयमा पनि दर्जनौँ कृतिको लेखन-प्रकाशनद्वारा नेपाली भाषासाहित्यको सेवा साधनामा समर्पित ।

२०१७ देखि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सेवासम्बद्ध, नेपाल राष्ट्रिय विद्यापीठमा प्रधानाध्यापक, प्राचार्य र सहरजिस्ट्रार, त्रिभुवन स्मारक समितिमा सम्पादक, जुद्धोदय मा० वि० मा शिक्षक, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा प्राध्यापन—सहप्राध्यापकसम्म र पाठ्यक्रम विकास केन्द्रमा नेपाली विशेषज्ञ, सुनकोसी साहित्य प्रतिष्ठानमा संस्थापक अध्यक्ष, विभिन्न साहित्यिक संस्थामा आजीवन तथा सम्मानित सदस्य र सल्लाहकार ।

सम्मानः राष्ट्रिय स्तरमा विभिन्न रूपबाट सयौ“को सङ्ख्यामा सम्मानित तथा अभिनन्दित, २०४४ मा धुलिखेलमा सार्वजनिक अभिनन्दन, २०६४ को जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित, २०६५ मा काभ्रेको भकुण्डेबेसीमा सार्वजनिक अभिनन्दन तथा अग्रपूजन, २०६६ मा सार्वजनिक पचहत्तरौँ मङ्गलोत्सव, सम्मान र अभिनन्दन, सन् २०१० मा संयुक्त राज्य अमेरिका, क्यानडा र बेलायतमा सम्मान तथा अभिनन्दन, सुप्रबल गोरखा दक्षिणबाहु ।

कलकल त्रिवेणी

कलकल त्रिवेणी

१. बादल हटाउँछु भन्नेहरूलेमादल बजाउन सकेका छैनन्हावामा ठोक्किनुपर्नेहरूकस्सिनु त परै जाओस्आँखामा गाजल पो लगाएर बसेका छन् २. सत्तामा पुग्नुको प्रयोजनभत्ता...