मोमिला जोशी

मोमिला जोशी

मोमिला जोशी
२०२४ साउन २८ गते धनकुटामा जन्मेकी मोमिला जोशी साहित्यमा मात्र नभई नृत्य, गायन, चित्रकलामा पनि आफूलाई चिनाउन सफल छिन् । ९ वर्षकी छँदादेखि नै साहित्य लेख्दै आएकी यिनी कविता र निबन्धमा आफूलाई पोख्न सफल छन् । २०३३ सालतिर नै लेखन क्षेत्रमा लागेकी यिनका पहिलोचोटि कविता २०४४ सालमा ‘प्रतीक्षा फेरि चिताको’ कविता ‘रुपरेखा’मा प्रकाशित भएको देखिन्छ । यिनका प्रकाशित कृतिहरुमा पैयुँ फुल्न थालेपछि (कविता–२०५२), नीलो नीलो आकाश र दुई थोपा आँसु (सहलेखन–२०५३), जूनकीरीहरु ओर्लिरहेछन् (कविता–२०५५), दुर्गम उचाइमा फूलको आँधी (कविता–२०६०), ईश्वरको अदालतमा आउटसाइडरको बयान (ललित निबन्ध–२०६३) आदि छन् । प्राध्यापन सेवा पुर्‍याउँदै आएकी यिनी उद्घोषण, रेडियो, टेलिभिजन, कार्यक्रममा प्रस्तोता रहँदै नृत्य, गायन, चित्रकला विधामा पनि सक्रिय रहेको देखिन्छ । ‘नोबेल’ साहित्य वार्षिकीको सम्पादन गर्दै आएकी यिनी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बेलायतबाट र ‘अन्तर्राष्ट्रिय साहित्य गौरव भारत’बाट पनि पुरस्कृत भएको देखिन्छ । साहित्य सिर्जनामा आफ्नोपन देखाउन सफल लेखिका, साहित्यिक अभियान र यात्रामा आफ्नै ढङ्गको सक्रियता देखाउन सक्षम अभियन्ता मोमिला जोशी नेपाली भाषा–साहित्यको सम्वद्र्धन र विकासमा समर्पित भई लागेकी सक्रिय सेविका पनि हुन् । ‘भूपि स्मृति पुरस्कार सम्मान’ र ‘राष्ट्रिय युवा पुरस्कार’ ले सम्मानित यिनी हाल सक्रिय रहँदै आएकी स्रष्टा र द्रष्टा हुन् । नेपाली कला डटकमका अभियन्ता यिनी नेपाली भाषा–साहित्य, कला, संस्कृतिकै उत्थानका लागि समर्पित हुँदै आएकी चर्चित साहित्यकारका रुपमा प्रख्यात छन् । यसै संस्थामार्फत् यिनी स्रष्टाहरुको सम्मान गर्छन् ।

देवकोटासँग एउटा साँझको कायान्तरण

देवकोटासँग एउटा साँझको कायान्तरण

अनायास जन्मिने मान्छे, अनायास हुर्किने मान्छे, अनायास जीवनको यात्रा गर्ने मान्छे ! यात्रामा अनायासै यो विशृङ्खलित जीवनको साँझ एउटा विशिष्ट...