जनमत साहित्य डट कमकाे अनुराेध

साहित्यकार/साहित्यानुरागी सबै भन्छन्, साहित्य समाजको ऐना हो । स्रस्टाका सशक्त कलमले समाजका कथा भन्छ । साहित्यले समाजको यथार्थ चित्रण मात्रै गर्दैन, दिशानिर्देश पनि गर्छ । समाजका विकास र विस्तारमा साहित्य सिर्जनाको एउटा विशिष्ठ स्थान छ/हुन्छ भन्ने विश्वासलाई आत्मसाथ गरेर नै हामीले जनमत साहित्य मासिक प्रकाशनको डिजिटल संस्करण शुरु गरेका हौं ।

तर, समाजका अरु विभिन्न क्षेत्रहरु झै हामी पनि चरम आर्थिक संकटको चपेटामा परेका छौं । ‘जनमत साहित्य डटकम’ लाई सर्जकहरुको डिजिटल मञ्च बनाउने हाम्रो लक्ष्य र प्रतिवद्धतामा आर्थिक संकट बाधा बन्न लागेको महसुस भइरहेको छ । यो संकटको घडीमा हाम्रो नजर तपाई आम साहित्यका पाठक, शुभेच्छुकहरु तिर परेको छ । हामीलाई लाग्छ, साहित्य सिर्जना, यसको सशक्तिकरणमा जति साहित्यकारहरुको भूमिका हुन्छ, त्यति नै पाठक / शुभेच्छुकको दायित्व पनि हुन्छ ।

बरिष्ठ कवि मोहन दुवालले चार दशक भन्दा बढि समयदेखि दुखजिलो गरी प्रकाशित गर्दै आउनु भएको जनमत साहित्यिक मासिकलाई प्रविधिको विकास र विस्तारसंगै समयानुकुल डिजिटल संस्करणमा लैजाने हाम्रो यो अभियानमा यतिखेर तपाईहरुको सहयोग, शुभेच्छा र भरथेगको सख्त खाँचो छ । त्यसकारण हामी हाम्रा पाठक, शुभेच्छुकहरु समक्ष जनमत साहित्य डटकमको सदस्य बनेर स्वेच्छिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं । सहयोगका लागि तलको क्यूआर कोड मार्फत् अथवा बैकको खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नु हुनेछ । धन्यवाद

ACCOUNT DETAIL

Account Name: EYE OPENER MEDIA PVT.LTD
Bank Name: Nepal Investment Mega Bank Limited
Branch: IMADOL
Account No.: 18601050001229